Sajhamanch Archive

ट्राफिक व्यवस्थापन सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on ट्राफिक व्यवस्थापन सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । उपत्यकालगायत देशका विभिन्‍न ठाउँमा हुने ट्राफिक जामलाई कम गर्न गुणस्तरीय सडक निर्माण, कालोपत्रे गर्ने र सडक सञ्‍जाल विस्तारलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने बताए । गृहमन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्री थापाले ट्राफिक व्यवस्थापनका लागि सरकारले ऐन […]

सांसद एवम् उद्योगी केसीको निधन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसद एवम् उद्योगी केसीको निधन.

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ। ​ पोखरास्थित आफ्नै घरमा गएराति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थिए। पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका केसी तीन वर्ष अघिको प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेस […]

अमेरिकामा राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै,कसले मार्ला बाजी ?

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on अमेरिकामा राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै,कसले मार्ला बाजी ?.

एजेन्सी । अमेरिकामा राष्ट्रपति चयनका लागि मंगलबार राति चुनाव हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ । अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला धेरैजसो मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान […]

संक्रमितको शव गाडेको साढे चार महिनापछि निकालेर अन्त्येष्टि

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on संक्रमितको शव गाडेको साढे चार महिनापछि निकालेर अन्त्येष्टि.

अर्घाखाँची । अर्घाखाँचीमा गाडेको शव साढे चार महिनापछि निकालेर पुन: परम्पराअनुसार काजकिरिया गरिएको छ। मालारानी गाउँपालिका वडा नं.४ का ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते उपचार गरेर फर्कने क्रममा बाटोमा निधन भएको थियो । क्वारेन्टाइनमा बसेको बेला स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला भैरहवामा पठाएको थियो। तर उनको मृत्यु भइसक्दा पनि पिसिआर परीक्षणका लागि […]

दिल्लीसँग बैंगलौर स्तब्ध, दुबै टिम प्लेअफका लागि छनोट

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on दिल्लीसँग बैंगलौर स्तब्ध, दुबै टिम प्लेअफका लागि छनोट.

एजेन्सी । दिल्ली क्यापीटल इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा प्रवेश गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा सोमबार भएको म्याचमा रोयल च्यालेन्जर्स बैंगलौरलाई ६ विकेटले पराजित गरेर १६ अंक सहित दिल्लीले क्वालिफायर यात्रा सुनिश्चित गरेको हो । बैंगलौरले दिएको १५३ रनको लक्ष्य दिल्लीले चार विकेटको क्षतिमा १९ औं ओभरमा पुरा गरेको हो । अंक तालिकाको […]

विभाग बनाइसकेँ, अरु विषयमा छलफल गर्न तयार छु : सभापति देउवा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विभाग बनाइसकेँ, अरु विषयमा छलफल गर्न तयार छु : सभापति देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागबारे छलफल गर्न सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा देउवाले भने, ‘मैले विभाग बनाइसकेँ, अरु विषयमा कुरा गर्न तयार छु ।’ देउवाले […]

भाउजुलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on भाउजुलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ.

सुनसरी । विवाहित एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा धरानमा एक देवर नाता पर्ने युवा पक्राउ परेका छन्। पीडित महिलाकी आफ्नै देवर भने फरार छन्। पीडित महिलाले उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले धरान-१५ का २२ वर्षीय युवालाई पक्राउ गरेको हो। ती युवा पीडित भनिएकी महिलाको काका ससुराको छोरा हुन्। पीडितको आफ्नै देवर भने फरार भएको […]

यस्तो ड्रेसमा आलिया बनिन् हट

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on यस्तो ड्रेसमा आलिया बनिन् हट.

अभिनेत्री आलिया भट्ट पछिल्लो समय सोशल मिडियामा त्यति सक्रिय देखिएकी छैनन् । तर, अहिले भने उनले आफ्नो इस्टाग्राममा केही बोल्ड तस्बिर सेयर गरेकी छन् । जुन तस्बिर उनले लगाएको अहिलेसम्मकै फरक ड्रेसमा एकदमै हट रहेको छ । सार्वजनिक तस्बिरमा आलियाले पहिरिएको पहिरन चेसको प्रिन्ट जस्तो रहेको छ । उनको यो ड्रेस लेबनानी फेशन डिजाइनर जर्जस […]

राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन.

बुटवल । राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्‍याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो । राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो । र्‍यालीमा करिब २ हजार […]

स्वास्थ्य मन्त्री ढकाललाई अदालतको अवहेलना मुद्दा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वास्थ्य मन्त्री ढकाललाई अदालतको अवहेलना मुद्दा.

काठमाडौं । कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा १५ असोजको फैसलाको उल्लंघन भएको जिकिर गरिएको छ । सर्वोच्चले १५ असोजमा कोभिड–१९ सँग सम्बन्धित प्रवर्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सबै कार्य […]