Sajhamanch Archive

कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा जम्मा हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा जम्मा हुने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका हुन् । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले सोबारे जानकारी गराएका हुन् । अर्थमन्त्रालयको प्रस्तावमा […]

झापामा थप ४४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ४४ जनामा कोरोना.

झापा । झापामा आज थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार २० महिला र २४ पुरुषमा कोरोना पुष्टि भएको हो । झापाका संक्रमितहरुमा दमकमा १७, गौरादहमा ११, भद्रपुर र कमल गाउँपालिकामा ४-४ जना, बिर्तामोड र झापा गाउँपालिकामा २-२ जना रहेका छन्। त्यस्तै अर्जुनधारा, […]

सिमानामा प्रतिबन्ध एक महिना थपियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on सिमानामा प्रतिबन्ध एक महिना थपियो.

काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सो जानकारी गराएका हुन् । सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल […]

थप १९१३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १९१३ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । पछिल्लो २४ घण्टामा २३४९ जना डिस्चार्ज भएका छन् ।  हालसम्म संक्रमणमुक्त हुनेको […]

कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या बढ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या बढ्यो.

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीको संक्रमण दर पनि बढेको छ । देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यररत स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा सक्रिय चिकित्सक, नर्स र अन्य कर्मचारीमा संक्रमण बढ्न थालेको हो । विभिन्न अस्पतालमा कार्यररत ४ हजार ६ सय ८४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]

अक्सफोर्डको चार करोड कोरोना खोप उत्पादन गर्दै भारतीय कम्पनी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अक्सफोर्डको चार करोड कोरोना खोप उत्पादन गर्दै भारतीय कम्पनी.

एजेन्सी । अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको चार करोड डोज भारतीय कम्पनी सेरुम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्ने बताएको छ । बिहीबार कम्पनले अब छिटै नै खोप निर्माणको काम सुरु गर्ने बताएको छ । यद्यपि त्यसका लागि कम्पनीले नियामकको अनुमति पाउन बाँकी छ । सेरुमका अनुसार भारतमा कम्पनीले एक्स्ट्राजेनेकाको […]

प्रधानमन्त्री निवासमै बन्यो हेलिप्याड

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री निवासमै बन्यो हेलिप्याड.

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभा जाने क्रममा नवनिर्मित हेलिप्याडबाट उडान गरिएको थियो । नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार नै हेलिप्याड निर्माण भएको र यसले बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

झिलिमिली घर : हे लक्ष्मीले बासै गरुन्

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on झिलिमिली घर : हे लक्ष्मीले बासै गरुन्.

भैलिनी खेल्नेहरु आउँछन् र भाका हाल्न थाल्छन्, ‘हरियो गोबरले लिपेको, लक्ष्मीपूजा पूजा पूजेको ।’ देउसी खेल्नेहरु आउँछन् र भट्याउन थाल्छन्, ‘आहै झिलीमिली झिलिमिली, आहै बत्तीको झिलिमिली ।’ यसबाटै के संकेत मिल्छ भने तिहारमा घर–आँगन सफा गर्ने, सजाउने, दियो–बत्ती बाल्ने, लक्ष्मी पूज्ने । धार्मिक मान्यता छ, औंसीको यो रातमा घरलाई सफासुग्गघर बनाइयो भने, फूलहरुले सजाइयो भने, […]

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

Published: (Updated: ) in राजनीति, स्वास्थ्य by . Leave a Comment on चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने.

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहाेर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। केसीलाई कोरोना संक्रमित भएपछि उनको उपचार भइरहेको छ। उनलाई कोरोना संक्रमणका साथै निमोनियाको पनि समस्या देखिएको चिकित्सकहरुले जानकारी दिएका छन् । हाल केसीको […]

शुक्रबार बोलाइयो नेकपा सचिवालय बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शुक्रबार बोलाइयो नेकपा सचिवालय बैठक.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित […]