Sajhamanch Archive

ठाउँ तोक्न नसक्दा खुलामञ्चमै खाना खुवाइयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ठाउँ तोक्न नसक्दा खुलामञ्चमै खाना खुवाइयो.

काठमाडौं । भाइटीकापछि खुलामञ्चमा विपन्नलाई खाना खुवाउने अभियान बन्द गर्ने सहमति भए पनि मंगलबार खाना खुवाइएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाहरुबीच भाइटीकापछि खाना खुवाउन वैकल्पिक ठाउँ खोज्ने सहमति भएको थियो । मंगलबार पनि मानिसहरु खानाका लागि लाइन बसेपछि खाना बाँडिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए । खाना खुवाउन उचित […]

प्रधानमन्त्री कृषि आधुनिकीकरणको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री कृषि आधुनिकीकरणको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन.

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी कार्यान्वयन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ । परियोजनाको लक्ष्य प्राप्त हुनेगरी कार्यान्वनयन गर्न स्वीकृत म्यानुअल सबै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतको कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालयले यसै महिना म्यानुअल स्वीकृत गरेको थियो […]

आगलागी हुँदा दाइको मृत्यु, ११ महिने भान्जासहित बहिनी घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on आगलागी हुँदा दाइको मृत्यु, ११ महिने भान्जासहित बहिनी घाइते.

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायण बहादुर बस्नेतको घरमा सोमबार राति आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका वडा नं.५ घर भएका कृष्ण बहादुर तामाङको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो। घटनामा मृतककी ३५ […]

नेपालले बङ्गलादेशसँग दोस्रो खेल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on नेपालले बङ्गलादेशसँग दोस्रो खेल खेल्दै.

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुुटबलका लागि ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध दोस्रो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा हुनेछ। मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत गत शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको थियो। मङ्गलबारको खेल भने कुनै पनि हालतमा जित्ने लक्ष्य राखेको […]

‘मोडेर्नाको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी’

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ‘मोडेर्नाको कोरोना खोप ९५ प्रतिशत प्रभावकारी’.

एजेन्सी । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको खोप, कोरोना भाइरस (कोभिड–१९) विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको तथ्यांकले खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ । यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो […]

नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक विदा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक विदा.

काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच […]

‘विद्यालय क्षेत्रमा कोभिड–१९ सम्बन्धी कार्य नगर्नु’

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on ‘विद्यालय क्षेत्रमा कोभिड–१९ सम्बन्धी कार्य नगर्नु’.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय भवन तथा परिसरमा क्वारेन्टाइन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न निर्देशन दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था हेरेर भौतिक रुपमै विद्यालय सञ्चालनको अनुमती दिएको मन्त्रालयले विद्यार्थी आवतजावतमा बाधा पर्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो । ‘विद्यालय र विद्यालय परिसर भित्र तथा विद्यार्थी […]

किन आमा जस्तै हुन थाले पिताहरु ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on किन आमा जस्तै हुन थाले पिताहरु ?.

अनुशासन, भय र सम्मान मिलेर बनेको व्यक्तित्व थियो, पिताको । यो अघिल्लो पुस्तासम्मको कुरा हो । किनभने अहिले पिताको व्यवहार र भूमिका बद्लिएको छ । साथसाथै बच्चाले आफ्ना पिताप्रति राख्ने दृष्टिकोण र आस्था पनि फेरिएको छ । किनभने अहिलेका पिताहरु आफ्ना बच्चाका लागि अभिभावक वा मार्गदर्शक मात्र नभएर एक हितैषी मित्र बराबर हुन पुगेका छन् […]

कोरोना सङ्क्रमितको उपचारमा खटिएका दुई डाक्टरको सङ्क्रमणबाट ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमितको उपचारमा खटिएका दुई डाक्टरको सङ्क्रमणबाट ज्यान गयो.

काठमाडौं । कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुईजना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान र […]

झापामा थप २६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २६ जनामा कोरोना.

झापा । झापामा पछिल्लो २४ घण्टाभित्र थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा चारजना महिला र २२ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेमध्ये दमक नगरपालिका र कमल गाउँपालिकाका ५-५ जना रहेका छन् । दमकमा १ महिला र ४ पुरुष तथा कमलमा ५ पुरुषमा कोरोना संक्रमण […]