Sajhamanch Archive

विप्लवका झापा जिल्ला सदस्य सुमन पक्राउ,पार्टीको कडा विज्ञप्ति

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लवका झापा जिल्ला सदस्य सुमन पक्राउ,पार्टीको कडा विज्ञप्ति.

झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला सदस्य सुमनलाई प्रहरीले गिरफ्तार गरेको छ। झापाको शिवसताक्षी नगरपालिकाबाट उनलाई कार्तिक ८ गते गिरफ्तार गरेको नेकपाले विज्ञप्तिमार्फत जानकारी गराएको छ। नेकपाका झापा जिल्ला सेक्रेटरी श्रीजंगले एक विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सदस्य सुमनलाई गिरफ्तार गरिएको भन्दै चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन्। विज्ञप्ति

जब दिदीबहिनी दाजुभाइ बनेर घर फर्किए…

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जब दिदीबहिनी दाजुभाइ बनेर घर फर्किए….

‘इस्लामादबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुसी छ, म बयान गर्न सक्दिनँ । मलाई सानैदेखि केटीको लुगा मनपर्दैन थियो । मेरो काम र बानी केटाजस्तै थियो । मेरा सात बहिनी दुई जना भाइ पाएर निकै खुसी छन् । मेरो भाइ मुराद पनि खुसी छ ।’ यो भनाइ पञ्जाब प्रान्तमा […]

सर्वसाधारणलाई खुलामञ्‍चमा दशैंको टीका

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्वसाधारणलाई खुलामञ्‍चमा दशैंको टीका.

काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ। गत चैत १४ गतेबाट कोरोना भाइरसका कारण अलपत्र नागरिकहरूलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो। खुलामञ्चलगायत उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीमले दशैंको अवसर पारेर टीका लगाइदिएको हो। लकडाउन सुरु […]

बिपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु.

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। इटहरी -४ का ७९ वर्षीय पुरुषको आइतबार अपराह्न उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनी मिर्गौलापीडित र उच्च रक्तचापका बिरामी थिए। उनलाई आइतबार नै प्रतिष्ठान भर्ना गरिएको थियो।

जो जहाँ छौं, त्यहीँ रहेर दशैं मनाऔं : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on जो जहाँ छौं, त्यहीँ रहेर दशैं मनाऔं : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान चाड बडादशैंका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै फजूल खर्च नगर्न र जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन आह्वान गरेका छन् । औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने वा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइन भन्दै […]

झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने सांसद र मन्त्रीको प्रतिवद्धता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने सांसद र मन्त्रीको प्रतिवद्धता.

बिर्तामोड । झापा क्षेत्र नं.२ कि संघीय सांसद पबित्रा निरौला खरेल र प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । झापाको बिर्तामोड नगरपालिका वडा नं.१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको […]

आईपीएल : राजस्थानको सानदार जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : राजस्थानको सानदार जित.

एजेन्सी । बेन स्टोक्सको शतकीय पारीको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँचौ जित निकालेको हो । सेइख जायेद स्टेडियममा आइतबार राति भएको खेलमा स्टोक्सले शतकीय पारी खेल्दा राजस्थानले शीर्ष स्थानको मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गर्दै सिजनको पाँचौ जित निकालेको हो । मुम्बईले दिएको १ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले […]

दशैँको मुख्य दिन आज विजयादशमी : टीका लगाउने उत्तम साइत १०:१९ बजे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दशैँको मुख्य दिन आज विजयादशमी : टीका लगाउने उत्तम साइत १०:१९ बजे.

झापा । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतिक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण […]

चौरसियाको मृत्युमा दोषी जोसुकै भए पनि कारबाही गर : प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चौरसियाको मृत्युमा दोषी जोसुकै भए पनि कारबाही गर : प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । कात्तिक ६ गते नेकपा पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण समारोहमा नेकपाकै […]

झापामा एकैदिन १५१ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा एकैदिन १५१ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप १५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमा ५५ महिला र ९६ जना पुरुष रहेका छन् । दमकमा ६६ जनालाई संक्रमण देखिएको छ । दमकका संक्रमितहरु २५ महिला र ४१ पुरुष छन् । बिर्तामोडमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा २० महिला र २२ पुरुषमा संक्रमण […]