Sajhamanch Archive

कोरोना संकटमा १ लाख बढी नेपाली स्वदेश फर्किए

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना संकटमा १ लाख बढी नेपाली स्वदेश फर्किए.

काठमाडौं । कोरोना सुरु भएयता विदेशबाट एक लाख २२ हजार ५३६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म विभिन्‍न ३२ मुलुकबाट नेपाली स्वदेश फर्किएका हुन् । कोभिड १९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्‍यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करीब ५ महिना […]

सिरियाको इदलिब प्रान्तमा हवाई हमला, ५० भन्दा धेरैको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on सिरियाको इदलिब प्रान्तमा हवाई हमला, ५० भन्दा धेरैको मृत्यु.

एजेन्सी । उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो । यो आक्रमणपछि इदलिबमा रुस र […]

टीकाको दोस्रो दिन : टीका र जमरा लगाउने क्रम आज पनि जारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टीकाको दोस्रो दिन : टीका र जमरा लगाउने क्रम आज पनि जारी.

झापा । टीकाको आज दोश्रो दिन ! आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशीर्वाद लिने गरिन्छ। कोरोना महामारीका कारण विगत वर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट नभए पनि मान्यजनहरुबाट टिका थाप्नेको चहलपहल सामान्य देखिएको छ।महामारीका कारण तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी परम्परा मान्नु पर्ने बाध्यता आम नागरिकको छ। […]

थप दुईजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप दुईजना कोरोना संक्रमितको मृत्यु.

बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता […]

इलामका चार स्थानीय तहमा सुपारी खेती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलामका चार स्थानीय तहमा सुपारी खेती.

इलाम । इलामको चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती सुरु गरिएको छ । झापासँग सीमा जोडिएका चुरे क्षेत्रमा सुपारी खेतीबाट आम्दानी लिँदै आएका किसानले व्यावसायिक खेतीका लागि सम्भाव्यता अध्ययनको माग गरेका छन् । चुरे क्षेत्रका समथर भूभागमा सुपारी खेती विस्तार भएको छ । तराईसँग जोडिएको चुरे क्षेत्रमा सुपारी खेती गर्न मिल्ने हावापानी भएकाले किसानले […]

आईपीएल : कोलकाता पन्जाबसँग स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : कोलकाता पन्जाबसँग स्तब्ध.

एजेन्सी । क्रिस गेल र मनदीप सिंहको अर्धशतकको मद्दतमा किङ्स इलाभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) मा छैटौं जित निकालेको छ । सोमबार सार्जाह क्रिकेट स्टेडियममा भएको खेलमा पन्जाबले कोलकाता नाइटराइडर्सलाई ८ विकेटले पराजित गर्दै सिजनको छैटौं जित निकालेको हो । कोलकाताले दिएको १५० रनको लक्ष्य पछ्याएको पन्जाबले १८.५ ओभरमा मत्र दुई विकेट गुमाउँदै लक्ष्य […]

थप १७४१ जनामा कोरोना, ४००५ जना संक्रमणमुक्त

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १७४१ जनामा कोरोना, ४००५ जना संक्रमणमुक्त.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ जनाको पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा […]

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु.

सप्तरी । सप्तरीमा सोमबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कंचनरुप नगरपालिका वडा नं.८ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको हो । उक्त दुर्घटनामा […]

एक लक्षणरहित संक्रमित भेट्दा चीनमा ४७ लाखको परीक्षण गरिँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on एक लक्षणरहित संक्रमित भेट्दा चीनमा ४७ लाखको परीक्षण गरिँदै.

एजेन्सी । सिनजियाङ प्रान्तमा स्थानीय स्तरमा कोरोना संक्रमित फेला परेपछि चीनमा पुनः ब्यापक परीक्षण सुरु गरिएको छ । कसगरका करिब ४७ लाख जनसंख्याको परीक्षण भइरहेको छ । हालसम्म १३८ जना लक्षणरहित संक्रमित फेला परिसकेका छन् । चीनले कोरोनाभाइरसको संक्रमणलाई सफलतापूर्वक नियन्त्रण गर्न सफल भएको छ । तर, बेलाबेला केही स्थानमा संक्रमणको मामिला देखिने गरेका छन् […]

पोखरीमा डुबेर इलाममा एक जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on पोखरीमा डुबेर इलाममा एक जनाको मृत्यु.

इलाम । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका वडा नं.३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेका छन्  । गएराति घरबाट निस्केका खत्री आज पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए । घर नजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले […]