Sajhamanch Archive

आज महानवमी पर्व मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज महानवमी पर्व मनाइँदै.

झापा । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज (आइतबार) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ […]

झापामा थप १६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १६ जनामा कोरोना.

झापा । झापामा आज थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिनेमा ३ महिला र १३ पुरुष रहेका छन् । बिर्तामोडमा २ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबै स्थानीय समुदायका हुन् । त्यस्तै भद्रपुर नगरपालिकामा दुईजना संक्रमित भएका छन् । त्यसमध्ये एकजना झापा कारागारका कैदी रहेका छन् […]

डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना.

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराई स्वयंले यसको जानकारी दिएका हुन् । भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । […]

जब करीनाले सैफकी पूर्वपत्नीको बारेमा गरिन् यस्तो खुलासा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on जब करीनाले सैफकी पूर्वपत्नीको बारेमा गरिन् यस्तो खुलासा.

एजेन्सी । बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेका थिए । तर उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भएको […]

रुपन्देही र कपिलवस्तुमा डुबेर तीनजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on रुपन्देही र कपिलवस्तुमा डुबेर तीनजनाको मृत्यु.

बुटवल । रुपन्देही र कपिलवस्तुमा खोला र पोखरीमा डुबेर तीनजनाको मृत्यु भएको छ । कपिलवस्तुमा पोखरीमा डुबेर दुईजना र रुपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका वडा नं.८ दीपनगरका १० वर्षका निश्चल तिवारीको पौडी खेल्ने क्रममा बुटवल–७ स्थित भनभने खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले […]

वडाध्यक्ष बराल कोरोनामुक्त

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on वडाध्यक्ष बराल कोरोनामुक्त.

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नविन बराल १८ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएका छन् । नगरपालिकाका तर्फबाट कोरोना नियन्त्रण अभियानमा संयोजनकारी भूमिका निर्वाह गरिरहेका बरालले पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनी कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा थिए । बरालले आफु अस्वस्थ हुँदा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् […]

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु.

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार सुनसरी र इलामका एक-एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गढी गाउँपालिका वडा नं.९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका वडा नं.२ इलाम घर भएकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो । सुनसरीका ३८ वर्षीय युवकको शनिबार […]

बीएण्डसीका ४० जना स्वास्थ्यकर्मीले कोरोना जिते

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीएण्डसीका ४० जना स्वास्थ्यकर्मीले कोरोना जिते.

बिर्तामोड । झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका १० जना चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् । १४ दिनअघि कोरोना पोजेटिभ देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले आज कोरोना जितेका हुन् । कोरोेना जितेकोमा उनीहरुलाई आज बधाई दिएको बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । कोरोना देखिएपछि सबैलाई अस्पतालले छुट्टै होम आइसोलेसन तथा अस्पतालकै […]

हुुँदै छ जनगणनाको तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हुुँदै छ जनगणनाको तयारी.

झापा । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । यसलाई ‘ई–सेन्सस’ नाम दिइएको छ […]

किन बढ्दैछ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप ?

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on किन बढ्दैछ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप ?.

एजेन्सी । पछिल्ला केही महिनायता दक्षिण एसियाका साना मुलुकमा भारतीय र अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको समयमा आउन अब एक हप्ता मात्रै बाँकी छ तर यतिबेला अमेरिकी उच्च अधिकारीहरु भने दक्षिण एसियाका साना मुलुकको भ्रमणमा आउँदैछन् । अमेरिका विदेश मन्त्रालयले विदेश मन्त्री माइक पम्पियोले भोलिदेखि अक्टोबर ३० सम्म दक्षिण एसियाली […]