Sajhamanch Archive

माल्दिभ्समा प्रियंकाको जन्मदिन सेलिव्रेशन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on माल्दिभ्समा प्रियंकाको जन्मदिन सेलिव्रेशन.

नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् । यस्तै, प्रियंका र आयुष्मानले बिहे गरेको एक बर्ष पुरा भएको छ । गतबर्षको फागुण १६ गते उनीहरु […]

झापा आइपुगे प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा आइपुगे प्रधानमन्त्री ओली.

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् । यती एयरलाइन्समार्फत उनी भद्रपुर विमानस्थल आइपुगेका हुन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलो पटक गृहजिल्ला आएका हुन् । झापा क्षेत्र नम्बर ५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क) को शिलान्यास कार्यक्रम छ । […]

नेपाल–बङ्गलादेश युवा सम्मेलन आज सकिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल–बङ्गलादेश युवा सम्मेलन आज सकिने.

काठमाडौं । चौथो ‘नेपाल–बङ्गलादेश युवा सम्मेलन’ आज सकिने भएको छ । हिजोदेखि काठमाडौंमा शुरु सम्मेलनमा बंगलादेशी सुमाया तहमिद जाफ्ररिनको संयोजकत्वमा २५ सदस्यीय युवा टोली सहभागी छ । नेपालका विभिन्न जिल्लाबाट ४० युवाले सम्मेलनमा सहभागिता जनाएका छन्। दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मेलन केन्द्रित रहेको आयोजकले जनाएको […]

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति.

एजेन्सी । अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप […]

आजको मौसम : केही स्थानमा बदली र हल्का वर्षा हुने

Published: in समाज by . Leave a Comment on आजको मौसम : केही स्थानमा बदली र हल्का वर्षा हुने.

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा बदली र हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् सजिना शाक्यले आइतबार दिउँसो प्रदेश १ का पहाडी भू–भागहरुमा सामान्य बदली र बागमती तथा गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली हुने बताइन् । यस्तै, प्रदेश १ का पहाडी भेगका […]

प्रधानमन्त्री ओली आज झापा आउँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली आज झापा आउँदै.

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा आउन लागेका हुन् । प्रधानमन्त्री ओली आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं.५ मा चीन-नेपाल मैत्री औद्योगिक पार्क (चाइना–नेपाल फ्रेन्ड्शिप इन्डस्ट्रियल पार्क)को शिलान्यास कार्यक्रममा आउन लागेको बताइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन […]

सांसद किनबेचको खतरा बढ्यो : मन्त्री ज्ञवाली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसद किनबेचको खतरा बढ्यो : मन्त्री ज्ञवाली.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उनले भने, ‘कतै फेरि संसद […]

‘केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन्’ : प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन्’ : प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गरेका हुन् । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई […]

सम्बन्धविच्छेदपछि सैफले अमृतालाई दिएका थिए यति करोड

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सम्बन्धविच्छेदपछि सैफले अमृतालाई दिएका थिए यति करोड.

बलिउडका अभिनेता सैफ अली खान चौँथो पटक पिता बनेका छन् । उनकी दोस्रो पत्नी तथा अभिनेत्री करीना कपूरले दोस्रो बच्चाको जन्म दिएपछि सैफ चारवटा सन्तानको पिता बनेका हुन् । सैफकी पहिलो पत्नी तथा अभिनेत्री अमृता सिंहका दुई सन्तान छन् । छोरा इब्राहिम र छोरी सारा खान । सैफले पहिलो पत्नी अमृतालाई सम्बन्धविच्छेद गरेपछि करीनासँग विवाह […]

भ्रष्टाचार नियन्त्रणमा अहिलेसम्कै उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भ्रष्टाचार नियन्त्रणमा अहिलेसम्कै उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताएका छन् । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी […]