Sajhamanch Archive

सांसदलाई सुधारिएको लोगो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसदलाई सुधारिएको लोगो.

काठमाडौं । संघीय संसद सचिवालयले सांसदहरुलाई सुधारिएको लोगो वितरण सुरू गरेको छ। सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा भएको लोगो हटाइएको थियो। तर गत साउन अन्तिममा नयाँ लोगो सार्वजनिक भए लगत्तै नक्साको स्वरूप नमिलेको पाइएपछि विरोध भएको थियो। सुनको जलपयुक्त लोगोमा झण्डाको रंग समेत लतपत थियो। लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु […]

र्‍यापर भिटेनलाई खोज्दै प्रहरी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on र्‍यापर भिटेनलाई खोज्दै प्रहरी.

काठमाडौं । र्‍याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा […]

थप २३६४ जनामा कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २३६४ जनामा कोरोना.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । पछिल्लो २४ घण्टामा […]

सांसद लिङ्देनले थाले अस्पतालको अनुगमन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सांसद लिङ्देनले थाले अस्पतालको अनुगमन.

बिर्तामोड । संघीय सांसद राजेन्द्र लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित लिङ्देनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट अनुगमन शुरु गरेका हुन् । त्यसपछि भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल तथा बिर्तामोडको मनमोहन र बिएन्डसी हस्पिटलको पनि उनले […]

तातोपानी नाका पुनः सञ्चालनमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तातोपानी नाका पुनः सञ्चालनमा.

काठमाडौं । असोज २० गतेदेखि बन्द तातोपानी नाका आजबाट एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार मालवस्तु बोकेको एक चिनियाँ कन्टेनर मितेरी पुल भएर नेपाली भन्सार यार्डमा आइपुगेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । तत्कालका लागि तातोपानी नाकाबाट नेपालतर्फ आयात हुने पनि उनको भनाइ छ । ‘एउटा चिनियाँ कन्टेनर नेपाल प्रवेश गरेको छ, उक्त […]

कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो.

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कात्तिक २१ गते पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् । यसअघि असोज १९ गते बोलाइएको बैठक केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । केन्द्रीय कार्यसमिति बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक बालक गम्भीर घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एक बालक गम्भीर घाइते.

बारा । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग झडप हुँदा तीन प्रहरी र एक बालकसहित चारजना घाइते भएका छन् । प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ । […]

बार्सिलोनाले युभेन्टसलाई हरायो

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनाले युभेन्टसलाई हरायो.

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसलाई २–० ले हराएको छ। बार्साका लागि डेम्बेलेले १४ औं मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफमा १–० ले अगाडी रहेको बार्सालाई अर्को गोल गर्न दोस्रो अतिरिक्त समय कुर्नु पर्यो। उसका लागि ९१ औं मिनेटमा लियोनल मेसीले पेनाल्टी मार्फत गोल गर्दै जीत सुनिश्चित गरे।

आज टिकाको चौथो दिन : मान्यजनबाट टीका थाप्‍ने क्रम आज पनि जारी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज टिकाको चौथो दिन : मान्यजनबाट टीका थाप्‍ने क्रम आज पनि जारी.

झापा । बडादशैं अन्र्तगत आज टिकाको चौथो दिन । आज पनि मान्यजनवाट टिका जमरा र आर्शिवाद ग्रहण गरिदै छ । विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले कोजाग्रत पूर्णिमासम्म मान्यजनका हातबाट टीका जमरा थाप्ने क्रम जारी रहने छ । विशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले कोजाग्रत पूर्णिमासम्म टिका लगाउने गरिएको हो […]

आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने.

काठमाडौं । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले […]