काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक बिहीबार दिउँसो सुरु भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गरेका छन् । परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव बिहीबार नै काठमाडौं आएका हुन् ।
काठमाडौं । सरकारले कोराना भाइरसको संक्रमणसँग मिल्ने लक्षण भएका बालबालिकालाई भिटामिन ए को क्याप्सुल नखुवाउन आग्रह गरेको छ । भिटामिन ए क्याप्सुल खुवाउने समयमा यदि कुनै बच्चा वा स्याहारकर्तालाई ज्वरो आएको वा अन्य कोरोनासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ भने भिटामिन ए को क्याप्सुल नखुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । ज्वरो निको भइसकेपछि मात्र नजिकको […]
काठमाडौं । सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि स्वीकृति प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेकी थिइन् । आर्थिक […]
काठमाडौं । निजी उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा आजदेखि काठमाडौंमा शुरू हुँदैछ। साधारसभाको प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट जुम मिटिङबाट उद्घाटन गर्नेछन्। गत चैतमै हुनुपर्ने साधारण सभा (नेतृत्व चयनको महाधिवेशन) बिहीबारबाट सुरु भई ३ दिनसम्म चल्नेछ। महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने निर्वाचन समितिले […]
एजेन्सी । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । माराडोना कप्तान […]
वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा कोही महामहिम नभएको टिप्पणी गरेका छन् । पार्टीमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र इतर पक्षबीच विवाद चर्किरहेका बेला वीरगञ्ज आएका नेता नेपालले व्यक्तिगत रुपमा कसैको नाम त लिएनन् । तर ओलीतर्फ संकेत गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् । नेपाल निजामती कर्मचारी […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ६३ थान कुर्सी तथा भाँडावर्तन सहयोग गरेको छ । एनएमसी चारआली कार्यालय अन्र्तगत इकाइ ८ ले अन्त्येष्टी कार्य सहयोग समाज मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीलाई ५३ थान कुर्सी र अन्त्येष्टी कार्यमा आवश्यक पर्ने भाँडावर्तन तथा विष्णु पञ्चायन सामुदायिक संस्था मेचीनगर नगरपालिका वडा नं.१३ […]
विराटनगर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४७ […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१४० जना डिस्चार्ज भएका हुन् […]
मेचीनगर । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ । संस्थाका शेयर सदस्यहरु ध्रुवबहादुर बस्नेत,दिपेन्द्रकुमार बस्नेत,तारादेवी बस्नेत र कुञ्जुदेवि ढुङ्गाना तथा संस्थामा कार्यरत कर्मचारी सरस्वती तामाङ बस्नेतका ससुराबुबाको निधनप्रति दुःख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको हो । […]