Sajhamanch Archive

मंसिर २ गते सार्वजनिक बिदा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मंसिर २ गते सार्वजनिक बिदा.

काठमाडौं । सरकारले किजा पूजाको अवसरमा आगामी मंसिर २ गते सार्वजनिक बिदा दिने भएको छ। मन्त्रिपरिषद् बैठकले आगामी मंगलबार देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी गराएको हो।

बामदेवलाई मन्त्री बन्न बाटो खुला

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बामदेवलाई मन्त्री बन्न बाटो खुला.

काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतमलाई मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद सदस्य हुनका लागि योग्यताको प्रश्न उठाउँदै दायर रिटमा गौतमको पक्षमा फैसला सुनाएको हो ।

सात वर्षीया बालिका बलात्कृत

Published: (Updated: ) in समाज by . Leave a Comment on सात वर्षीया बालिका बलात्कृत.

काठमाडौं । काठमाडौंको गोठाटारमा सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो । वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो । उनका अनुसार बालिका र तामाङ एउटै घरमा […]

१२ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १२ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना.

काठमाडौं । कोरोना महामारीविरुद्धको मोर्चामा फ्रन्टलाइनमा खटिएका १२ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी बलका गरी १२ हजार ७ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमा नेपाल प्रहरीका सबैभन्दा बढी छन् । हालसम्म प्रहरीमा ६ हजार ५ सय ७८ जनालाई संक्रमण भएको छ भने ५७ […]

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल मैदानमै गएर हेर्न पाइने

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल मैदानमै गएर हेर्न पाइने.

काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच यही कात्तिक २८ र मंसिर २ गते ढाकाको बंगबन्ध नेशनल स्टेडियममा प्रतिस्पर्धा हुँदैछ […]

ब्ल्याकमेल गर्दथे डाक्टर, नर्सले मारेर पकाइन्ः दिइयो मृत्युदण्ड

Published: in विश्व समाचार by . Leave a Comment on ब्ल्याकमेल गर्दथे डाक्टर, नर्सले मारेर पकाइन्ः दिइयो मृत्युदण्ड.

एजेन्सी । यौनसम्बन्ध स्थापित गर्नका लागि ब्ल्याकमेल गर्ने आफ्ना सहकर्मी डाक्टरलाई हत्या गरेर, टुक्राटुक्रा पारेर पकाउने नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ । चीनको स्थानीय मिडियालाई उद्धृत गर्दै मिररडटकमले बताए अनुसार २५ वर्षीया ली फेङ्गपिङ्ग आफू कार्यरत अस्पतालका अर्थोपेडिक्सका उप–प्रमुख लुओ युआनजियानसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य भएकी थिइन् । स्रोतका अनुसार नर्स लीलाई जुवाको अत्यधिक […]

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण.

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ। परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको जानकारी दिए। ‘एक साताअघि क्लिनिकल ट्रायल सुरु भएको हो’, कार्यकारी प्रमुख डा. ज्ञवालीले भने, ‘अहिले त्यसको फलोअप गरिरहेका छौं।’ उनका […]

तिहार बिदामा बैंकहरु नखुल्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on तिहार बिदामा बैंकहरु नखुल्ने.

काठमाडौं । वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कात्तिक २९ […]

बिर्तामोडबाट प्रतिवन्धित लागू औषधसहित चारजना पक्राउ

Published: in समाज by . Leave a Comment on बिर्तामोडबाट प्रतिवन्धित लागू औषधसहित चारजना पक्राउ.

बिर्तामोड । प्रतिवन्धित लागू औषधसहित प्रहरीले चार जनालाई झापाको बिर्तामोडबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा नं.२ निवासी २५ वर्षीय मोहनकुमार ओली, सोही ठाउँका २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी र २० वर्षीय अरुणकुमार राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका वडा नं.२ फूलवारी टोल स्थित ओलीको घरमा […]

आईपीएलको उपाधि मुम्बईलाई

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on आईपीएलको उपाधि मुम्बईलाई.

एजेन्सी । मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन […]