Sajhamanch Archive

भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

Published: in विश्व समाचार, समाज by . Leave a Comment on भारतमा कोरोना सङ्क्रमितको संख्या ९० लाख नाघ्यो.

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ । भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कुल ९० लाख चार […]

नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’द्वारा महासचिव पौडेल र नेता नेम्वाङसँग भेटवार्ता

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’द्वारा महासचिव पौडेल र नेता नेम्वाङसँग भेटवार्ता.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार दिउँसो पौडेल र नेम्वाङसँग अध्यक्ष प्रचण्डले छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्। यसअघि प्रचण्डनिवास खुमलटारमा भेटवार्ता हुने गरे पनि यसपटक पार्टी कार्यालयमै उहाँहरूसँग करिब […]

३९६ वटा आधारभूत अस्पताल बनाउन ५८ अर्बको स्रोत सुनिश्चत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on ३९६ वटा आधारभूत अस्पताल बनाउन ५८ अर्बको स्रोत सुनिश्चत.

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर […]

जाडाेमा जाेर्नीको दुखाइबाट कसरी बच्ने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जाडाेमा जाेर्नीको दुखाइबाट कसरी बच्ने ?.

चिसो मौसम सुरु भइसकेको छ । यो मौसममा हाम्रो शरीरमा अनेक किसिमका स्वास्थ्य समस्याहरु देखिने गर्छन् । चिसो बढ्दै जाँदा देखिने एउटा स्वास्थ्य समस्या हो जोर्नीमा हुने दुखाइ वा आर्थराइटिस । यो रोगको समस्या भएका व्यक्तिहरूलाई जाडोको मौसम अधिक समस्याको समय हुने गर्छ । यस मौसममा जोर्नीहरूको टिस्युहरू फुल्छन्, यसले स्नायुमा दुखाइ कम गर्ने नसामा […]

वायु प्रदूषणले कोरोना सङ्क्रमण र ज्यान जाने सम्भावना बढी : विज्ञ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on वायु प्रदूषणले कोरोना सङ्क्रमण र ज्यान जाने सम्भावना बढी : विज्ञ.

काठमाडौं । वायु प्रदूषण बढी भएको ठाउँमा बस्ने मानिसमा कोरोना भाइरसको सङ्क्रमण र सङक्रमणका कारण ज्यान जाने सम्भावना बढी हुने अध्ययनले देखाएको छ । वातावरण संरक्षणसँग सम्बन्धित विज्ञहरुका अनुसार कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमध्ये झण्डै १५ प्रतिशत वायु प्रदूषण नै कारण हुने गरेको छ । नेपालमा मानिसको ज्यान जाने प्रमुख तीन कारणमध्ये मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग […]

सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो.

काठमाण्डौ ।  कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ घटेको छ । तोलामा ४ सय रुपैयाँ घटेर सुन आज तोलामा ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो । हिजोभन्दा तोलामा ५ रुपैयाँ घटेर चाँदी आज तोलाको १२ सय […]

बिहेबाट फर्किँदै गरेको जीप उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on बिहेबाट फर्किँदै गरेको जीप उत्तरप्रदेशमा दुर्घटना, १४ जनाको मृत्यु.

काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना गएराति भएको हो । चालक निदाएर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा चालकको समेत […]

तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति सम्झौता भएको १४ वर्ष पूरा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति सम्झौता भएको १४ वर्ष पूरा.

काठमाडौं । तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा भएको छ । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणा गर्दै सरकार र तत्कालीन नेकपा माओवादीले २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौता पत्रमा हस्ताक्षर […]

मेचीनगरबाट ब्राउनसुगरसहित दुईजना पक्राउ

Published: in समाज by . Leave a Comment on मेचीनगरबाट ब्राउनसुगरसहित दुईजना पक्राउ.

मेचीनगर । बिहीबार साँझ झापाको मेचीनगरबाट प्रतिबन्धित ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । साँझ ६ बजे मेचीनगर नगरपालिका वडा नं.१५ हेल्दुबारीबाट बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा३८प ३८८५ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका वडा नं.१५ ज्यामिरगढी बस्ने २४ वर्षिय बिष्णु राजबंशी र सोही वडाको पानबस्ती […]

‘बालबालिकालाई कोरोना लाग्दैन भन्ने सत्य होइन’

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘बालबालिकालाई कोरोना लाग्दैन भन्ने सत्य होइन’.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)द्वारा प्रकाशित ‘कोभिडको कारणले सिङ्गो पुस्तामा पर्ने प्रभाव रोकथाम’ प्रतिवेदन अनुसार महामारी लम्बिँदा बालबालिकामा पर्ने असर पनि वृद्वि हुनसक्नेछ । ‘बालबालिका कोभिड–१९ बाट विरलै संक्रमित हुन्छन् […]