Sajhamanch Archive

कमल थापा अस्पतालबाट डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कमल थापा अस्पतालबाट डिस्चार्ज.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा चाबहिलस्थित ओम अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । गत असोज ३० गते बुधबार स्वास्थमा […]

एउटी प्रेमिकाको विषयमा तीन प्रेमीबीच झगडा : एकजनाले ज्यानै गुमाए

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on एउटी प्रेमिकाको विषयमा तीन प्रेमीबीच झगडा : एकजनाले ज्यानै गुमाए.

भक्तपुर । प्रेमिकाको विषयलाई लिएर भएको विवादले झडपको रुप लिँदा एकजनाको ज्यान गएको छ। भक्तपुर नगरपालिका वडा नं.१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने भारतीय मजदुरबीच विवाद भएको थियो। जहाँ झडप हुँदा भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भई सोही कारखानामा पित्तलको भाँडा बनाउने ३५ वर्षीय शाहिव हुसैनको ज्यान गएको हो । […]

थप २८५६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २८५६ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ […]

रोहनप्रितसँग नेहा कक्कडको बिहे !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on रोहनप्रितसँग नेहा कक्कडको बिहे !.

गायिका नेहा कक्कडले विवाह गरेकी छन् । उनले २४ अक्टोबरमा रोहनप्रित सिंहसँग दिल्लीमा विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा पारिवारिक सदस्य र नजिकका साथीहरुको मात्रै उपस्थिति थियो । विवाह समारोह निकट व्यक्तिहरुको मात्रै उपस्थितिमा गरिए पनि यो जोडीले पन्जाबमा रिसेप्सन भने भव्य रुपमा आयोजना गरेका थिए । सामाजिक सन्जालमा नेहा र रोहनप्रितको मेहेन्दीदेखि विवाह […]

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु.

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो । एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये […]

कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने.

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस वर्ष स्थगित गरेको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले […]

सहारा नेपाल साकोसका अनुगमन अधिकृत बस्नेतको कोरोनाबाट मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सहारा नेपाल साकोसका अनुगमन अधिकृत बस्नेतको कोरोनाबाट मृत्यु.

बिर्तामोड । सहारा नेपाल साकोसका अनुगमन अधिकृत यादवकुमार बस्नेतको कोरोना भाइरसको सक्रमणबाट शनिवार मृत्यु भएको छ । कोरोना भाइरसको सक्रमण भएपछि एक सातादेखि उनी बिराटनगरस्थित बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत थिए । उनको उपचारका क्रममा शनिवार अपरान्ह ३ वजे मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको शनिवार नै कन्काई नदीमा नेपाली सेनाको […]

दशैँमा २०-२२ लाख यात्रु बाहिरिने गरेकाेमा यसपालि मात्रै डेढ/दुई लाख बाहिरिए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दशैँमा २०-२२ लाख यात्रु बाहिरिने गरेकाेमा यसपालि मात्रै डेढ/दुई लाख बाहिरिए.

काठमाडौं । यसपालिको दशैँका लागि डेढ/दुई लाख नागरिकले मात्रै काठमाडौं छोडेका छन् । पोहोर, परारको दशैँमा २० देखि २२ लाख काठमाडौंबाट बाहिरिने गरेकोमा यसपालि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण धेरै जना गाउँघर गएका छैनन् । निजी गाडी हुनेहरु प्रायजसो गए पनि लामो दुरीका सार्वजनिक गाडी चढेर केही मात्रै गाउँ घर पुगेका छन् । कोरोना महामारीका […]

जर्नादन शर्मालाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on जर्नादन शर्मालाई कोरोना.

काठमाडौँ । पूर्व गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका हुन्। ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु’, उनले भनेका छन्, ‘केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण […]

बार्सिलोनाको मैदानमा रियल म्याड्रिडको जित

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनाको मैदानमा रियल म्याड्रिडको जित.

एजेन्सी । सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना पराजित भएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोना रियल मड्रिडसँग ३–१ ले पराजित भएको हो । शनिबार राती भएको खेलमा पाहुना टोली रियलको जितका लागि फेडेरिको भलभार्डे, सर्जिओ रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका लागि अन्सु फातीले एक गोल फर्काएका थिए […]