Sajhamanch Archive

नगर प्रमुख आचार्य उपचारपछि घर फर्के

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नगर प्रमुख आचार्य उपचारपछि घर फर्के.

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य ३९ दिनको उपचारपछि आइतवार भारतको सिलिगुढीबाट घर फर्केका छन् । कोभिड १९ को संक्रमणसँगै फोक्सोमा इन्फेक्सन भएर उनी उपचारका लागि सिलिगुढीको किन्स हस्पिटलमा भर्ना भएका थिए । कोरोना र फोक्सोको इन्फेक्सनको सफल उपचारपछि नगरप्रमुख स्वास्थ्यलाभ गरेर घर फर्केको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले बताए । नगरप्रमुख आचार्य आइतबार […]

झापामा श्रीमानद्वारा श्रीमतीको हत्या

Published: in समाज by . Leave a Comment on झापामा श्रीमानद्वारा श्रीमतीको हत्या.

झापा । झापाको दमक नगरपालिका वडा नं.१ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल गाउँपालिका वडा नं.६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आइतबार साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ । भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र […]

काेराेना परीक्षण गर्न अब सरकारी परिचयपत्र अनिवार्य

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on काेराेना परीक्षण गर्न अब सरकारी परिचयपत्र अनिवार्य.

झापा । कोरोना भाइरस परीक्षण गर्न अब सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना परीक्षण गर्ने सबै प्रयोगशालालाई नेपाल सरकारबाट जारी भएको परिचय पत्र अनिवार्य हेर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसैगरी,अब हवाई तथा स्थल मार्गबाट नेपाल आउने हरेकलाई […]

नेकपाभित्रको द्वन्द्वमा काँग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस् : प्रवक्ता शर्मा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाभित्रको द्वन्द्वमा काँग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस् : प्रवक्ता शर्मा.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेकोले भ्रममा नपर्न आग्रह गरेका छन्। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटवार्ता सम्बन्धी समाचार बाहिरिपछि आइतबार प्रवक्ता शर्माले नेकपाभित्रको द्वन्द्वसँग काँग्रेस निरपेक्ष रहेको बताए । ‘भ्रम, कोही कसैलाई केही छ भने पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट […]

यौनहिंसाको शिकार भएका बलिउडका ८ सेलिब्रेटी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on यौनहिंसाको शिकार भएका बलिउडका ८ सेलिब्रेटी.

एजेन्सी । बलिउडमा यौनशोषणका शिकार भएका अभिनेत्री तथा गायिकाहरुले आफूमाथि भएको घटनाको बारेमा खुलासा गरेका छन् । जसमध्ये केही सेलिब्रेटीका नाम यसप्रकार छन्ः नेहा भसीन गायिका नेहा भसीनले केही दिनअगाडि मात्रै आफू यौनशोषणको शिकार भएको खुलासा गरेकी छिन् । हालै एक अन्तरवार्तामा उनले बताएका अनुसार उनी १० वर्षको हुँदा हरिद्वारमा यौनशोषणको शिकार भएकी थिइन् । […]

झापामा थप ४९ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ४९ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापामा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १६ जना महिला र ३३ जना पुरुष रहेका छन् । संक्रमितहरुमा दमक नगरपालिकामा ३ जना महिला र ८ जना पुरुष गरी ११ जना, भद्रपुरका ३ महिला र ६ जना पुरुष गरी ९ कमल गाउँपालिकाका ३ महिला र ४ […]

राजस्व बढाउन करका दायरा विस्तार र चुहावट नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on राजस्व बढाउन करका दायरा विस्तार र चुहावट नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल.

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंश बढाउन करका दायरा बिस्तार र चुहावट नियन्त्रण गर्नु आवश्यक रहेको बताएका छन् । नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता बढाउँदै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न आवश्यक रहेको उल्लेख गरे । […]

स्वास्थ्य मन्त्रालयले चार वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोध्यो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य मन्त्रालयले चार वटा प्रयोगशालालाई २४ घण्टे स्पष्टीकरण सोध्यो.

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने चारवटा प्रयोगशाला (ल्याब) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालना नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्टार अस्पताल, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी, सूर्या […]

थप १६६९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १६६९ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार […]

चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on चारै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् । सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया […]