Sajhamanch Archive

धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धरानमा दुईजना कोरोना संक्रमितको मृत्यु.

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना भएका थिए […]

राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः भीम रावल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघनः भीम रावल.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिम विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आईरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहनुभएको समाचार आइरहेको […]

हास्यकलाकार मनोज गजुरेलको आइसीयूमा उपचार हुँदै

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by . Leave a Comment on हास्यकलाकार मनोज गजुरेलको आइसीयूमा उपचार हुँदै.

काठमाडौं । कोरोना संक्रमण भएका बरिष्ठ हास्यकलाकार मनोज गजुरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए । […]

यस्तो छ आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यस्तो छ आजको मौसम पूर्वानुमान.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जनाएको छ। शुक्रबार बिहान जारी मौसम बुलेटिनमा हाल नेपालमा उल्लेखनिय मौसमी प्रणली विकसित नभएको उल्लेख छ। शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शनिबार दिउँसो प्रदेश १, बागमति […]

निर्माणको प्रगति बढाउनू, काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्‍नू : मन्त्री नेम्वाङ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on निर्माणको प्रगति बढाउनू, काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्‍नू : मन्त्री नेम्वाङ.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयअन्तर्गतका सबै आयोजना र डिभिजन सडक कार्यालयले रुग्ण ठेक्का चाँडो टुङ्गाउन निर्देशन दिएका छन्। कोभिड-१९ सङ्क्रमित मन्त्री नेम्वाङ ‘होम आइसोलेशन’ बाटै मन्त्रालयअन्तर्गतका सबै निकायको पहिलो त्रैमासिकको प्रगति विवरणबारे आयोजित भर्चुअल बैठकमा सहभागी भए। उनले ती ठेक्कामा भएको ढिलाइबारे बुझेर समाधान निकाल्नुपर्ने बताए। मन्त्रालय, विभाग, आयोजनाले पनि निर्माणका […]

आइपीएल : मुम्बई फाइनलमा,दिल्लीको लज्जास्पद हार

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आइपीएल : मुम्बई फाइनलमा,दिल्लीको लज्जास्पद हार.

एजेन्सी । मुम्बई इन्डियन्स १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स ५७ रनको फराकिलो अन्तरले पराजित गर्दै मुम्बईले फाइनलमा स्थान बनाएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिल्लीलाई जितका लागि दिएको २०१ रनको बलियो लक्ष्य दिल्लीले निर्धारित २० ओभरमा […]

सम्झौता कार्यान्वयन गर्न डा केसीले गराए सरकारको ध्यानाकर्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सम्झौता कार्यान्वयन गर्न डा केसीले गराए सरकारको ध्यानाकर्षण.

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका प्राध्यापक डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी प्रा. डा. केसीले भने, ‘ विगतमा बारम्बार हामीसँग भएका सम्झौता कार्यान्वयन नभएका तथा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले यस अगाडि बारम्बार सम्झौता विपरीत काम गरेकाले हामीसँग निरन्तर […]

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रही आएको छ । भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको […]

५ यस्तो स्थिति जसलाई यौन सम्पर्कले आफू अनुकुल बनाउँछ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ५ यस्तो स्थिति जसलाई यौन सम्पर्कले आफू अनुकुल बनाउँछ.

भनिन्छ, संसारमा यौन नै सबैभन्दा ठूलो शक्ति हो । यौनकै लागि मान्छेले ठूला ठूला त्याग गर्छन् भने ठूला ठूला अपराध समेत गर्छन् । धेरै ठूलाठूला समस्यामा पनि यौनले थकान भुलाउने काम गर्छ । यहाँ पाँच दैनिक परिस्थितिहरूको बारेमा उल्लेख गरिएको छ जसमा यौनले ती परिस्थितिलाई आफू अनुकुल बनाउन सकियोस् । पहिलो स्थितिः कामको थकान कम […]

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश.

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले छलफलबाट अन्तिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय […]