Sajhamanch Archive

थप २९३३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २९३३ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । उनीहरुमध्ये ९८४ जनाको मृत्यु भएको स्वास्थ्य […]

१२ लाख नाघ्यो कोरोनाले मृत्यु हुनेको संख्या

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on १२ लाख नाघ्यो कोरोनाले मृत्यु हुनेको संख्या.

एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्सि युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर १२ लाख ५ हजार ८४९ जनाको कोरोनाबाट मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै दुई लाख ३६ हजार भन्दा धेरैको मृत्यु भएको छ भने ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६० […]

प्रहरीलाई छैन सातमा एक दिन पनि छुट्टी, दैनिक १८ घण्टा ड्युटी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरीलाई छैन सातमा एक दिन पनि छुट्टी, दैनिक १८ घण्टा ड्युटी.

काठमाडौं । प्रहरीमा तल्लो तहका कर्मचारीले सातामा एकदिन पनि छुट्टी नपाएको गुनासो गरेका छन् । प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ । सर्वेक्षणमा सहभागीहरुमध्ये ४० प्रतिशत प्रहरी कर्मचारीहरुले फिल्डमा कम्तीमा १२ घण्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको र २७ प्रतिशतले १८ […]

५५ बर्षमा साहरुख, घर अगाडि सेलिव्रेशन नगर्न फ्यानलाई आग्रह

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ५५ बर्षमा साहरुख, घर अगाडि सेलिव्रेशन नगर्न फ्यानलाई आग्रह.

बलिउडमा ‘बादशाह, किङ खान, रोमान्सका किङ’ जस्ता उपनामले परिचित नायक साहरुख खान आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोभेम्बर २ तारिखमा साहरुखको जन्म दिल्लीमा भएको थियो । चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका साहरुख खानले बलिउडमा करिब ३ दशक विताइसकेका छन् । उसो त साहरुखले आफ्नो करिअरको सुरुवात टेलिभिजनबाट गरेका हुन् । टेलिभिजनमा […]

पत्रकार निकाल्ने मिडियाविरुद्ध तिहारअघि महासंघले सशक्त आन्दोलन गर्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार निकाल्ने मिडियाविरुद्ध तिहारअघि महासंघले सशक्त आन्दोलन गर्ने.

काठमाडौं । नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिको आइतबार बसेको बैठकले कोरोना महामारीपछि उत्पन्न श्रमजीवी पत्रकारहरुले भोगिरहेको श्रम समस्या सम्बोधनका लागि भएका आन्दोलनहरुको समीक्षा गरेको छ। समिति संयोजक रामप्रसाद दाहालको अध्यक्षता र महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा भएको बैठकमा हालसम्मका आन्दोलन उपलब्धीमूलक देखिएकाले बाँकी समस्या सम्बोधनका लागि थप दबाबमूलक आन्दोलन गर्ने निर्णय गरेको […]

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on युभेन्टसको जितमा रोनाल्डोको दुई गोल.

एजेन्सी । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियामाथि ४-१ को सहज जित निकालेको हो । युभेन्ट्सको जितका लागि रोनाल्डोले दुई गोल गर्दा अल्भारो मोराटा र एड्रेएन रबिओटले एक-एक गोल गरे । स्पेजियाका लागि टोमासो पोबेगाले एक गोल फर्काए […]

नेकपा विवादः प्रचण्ड र ओलीको टकरावले पार्टी एकता गम्भीर संकटमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा विवादः प्रचण्ड र ओलीको टकरावले पार्टी एकता गम्भीर संकटमा.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो । प्रचण्ड निकट […]

कोरोना संक्रमितको उपचारका लागि धरौटी नमाग्नू : स्वास्थ्य मन्त्रालय

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको उपचारका लागि धरौटी नमाग्नू : स्वास्थ्य मन्त्रालय.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । आइतबार आयोजित मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको बताए । मन्त्रालयले २ कात्तिकमा विपन्न, अशक्त अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिक र फ्रान्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र […]

पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टी एकता गम्भीर संकटको मोडमा : महासचिव पौडेल.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् । तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख गरेका छन् […]

झापामा थप ७६ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा थप ७६ जनामा कोरोना.

झापा । झापामा पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३१ महिला र ४५ जना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा २० महिलासहित ४५ जना, कमलमा ४ महिला र ७ पुरुष गरी ११ जना,मेचीनगरका २ महिला र ४ पुरुष गरी ६ जना, बिर्तामोडका २ महिला […]