Sajhamanch Archive

यसकारण अधुरै रह्यो सलमान र कैटरीनाको प्रेम

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on यसकारण अधुरै रह्यो सलमान र कैटरीनाको प्रेम.

एजेन्सी । बलिउडका सुपरस्टार सलमान खान र कैटरीना कैफ कुनै समय बलिउडका चर्चित जोडी थिए । कैजाद गुस्तादको फिल्म ‘बुम’ बाट बलिउड प्रवेश गरेकी कैफको पहिलो फिल्म भने ‘मैंने प्यार क्यों किया’ लाई मानिन्छ । उक्त फिल्ममा उनीसँगै देखिएका सलमान खानको जोडी पनि निकै चर्चामा आयो । त्यसपछि उनीहरुले एकसाथ ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ […]

चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on चीनका रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउँदै.

काठमाडौं । चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि भोलि नेपाल आउँदै छन् । स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री फेङ्हो भोलि बिहान काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश […]

नेकपा सचिवालय बैठक आज बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक आज बस्दै.

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विद्यमान विवाद समाधानमा केन्द्रित हुने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकार एकलौटी ढंगले सञ्चालन गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एकल प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको […]

जोखिम भत्ताका लागि निकासा भएको ६६ करोड ८७ लाख स्वास्थ्यकर्मीले अझै पाएनन्

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on जोखिम भत्ताका लागि निकासा भएको ६६ करोड ८७ लाख स्वास्थ्यकर्मीले अझै पाएनन्.

काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी […]

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on उद्योग वाणिज्य महासंघको निर्वाचन आज.

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाअनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्नेछन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष पदका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा […]

सन्दीपलाई कोरोना संक्रमण

Published: (Updated: ) in खेलकुद, स्वास्थ्य by . Leave a Comment on सन्दीपलाई कोरोना संक्रमण.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ‌। लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका […]

नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारतको सँग मिल्दो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा भेटिएको कोरोना भाइरसको प्रजाति भारतको सँग मिल्दो.

काठमाडौं । नेपालमा भेटिएको कोरोना भाइरसको प्रकृति भारत र साउदी अरबमा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले (एनएचआरसी) जनाएको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन) नेपालसंग सहकार्य गरेर एनएचआरसीले गत अगस्टमा जिन सिक्वेन्सिङ अध्ययन सुरु गरेको थियो । सीएमडीएनका निर्देशक तथा अनुसन्धानकर्ता डाक्टर समिरमणि दीक्षितका अनुसार १५ वटा नमुना संकलन गरेर आनुवंशिक […]

भारतमाथि अष्ट्रेलियाको सानदार जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भारतमाथि अष्ट्रेलियाको सानदार जित.

एजेन्सी । अष्ट्रेलियाले पहिलो ओडिआई खेलमा भारतलाई ६६ रनले पराजित गरेको छ । योसँगै अष्ट्रेलियाले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । सिड्नीमा घरेलु टोलीले दिएको ३७५ रनको बलियो लक्ष्य भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन  बनायो । भारतका लागि हार्दिक पाड्या र शिखर धावनले अर्धशकीय पारी खेले । […]

झापामा थप ८६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ८६ जनामा कोरोना संक्रमण.

मेचीनगर । झापामा आज थप ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३१ महिला र ५५ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ९ महिलासहित २६ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ९ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई […]

संसारकाे कुनै पनि आकाशमा नेपाललाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य छैन : मन्त्री भट्टराई

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on संसारकाे कुनै पनि आकाशमा नेपाललाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य छैन : मन्त्री भट्टराई.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउने औचित्य नभएको दाबी गरेका छन् । नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य समाप्त भइसकेको बताए । तर […]