Sajhamanch Archive

हास्यकलाकार गजुरेल काेरोना संक्रमणमुक्त

Published: in गीत/संगीत/मनोरञ्जन, स्वास्थ्य by . Leave a Comment on हास्यकलाकार गजुरेल काेरोना संक्रमणमुक्त.

काठमाडौं । हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमणमुक्त भएका छन् । ११ दिनको अस्पताल बसाईपश्चात गजुरेल अस्पतालबाट डिस्चार्ज भएका हुन्। ‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु।’ उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्। केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्कनेछु।’ गजुरेलले उच्च स्तरको उपचार सेवा प्रदान गर्ने […]

समृद्धि र सुखका लागि एकताबद्ध हाेऔँ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on समृद्धि र सुखका लागि एकताबद्ध हाेऔँ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र नागरिकको सुख प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले एकतामार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए । सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत देशलाई विकास र समृद्धिको […]

गाई, गोरु र हलीको पूजा गरी तिहारको चौथो दिन मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाई, गोरु र हलीको पूजा गरी तिहारको चौथो दिन मनाइँदै.

झापा । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई ‘माता’ कै रूपमा सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले […]

दमक अस्पतालमा आगलागी

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on दमक अस्पतालमा आगलागी.

दमक । विद्युत सर्ट भई झापाको दमक नगरपालिका वडा नं.१ मा रहेको दमक अस्पतालमा आज दिउँसो आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा १ करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । २ बजेदेखि लागेको आगलागीवाट अस्पतालका लागि चाहिने औषधीहरु पूर्ण […]

प्रदेश १ मा २३१ संक्रमित थपिए,६२५ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २३१ संक्रमित थपिए,६२५ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज २३१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा ३, ते¥हथुममा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेका छन् । झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, विर्तामोडमा १०, भद्रपुरमा ७, मेचीनगरमा ४, हल्दिबारीमा २, बुद्धशान्ति, बा¥हदशी, गौरादह, अर्जुनधारा […]

केकी र रमेशको ‘माया लाउँ कि नलाउँ भो’सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on केकी र रमेशको ‘माया लाउँ कि नलाउँ भो’सार्वजनिक.

युवा व्यवसायी तथा गीतकार चुडामणी पौडेलले आफ्नो नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक गरेका छन् । यो गीतमा चुडामणी र गायिका टिका प्रसाईंको स्वर रहेको छ । यो गीतको म्यूजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीलाई रोमान्स गरिरहेको देख्न सकिन्छ । साथमा भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलले पनि काम […]

नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न जोड.

मेचीनगर । झापाको मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा आज सम्पन्न सर्वपक्षिय बैठकले २८ कात्तिकमा नगरपालिकाले गरेको सार्वजनिक सूचनालाई स्थानीय प्रशासन, विभिन्न राजनैतिक दल स्थानीय संघ संस्था र नागरिक समाजको सहकार्यमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाले कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गदैं आउदैं गरेको […]

झापामा थप १३२ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १३२ जनामा कोरोना.

झापा । झापामा आज थप १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार ५३ महिला र ७९ पुरुषमा कोरोना पुष्टि भएको हो । दमकमा ७६, कन्काईमा १८, झापा गाउँपालिकामा ११, बिर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ३, कमल र हल्दिबारीमा २/२ जनामा संक्रमण भएको छ । […]

पार्टी भनेको जमेको पोखरी होइन : वर्षमान पुन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टी भनेको जमेको पोखरी होइन : वर्षमान पुन.

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको दस्तावेजको बचाउ गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूले अनधिकृत प्रस्ताव टिप्पणी गर्दै छलफलका लागि योग्य नरहेको बताइरहेका बेला उनले पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुआत गरेको बताएका हुन् । “पार्टी भनेको जमेको पोखरी जस्तो […]

थप १९४६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप १९४६ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । आज थप २ हजार ५०३ जना कोरोना जितेर […]