Sajhamanch Archive

सचिवालय बैठकका लागि पाँच नेताले ओलीसँग मागे सहमति

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिवालय बैठकका लागि पाँच नेताले ओलीसँग मागे सहमति.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि अध्यक्ष एवं प्रधानमन्त्रीसँग सहमति मागेका छन् । प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठले शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बस्नुपर्ने बताएका हुन् । ‘हामीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर […]

अभिषेक भन्छन्–‘मलाई मेरो पिताले कुनै सहयोग गरेनन्’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अभिषेक भन्छन्–‘मलाई मेरो पिताले कुनै सहयोग गरेनन्’.

बलिउड नायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चनको करिअर सुखद रुपमा चलिरहेको छ । बलिउडमा परिवारवादको मुद्दा चर्किरहेको समयमा अभिषेकले यो बिषयमा आफ्नो भनाई राखेका छन् । उनका अनुसार, २० बर्ष लामो चलचित्र करिअरमा अभिषेकलाई उनका पिता अमिताम बच्चनले कुनै पनि प्रकारको सहयोग गरेनन् । कुनै पनि कलाकारलाई लामो समयसम्म बलिउडमा रहनका लागि दर्शकको साथ नै […]

कालो पोशाकमा झापाको शनिश्चरेमा महिलाले गरे प्रदर्शन

Published: in समाज by . Leave a Comment on कालो पोशाकमा झापाको शनिश्चरेमा महिलाले गरे प्रदर्शन.

अर्जनधारा । बढ्दो यौन दुव्र्यवहार र बलात्कारविरुद्ध महिलाहरुले आज झापाको शनिश्चरे बजारमा प्रदर्शन गरेका छन् । बलात्कारमा संलग्नलाई संरक्षण गर्ने राज्य आफैँ दोषी भएको जनाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । यसअघि झापाको बिर्तामोड लगायतका स्थानमा पनि उनीहरुले प्रदर्शन गरेका थिए । बलात्कारका घटनामा संलग्नलाई फाँसी भन्दा पनि आजीवन सजाय हुनु पर्ने मागसहित आज देशभर एउटै […]

दुईथरी दम्पती : कोही पट्यारलग्दो, कोही रहरलाग्दो

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दुईथरी दम्पती : कोही पट्यारलग्दो, कोही रहरलाग्दो.

कतिपय दम्पती यस्ता हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘चखेवाको जस्तै लोभलाग्दो जोडी ।’ कतिपय दम्पती यस्ता पनि हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘कस्तो मिल्नै नसक्ने, कुकुर र बिरालो जस्तो ।’ त्यसो त दम्पती थरीथरीका हुन्छन् । तर, मूल रुपमा दुईथरी हुन्छन् । एकथरी रहरलाग्दो, अर्कोथरी पट्यारलााग्दो । पहिलोथरी दम्पती आपसी समझदारी, सर्मपण, सद्भाव, प्रेमले भरिपूर्ण […]

थप २७५३ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २७५३ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २२ सय ६ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ५५ हजार ११४ पुगेको […]

नेकपा सचिवालय बैठकको माग गर्दै प्रचण्डसहितका नेता बालुवाटारमा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठकको माग गर्दै प्रचण्डसहितका नेता बालुवाटारमा.

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक राख्न सहमति नजनाएपछि सचिवालयको बहुमतको सदस्य प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि मनाउन लिखित पत्रसहित बालुवाटार पुगेको हुन्। प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुअघि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम […]

कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख.

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित वरिष्ठ कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् । अघिल्लो दिनको तुलनामा ‘धेरै राम्रो’ भइरहेको उनको भनाइ छ । गजुरेलले फेसबुकमा लेखेका छन्, ‘आराम छु, आरामको कामना गर्दछु । हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’ गजुरेलका निकट […]

ट्रम्प भन्छन्– बाइडनले आफू निर्वाचित भएको घोषणा नगरुन्

Published: in विश्व समाचार by . Leave a Comment on ट्रम्प भन्छन्– बाइडनले आफू निर्वाचित भएको घोषणा नगरुन्.

एजेन्सी । रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् । राष्ट्रपति पदको निर्वाचनमा बाइडन जित नजिक पुगेका समाचार आइरहेका बेला ट्रम्पले सो चेतावनी दिएका हुन् । ट्विट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडनले राष्ट्रपति पदको दाबी नगरुन् । यस्तो दाबी त म पनि गर्न सक्छु । […]

कोभिड खोप खरिद प्रक्रिया सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड खोप खरिद प्रक्रिया सुरु.

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो । परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्र्याउन सरकार सक्रिय रहेको छ । […]

बेंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

Published: in खेलकुद by . Leave a Comment on बेंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा.

एजेन्सी । सनराइजर्स हैदरावाद यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्‍वालिफायरमा प्रवेश गरको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्‍वालिफायर्समा प्रवेश गरको हो । शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको १३२ रनको लक्ष्य हैदरावादले १९ ओभर ४ बलमा चार विकेट गुमाउँदै १३२ […]