Sajhamanch Archive

प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते

Published: (Updated: ) in समाज by . Leave a Comment on प्याराग्लाइडिङ दुर्घटना : चालकको मृत्यु, यात्रु घाइते.

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने यात्रु घाइते भएका छन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका डीएसपी सुवास हमालले बताए । दुर्घटनामा चालक पोखरा महानगरपालिका वडा नं.२८ घर भई लेकसाइड बस्ने ३८ वर्षीय राजु […]

थप १९८० जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १९८० जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ४३ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

कक्षा १२ का १८ हजारले होम सेन्टरमा परीक्षा नदिने

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on कक्षा १२ का १८ हजारले होम सेन्टरमा परीक्षा नदिने.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा १२ को अन्तिम परीक्षा सम्बन्धित विद्यालयमै सञ्चालन हुँदैछ । देशभरिका ४ हजार १०५ वटा विद्यालयलाई नै परीक्षा केन्द्र तोकिएका छन् । तर सबै विद्यार्थीले ‘होम सेन्टर’ रोजेका छैनन् । १७ हजार ९०२ विद्यार्थीले फरक जिल्लाका विद्यालयबाट परीक्षा दिन आवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद […]

३६ दिनदेखि वीर अस्पतालका कर्मचारी आन्दोलनमा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ३६ दिनदेखि वीर अस्पतालका कर्मचारी आन्दोलनमा.

काठमाडौं । कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन गरिरहेका छन् । औषधि खरिद भत्ता,सेवा विस्तार भत्ता कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । ३६ दिनयता आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यवस्थापनबीच पटक पटक छलफल भएपनि कुनै निर्णय भएको छैन् । स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्य […]

आफै‌ंमा उत्प्रेरणा भरिराखाैं

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आफै‌ंमा उत्प्रेरणा भरिराखाैं.

जीवनमा सबैभन्दा ठूलो सफलताको आधार भनेको उत्प्रेरणा हो । कुनै पनि कामको लागि हामीमा हीनताबोध भयो भने त्यसमा हाम्रो असफलता निश्चित छ । त्यसैमाथि अरुले हतोत्साहित गराएको भरमा हामी पनि झनै उदास बन्न थाल्यौं भने जीवनमा असफलताको सुरुवात त्यही बिन्दुबाट हुन्छ । जब कुनै काम बोझिलो हुन्छ हामीले आफैँलाई दुईवटा प्रश्न गर्नुपर्छ, पहिलो लक्ष्य प्राप्त […]

संसद अधिवेशन सुरु गर्न तयार छौं : सभामुख सापकोटा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद अधिवेशन सुरु गर्न तयार छौं : सभामुख सापकोटा.

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको बताएका हुन् । संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए । ‘सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै तयारी गरिएको […]

शुल्क विवादपछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on शुल्क विवादपछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा.

काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् । तर काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी भने प्रहरीको थुनामा छन् । मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म छुटेका छैनन् । महानगरीय प्रहरी परिसर, […]

चिनियाँ राजदूतले भेटिन् प्रचण्डलाई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चिनियाँ राजदूतले भेटिन् प्रचण्डलाई.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला छिमेकी चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन्। स्रोतका अनुसार प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी थिइन्। उनीहरूको भेटमा के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन। नेकपामा विवाद बढ्दै जाँदा यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी […]

प्रधानमन्त्री ओली आज इलाम र ताप्लेजुङ आउँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओली आज इलाम र ताप्लेजुङ आउँदै.

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ आउँदै छन् । इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए ।

१२ कक्षाका परीक्षार्थीलाई शिक्षामन्त्री पोख्रेलको अनुरोध– सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिनुस्

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on १२ कक्षाका परीक्षार्थीलाई शिक्षामन्त्री पोख्रेलको अनुरोध– सचेतना अपनाउँदै ढुक्क भएर परीक्षा दिनुस्.

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन् । सही ढंगले मास्क लगाउने, भौतिक दुरी […]