Sajhamanch Archive

शुक्रबार २ हजार ५९ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शुक्रबार २ हजार ५९ जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २७९ जनाको परीक्षणमा २०५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ६७६ जना पुगेको छ […]

सरकार र डा. केसी सहमति नजिक

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सरकार र डा. केसी सहमति नजिक.

काठमाडौं । सरकार र अनसनसत डा.गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ । शिक्षासचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा. केसीले अघि सारेका ६बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ । कुन-कुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता […]

आईपीएल : पन्जाबविरुद्ध हैदरावादको शानदार जित

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : पन्जाबविरुद्ध हैदरावादको शानदार जित.

एजेन्सी । यूएईमा जारी १३ औं सस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले तेस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा हैदरावादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गरेको हो । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदरावादले जितका लागि दिएको २०२ रनको लक्ष्य पछ्याएको पन्जाबले १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र […]

दसैँको मुखमा दाल, खाने तेल र गेडागुडीको मूल्य वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दसैँको मुखमा दाल, खाने तेल र गेडागुडीको मूल्य वृद्धि.

काठमाडौं । दसैँको मुखैमा खाने तेल, दाल र गेडागुडीको मू्ल्य बढेको छ । दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ र तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले वृद्धि भएको खुद्रा व्यापार संघले जानकारी दिएको छ । लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकोले मूल्य बढेर आएको होलसेलले बताउने गरेको खुद्रा व्यपार संघका […]

नपुसंकता : कारण र उपचार

Published: in टिप्स/जानकारी by . Leave a Comment on नपुसंकता : कारण र उपचार.

कुनै पनि व्यक्तिमा हुने प्रजनन् क्षमताको ह्रासलाई नै नपुंसकता भन्ने गरिन्छ । विभिन्न कारणले पुरुष या महिलामा समेत नपुंसकता हुने गर्छ । पुरुषमा नपुंसकता हुन्छ भने महिलालाई यही प्रकृतिलाई बाँझोपनाको नामले चिन्ने गरिन्छ । नपुंसकताको प्रकार र त्यसको कारण निम्नानुसारको छन् । नपुंसकता दुई किसिमको हुन्छ १. प्राथमिक नपुंसक यो किसिमको नपुंसकता त्यस्ता पुरुषहरूमा हुन्छ […]

प्रदेश १ मा थपिए ४११ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ४११ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा ४११ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा […]

हल्दिबारीमा आत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी समिति गठन

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on हल्दिबारीमा आत्मानन्द सेवालुङ माङहिम निर्माणका लागी समिति गठन.

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं.१ मा आत्मानन्द सेवालुङ माङहिम (मन्दिर) निर्माणका  लागि विभिन्न समिति गठन भएका छन् । माङहिम निर्माणका लागि पूर्णबहादुर लिङदेनको अध्यक्षतामा ११ सदस्यीय मूल समिति गठन भएको हो । समितिको उपाध्यक्षमा प्रेममाया ईमबुङ सचिवमा गीता राई,कोषाध्यक्षमा टिका सिगु र सहसचिवमा भिष्म लिङदेन चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नेत्रप्रसाद पौडेल, […]

स्वीकृतिविना प्रहरी पोशाकमा भिडियो बनाउनेलाई कारबाही गरिने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वीकृतिविना प्रहरी पोशाकमा भिडियो बनाउनेलाई कारबाही गरिने.

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको पोशाक र दर्ज्यानी चिह्नको दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोका साथै टिकटक भिडियोमा समेत प्रहरीको पोशाकको प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी दिएको हो । प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जारी गरेको विज्ञप्तिमा प्रहरी पोशाक […]

दशैंमा सार्वजनिक स्थलमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on दशैंमा सार्वजनिक स्थलमा पिङ नहाल्न स्वास्थ्य मन्त्रालयको आग्रह.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि […]

युवतीलाई टेबुलमा बसालेर दाँतले उठाए यी युवकले, बनाए विश्व किर्तिमान

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on युवतीलाई टेबुलमा बसालेर दाँतले उठाए यी युवकले, बनाए विश्व किर्तिमान.

एजेन्सी । के कुनै मानिसका दाँत यतिधेरै शक्तिशाली होलान् कि दाँतले नै टेबुल उठाउन सकोस्, अझ मान्छे बसेको टेबुल १ धेरैका लागि एउटा हातले समेत उठाउन नसकिने टेबुल दाँतले उठाउने कल्पना त कसरी गर्नु ? आम मानिसका लागि कल्पनाभन्दा बाहिरको यस्तो क्षमता स्पेनका एक युवकले चाहिँ दुनियाँलाई देखाइदिए । स्पेनको म्याड्रिडमा एक युवकले एकजना युवतीलाई […]