Sajhamanch Archive

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ सम्म सर्‍यो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ सम्म सर्‍यो.

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारेको छ । बिहीबार कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कात्तिक २४ गते बैठक बोलाउन सुझाव दिएको एक नेताले बताए । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २४ गते दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए […]

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता.

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बिहीबार  नेपाली सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो । सो क्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे […]

मेचीनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु.

मेचीनगर । झापाको मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१० की ४२ वर्षिया महिला रहेकी छन् । उनको आज बिहान ५:५० बजे नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासको समस्या भएर ती महिलालाई कात्तिक ८ गते विराटनगर लगिएको थियो । मेचीनगरमा कोरोना संक्रमणबाट हिजो मात्र […]

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपाली फुटबल टोली बंगलादेश प्रस्थान.

काठमाडौं । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो ।नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता […]

धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार सप्तरीका दुई जना र मोरङका एकजनाको बिहीबार बिहान मृत्यु भएको हो । सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको बिहीबार बिहान ३ः१५ बजे र सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे मृत्यु भएको […]

सातै प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि कर्मचारी माग

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सातै प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि कर्मचारी माग.

काठमाडौ । स्वास्थ्य सेवा विभागसहित देशका सातै प्रदेशका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी माग गरेको छ । कोरोना महामारी नियन्त्रण अभियानलाई थप सशक्त बनाउन भन्दै मन्त्रालयले तीन महिनाका लागि विभिन्न पदमा एक सय ९१ कर्मचारी माग गरेको हो । बिहीबार सूचना प्रकाशन गर्दै मन्त्रालयले इच्छुक र योग्य नागरिकलाई पदमा दरखास्त दिन आह्वान गरेको हो […]

अमाल मलिकसँग म्यूजिक भिडियोमा अदिती

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अमाल मलिकसँग म्यूजिक भिडियोमा अदिती.

नेपाली चलचित्र ‘कृ’की नायिका अदिती वुढाथोकी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । अदितीले केही म्यूजिक भिडियोमा काम गरेपनि उनले आशातित सफलता भने पाएकी छैनन् । उनै, अदिती अब भने गायक तथा संगीतकार अमाल मलिकसँग एक गीतको भिडियोमा देखिएकी छिन् ।‘तु मेरा नही’ बोलको म्यूजिक भिडियोको टिजर सार्वजनिक गरिएको छ । सोनी म्यूजिकबाट सार्वजनिक हुने यो […]

१४ दिनको न्यायिक हिरासतमा पठाइए अर्नब गोस्वामी

Published: in विश्व समाचार by . Leave a Comment on १४ दिनको न्यायिक हिरासतमा पठाइए अर्नब गोस्वामी.

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ । गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न आदेश दिएको हो । गोस्वामीका वकिलले जमानतका लागि निवेदन दिएका छन् । सो निवेदनमाथि बिहीबार सुनुवाइ हुन सक्ने भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका […]

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्ने बनाउन शिक्षामन्त्री पोखरेलको निर्देशन

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन मिल्ने बनाउन शिक्षामन्त्री पोखरेलको निर्देशन.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्। आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री पोखरेलले बोर्डका पदाधिकारीलाई यस्तो निर्देशन दिएका हुन्। मन्त्री पोखरेलले विद्यार्थीहरु […]

आज मुम्बई र दिल्ली भिड्दै,कसले मार्ला बाजी !

Published: in खेलकुद by . Leave a Comment on आज मुम्बई र दिल्ली भिड्दै,कसले मार्ला बाजी !.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुने छ । विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र […]