Sajhamanch Archive

मौसम बदलीसँगै चिसो बढ्यो, हल्का बर्षाको सम्भावना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मौसम बदलीसँगै चिसो बढ्यो, हल्का बर्षाको सम्भावना.

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । सोमबार विहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको […]

कोरोना अपडेट : ११ सय ९७ जनामा संक्रमण पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना अपडेट : ११ सय ९७ जनामा संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २९४३ जना […]

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी र विप्लव समूहबीच गोली हानाहान.

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ। गस्तीमा रहेको प्रहरी टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो। सोमबार दिउँसो ११ बजे प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी दिएका छन्‌। प्रहरीको नियमित गस्तीमाथि विप्लव कार्यकर्ताले […]

हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on हङकङकाे नेपाली रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु.

काठमाडौं । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । हङकङका मिडियाहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चारजना पुरुष र तीनजना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही […]

प्रधानमन्त्रीद्वारा बहिनीकाे हातबाट भाइटीका ग्रहण

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीद्वारा बहिनीकाे हातबाट भाइटीका ग्रहण.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट तिहारको टीका लगाएका छन् । प्रधानमन्त्रीले बालुवाटारमा बहिनीको हातबाट टीका ग्रहण गरेका हुन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगाइ दिएकी हुन् । साथै प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइ दिएका छन् ।

मैनबत्तीबाट आगो सल्केर झापामा एक बालिकाको ज्यान गयो

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on मैनबत्तीबाट आगो सल्केर झापामा एक बालिकाको ज्यान गयो.

झापा । मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गएराति एक बालिकाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं.२ स्थित थापा गाउँका धु्रव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो […]

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित महिलाको मृत्यु.

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाकी २५ वर्षीया कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । यही कात्तिक २६ गते अस्पतालमा भर्ना भएकी ती महिलामा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. आशिष […]

राष्ट्रपति ट्रम्पको समर्थनमा प्रदर्शन

Published: in विश्व समाचार by . Leave a Comment on राष्ट्रपति ट्रम्पको समर्थनमा प्रदर्शन.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्टन डिसीमा प्रदर्शन भएको छ । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं समर्थकले प्रदर्शन गरेका हुन्। डिसीमा ट्रम्पका समर्थक चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको बिना प्रमाणित आरोपको पक्षमा सडकमा ओर्लिएका हुन्। झण्डासहित आएका प्रदर्शनकारीहरूमा दक्षिणपन्थी समूह प्राउड बोइजसहितको […]

पर्यटन क्षेत्रले गति लिन थाल्यो : मन्त्री भट्टराई

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटन क्षेत्रले गति लिन थाल्यो : मन्त्री भट्टराई.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् । आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानी नेतृत्वको टोलीसँग भएको भेटपछि उनले यस्तो बताएका छन् । विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा […]

कोरोना अस्पतालमा आगलागी, १० जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना अस्पतालमा आगलागी, १० जनाको मृत्यु.

एजेन्सी । रोमानियाको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। आगलागीका कारण ७ जना गम्भीर घाइते भएका छन्। उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो। बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाको स्वास्थ्य […]