Sajhamanch Archive

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित.

काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी  दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो। प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए। प्रदेश ५ को सरकारले दाङ देउखुरीको […]

थप १ हजार ५५१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १ हजार ५५१ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको परीक्षणमा १५५१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ९० हजार ८१४ जना पुगेको छ […]

घुमफिरमा नम्रता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on घुमफिरमा नम्रता.

लभर गर्लको भूमिकामा सर्वाधिक रुचाइएकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्म छनौटमा चुजी मानिन्छिन् । आफ्नो भूमिका र स्क्रिप्ट बलियो भएको खण्डमा मात्र उनी फिल्म गर्न राजी हुन्छिन् । वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने उनी ‘मेरो एउटा साथी छ’ को सफलतापछि लभस्टोरी फिल्ममा पहिलो रोजाई बन्न थालेकी थिइन् । अहिले उनलाई महंगी अभिनेत्री समेत भन्ने गरिएको […]

भद्रपुर भन्सार र कृषि विकास बैंकका कर्मचारीलाई कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुर भन्सार र कृषि विकास बैंकका कर्मचारीलाई कोरोना संक्रमण.

भद्रपुर । भद्रपुरमा मङ्गलवार पाँचजना कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैङ्क भद्रपुर, भद्रपुर भन्सार कार्यालयका कर्मचारी र एक स्थानीयलाई संक्रमण पुष्टि भएको हो । कृषि विकास बैङ्क कार्यालयका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको हो । त्यस्तै भद्रपुर भन्सार कार्यालयका […]

त्रिविका उपप्राध्यापकमाथि आक्रमण

Published: in शिक्षा, समाज by . Leave a Comment on त्रिविका उपप्राध्यापकमाथि आक्रमण.

काठमाडौं । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण भएको छ। कीर्तिपुरमा मंगलबार उनीमाथि रड प्रहार भएको हो। उनको टाउकोमा चोट लागेको छ। त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले चलाउनेमाथि आक्रमण भएको जानकारी आएको बताए। घाइते उपप्राध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीमाथि त्रिवि परिसर कीर्तिपुरमै आक्रमण भएको हो। तर कसले आक्रमण गरेको भन्ने […]

विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु.

विराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं.६ र सुन्दरहरैचा नगरपालिका वडा नं.४ का पुरुषको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार कानेपोखरी गाउँपालिका वडा नं.६ का ५० वर्षीय पुरुषको बिहान करिब ३ बजे मृत्यु भएको हो । मृतकमा ब्लड […]

पूर्व किशोरावस्था : ख्याल राख्नुपर्ने केही कुरा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पूर्व किशोरावस्था : ख्याल राख्नुपर्ने केही कुरा.

वाल्यअवस्था पार गरिसकेपछि र किशोरावस्थामा प्रवेश गर्नुअघिको उमेर–चरण हो निकै संवेदनशिल मानिन्छ । शारीरिक, मानसिक हिसाबले तीब्र विकास र परिवर्तनको चरण हो यो । त्यसैले यतिबेला उनीहरु भावनात्मक रुपले अस्थिर हुन्छन् । ९ देखि १२ बर्षबीचको उमेर चरण, जसलाई पूर्व किशोरावस्था भनिन्छ । यो यस्तो अवस्था हो, जुन अवस्थामा न उनीहरु बुवाआमाको पूर्ण निगरानी रुचाउँछन्, […]

अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्री ढकालको निर्देशन- बिरामीहरु गेटबाट फर्कन नपरोस्

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्री ढकालको निर्देशन- बिरामीहरु गेटबाट फर्कन नपरोस्.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न बिभिन्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिएका छन् । सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न कुनै कसर नराख्ने बताउँदै मन्त्री ढकालले बिरामीहरु अस्पतालको गेटबाट फर्कन नपर्ने गरी काम गर्न पनि निर्देशन दिए । देशभरका ठूला अस्पतालका […]

आईपीएल : दिल्ली क्यापिटल्सले बैंगलोरलाई हरायो

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : दिल्ली क्यापिटल्सले बैंगलोरलाई हरायो.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दुबईमा भएको खेलमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । कप्तान विराट […]

झापाको पाठामारीमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाको पाठामारीमा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना.

झापा । सशस्त्र प्रहरीले झापामा १० औं बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सरकारको स्वीकृत बमोजिम यसबर्ष प्रदेश १ मा २२ वटा बिओपी स्थापना गर्ने योजना बमोजिम सशस्त्र प्रहरीले जिल्लाको कचनकवल गाउँपालिका वडा नं.५ स्थित पाठामारीमा बिओपी स्थापना गरेको हो । पाठामारीमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको सोमबार एक […]