Sajhamanch Archive

दमकका मेयर ओलीलाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकका मेयर ओलीलाई कोरोना.

दमक । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा सोमबार संक्रमण पुष्टि भएको हो । यस्तै दमक नगरपालिकाका वडा नंं.१० का वार्ड अध्यक्ष बोधराज न्यौपानेलाई समेत संक्रमण देखिएको छ । पदाधिकारीलाई कोरोना देखिएपछि दमक नगरपालिका र सबै वार्ड कार्यालय आजदेखि चार दिनका लागि बन्द गरिएको छ ।

प्रदेश १ मा थपिए १६४ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १६४ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ […]

झापामा थप चारजनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप चारजनामा कोरोना.

झापा। झापामा आज चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिनेमा एकजना महिलासहित चारजना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.५ का ८२ वर्षका पुरुष, दमक नगरपालिका वडा नं.५ र १ का ५१ […]

सम्भोगको लत के हो ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on सम्भोगको लत के हो ?.

सम्भोग आममानिस वा पशुपन्छीको लागि अत्यावश्यक कुरा हो । सम्भोगको तीव्र इच्छालाई दमन गर्ने हो भने यसले यौन गतिविधिमा नै सोच सीमित गर्न पुग्दा यसको सिधा असर अरु काममा समेत पर्न सक्छ । जसको यौन जीवन सामान्य हुन्छ, उनीहरुमा समेत यस्तो समस्या हुन सक्छ । यस्ता व्यक्ति यौन गतिविधि र कल्पनाहरुबाटै उत्तेजना महसुस गर्ने गर्छन् […]

प्लाज्मा बैंकलाई एकका लागि एक अभियानको ११ लाख सहयोग

Published: in लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on प्लाज्मा बैंकलाई एकका लागि एक अभियानको ११ लाख सहयोग.

बिर्तामोड । एकका लागि एक अभियानले प्लाज्मा बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई ११ लाख प्रदान गरेको छ । पिसिआर ल्याबको सफल निर्माणपछि कोरोना संक्रमितका लागि प्लाज्मा थेरापी गर्न स्थापना गरेको बैंकलाई सो रकम अभियानले दिएकोे हो । आजैदेखि सञ्चालनमा आएको बैंकमा तीनजनाले प्लाज्मा दान गरेका छन् । सोमबार अभियानले रेडक्रसको रक्त सञ्चार केन्द्र […]

भतिजीलाई बलात्कार गरेर बच्चा जन्माएपछि पोल खुल्यो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on भतिजीलाई बलात्कार गरेर बच्चा जन्माएपछि पोल खुल्यो.

पोखरा । नातामा भतिजी पर्ने एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय पुरुष पक्राउ परेका छन् । हाडनाता पर्ने ती बालिकालाई गत पुस २ गते युवकले बलात्कार गरेका थिए । बलात्कृत किशोरीले भदौ २९ गते पश्चिमाञ्‍चल अस्पतालमा बालकलाई जन्म दिएपछि घटनाको पोल खुलेको हो । घटना सर्लाहीको हो । तर, पीडक पोखरामा बस्ने […]

सोमबार थप २ हजार ४४० जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सोमबार थप २ हजार ४४० जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७८१ जनाको परीक्षणमा २४४० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ८९ हजार २६३ जना पुगेको छ […]

यस सिजनको आईपीएलमा बेन्चमा बसेका दिग्गज खेलाडी !

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on यस सिजनको आईपीएलमा बेन्चमा बसेका दिग्गज खेलाडी !.

एजेन्सी । आईपीएल २०२० मा विशाल लक्ष्य सुम्पिने खेलको सिलसिला लगातार जारी छ । अहिलेसम्म कैयौं विशाल लक्ष्य भएका खेल आईपीएलमा भइरहेका छन् । आईपीएलको यस सिजनमा सबै टोलीको प्रदर्शन लगभग उस्तै छ । आईपीएलको यस सिजनमा केही दिग्गज खेलाडी बेन्चमा छन् । हरेक टिममा उत्कृष्ट खेलाडी छन् र यी सबै आफ्नो टोलीका लागि आवश्‍यक […]

बिर्तामोडका कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका कोरोना संक्रमितको मृत्यु.

बिर्तामोड । झापा बिर्तामोडका एकजना बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपचारका लागि विराटनगरको नोवेल हस्पिटल विराटनगर लगिएका बिर्तामोड नगरपालिका वडा नं.५ का ८३ वर्षिय खत्री थरका बृद्धको हिजो दिउँसो ३:३० बजे मृत्यु भएको हो । ज्वरो र छातीमा समस्या भएर विराटनगर लगिएका ती बृद्धको असोज १८ गते त्यही स्वाब संकलन गरिएको थियो […]

देशका केही ठाउँको मौसम बद्ली, मनसुन बिस्तारै कमजोर बन्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशका केही ठाउँको मौसम बद्ली, मनसुन बिस्तारै कमजोर बन्दै.

काठमाडौं । देशका केही ठाउँको मौसम बद्ली भएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्य पानी पर्ने सम्भावना छ। देशका अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने तर पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी […]