Sajhamanch Archive

इलामको कालपोखरीमा बीओपी स्थापना

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on इलामको कालपोखरीमा बीओपी स्थापना.

इलाम। सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणको लागि इलामको कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । बुधबार इलामको सन्दकपुर गाउँपालिका वडा नं.४ मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा (लामा)को २ तले, पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको हो । […]

दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु.

काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिँदा सोहि कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो । […]

आजको मौसम : केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम : केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने.

काठमाडौं । आज देशका केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ । आज प्रदेश नम्बर एक, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी ठाउँमा दिउँसो सामान्यतया मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। उनका […]

मेचीनगरले संक्रमितलाई घरमै अक्सिजन र खाद्यान्न पुर्याउने

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरले संक्रमितलाई घरमै अक्सिजन र खाद्यान्न पुर्याउने.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड–१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय गरेको छ । नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमाम बसेका बेला कुनै संकट नहोस् भनेर नगरपालिकाले न्यूनतम् १४ दिनका लागि पुग्ने खाद्य सामग्री राहतमा उपलब्ध […]

जाडोमा नगरौं यी गल्ती

Published: in टिप्स/जानकारी by . Leave a Comment on जाडोमा नगरौं यी गल्ती.

बढ्दो जाडोको समयमा प्रायः हामी आफैँलाई सुरक्षित राख्न विभिन्न तरिकाहरू अपनाउँछौं । ताकि हामी चिसोमा समस्याबाट जोगिन सकौं । तर यस्तो बेलामा गरिने सानातिना गल्तीहरू पनि हुन्छन्, जसको कारण उनीहरू स्वास्थ्य समस्या वा संक्रमणको जोखिममा बढ्न सक्छ । यसको लागि आवश्यक छ कि हामी चिसो मौसममा आफूलाई जोगाउन र कुनै पनि संक्रमणसँग लड्न हामीले आफ्नो […]

मेचीनगरबाट काँच तथा तामाको भाडा, सुर्ती र कुर्ता बरामद

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरबाट काँच तथा तामाको भाडा, सुर्ती र कुर्ता बरामद.

मेचीनगर । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिकाबाट अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याइदैँ गरेको काँच तथा तामाको भाडा, सुर्ती, र कुर्ता बरामद गरेको छ । प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चार लाख सत्तरी हजार रुपैयाँ बराबरको तामाको भाडा, सुर्ती, र कुर्ताहरु बरामद गरेको हो । बुधबार बरामद गरीएका उक्त समानहरु आवश्यक कारवाहीको लागि भद्रपुर […]

दुवै पदबाट हट्दिन, हल्लाको पछि नलाग्नुहोस् : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दुवै पदबाट हट्दिन, हल्लाको पछि नलाग्नुहोस् : प्रधानमन्त्री ओली.

संखुवासभा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट नहट्ने बताएका छन् । बुधबार संखुवासभा पुगेका ओलीले पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने बताएका हुन् । पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनको तर्क छ । ‘जनताले पाँच वर्षका लागि जनमत दिएको […]

अक्षयसँग कहिले पनि काम गर्न सक्दैनन् शाहरुख खान, बताएका थिए यस्तो कारण

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अक्षयसँग कहिले पनि काम गर्न सक्दैनन् शाहरुख खान, बताएका थिए यस्तो कारण.

बलिउडमा तीन खानबाहेक अक्षय कुमार मात्रै एक यस्ता नायक हुन् जो उनीहरुको बराबारीमा आउँछन् । सलमान खानसँग अक्षय कुमारले थुप्रै फिल्ममा काम गरिसकेका छन् । यद्यपि, प्रशंसक लामो समयदेखि अक्षय कुमारसँग शाहरुख खानलाई पनि देख्न चाहन्छन् । यद्यपि, शाहरुख आफैं मान्छन् कि उनी सायद अक्षय कुमारसँग काम गर्न सक्दैनन् । शाहरुखले बताएका थिए काम गर्न […]

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक.

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । कांग्रेसले बिहीबारका लागि निर्धारण गरेको बैठक शुक्रबारसम्मका लागि स्थगित गरेको हो । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला […]

कक्षा ११-१२ को नयाँ पाठ्यक्रम सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on कक्षा ११-१२ को नयाँ पाठ्यक्रम सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा.

काठमाडौं । सर्वोच्च अदालतमा दर्ता भएको नयाँ पाठ्यक्रम कार्यान्वयन सम्बन्धी रिटमा आज सुनुवाई हुन सकेन । बुधबारका लागि पेशी तोकिएको यो मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको सर्वोच्चले जनाएको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न नहुने भन्दै भगवता अर्याललगायतले दर्ता गरेको रिट न्यायाधीशद्वय मीरा खड्का र वमकुमार श्रेष्ठको संयुक्त इजलाशमा परेको थियो । रिटमा पाठ्यक्रम विकास […]