Sajhamanch Archive

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य.

झापा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले र हवाई इन्धनमा बाहृयतर्फ प्रति किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य बढेको निगमले जनाएको छ । अब […]

नेकपा विवादबारे दुई दिनभित्रै निर्णय गर्ने तयारीमा निर्वाचन आयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा विवादबारे दुई दिनभित्रै निर्णय गर्ने तयारीमा निर्वाचन आयोग.

काठमाडौं । निर्वाचन आयोगका आयुक्तहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद टुंग्याउनेबारे छलफलमा जुटेका छन् । आयोग स्रोतका अनुसार आइतबार र सोमबार आयुक्तहरु नेकपा विवादबारे छलफल चलिरहेको छ । प्रचण्ड-नेपाल समूहका आधिकारिकता दाबी गरेको एक महिना पुग्न लाग्दा आयोगले निर्णय गर्ने तयारी गरेको हो । प्रचण्ड-नेपाल समूहले गत माघ २० गते राजनीतिक दलको दफा […]

सरसफाइको तीन सामान्य बानी, जुन बच्चाका लागि महत्वपूर्ण हुनसक्छ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सरसफाइको तीन सामान्य बानी, जुन बच्चाका लागि महत्वपूर्ण हुनसक्छ.

सरसफाइको महत्व कोरोना अवधिमा हामी सबैले महसुस गरेकै विषय हो । सरसफाइ कायम गरेर र स्वच्छता अनुसरण गरेर हामी धेरै रोग वा संक्रमणबाट बच्न सक्छौं । जब सरसफाइ एउटा महत्वपूर्ण कुरा हो, किन बच्चाहरूलाई एउटा सानो उमेरदेखि नै यसको महत्व बताउनु हुँदैन ? हरेक बच्चालाई चेतनाको विकास भएसँगै सरसफाइको बारेमा ज्ञान दिन थाल्नुपर्छ । ताकि […]

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने.

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् । सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्‍याएको थियो । […]

सरकारका प्रवक्ता भन्छन् : सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारका प्रवक्ता भन्छन् : सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ.

काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गरेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका हुन् । सर्वोच्चको […]

सेनिटाइजर सेवनबाट एकैदिन दुई जनाको मृत्यु

Published: (Updated: ) in विविधा by . Leave a Comment on सेनिटाइजर सेवनबाट एकैदिन दुई जनाको मृत्यु.

विराटनगर । सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुईजनाको मृत्यु भएको छ । कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको छ । […]

ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला : प्रधानमन्त्री ओली.

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि […]

भारतीय प्रधानमन्त्री मोदीले लगाए काेराेनाविरुद्धकाे खोप

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतीय प्रधानमन्त्री मोदीले लगाए काेराेनाविरुद्धकाे खोप.

 एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् । समाचार एजेन्सी एएनआईका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो । भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ […]

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभा बैठक आह्वान

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधि सभा बैठक आह्वान.

काठमाडौं ।. राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको उल्लेख छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने […]

हप्ता दिनभित्र केरुङ नाका सञ्चालनमा आउने

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on हप्ता दिनभित्र केरुङ नाका सञ्चालनमा आउने.

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका खुल्न लागेको हो । आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको र प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । केरुङ […]