Sajhamanch Archive

नेकपा सचिवालय बैठक स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक स्थगित.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो । अर्को बैठकको मिति तोकिएको छैन ।

सर्वोच्चका न्यायाधीशलाई पनि कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सर्वोच्चका न्यायाधीशलाई पनि कोरोना संक्रमण.

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएपछि काम प्रभावित भएको छ । न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार यसअघि दैनिक ९/१० वटा इजलासमा मुद्दा सुनुवाइ हुँदै आए पनि आज न्यायाधीश मनोजकुमार शर्माको एकल […]

लकडाउनमा थरीथरी दम्पती : कोही झगडालु, कोही रोमान्टिक

Published: in टिप्स/जानकारी by . Leave a Comment on लकडाउनमा थरीथरी दम्पती : कोही झगडालु, कोही रोमान्टिक.

कोरोनाको भय, लकडाउन र निशेषाज्ञाका कारण अधिकांश दम्पती घरभित्रै बसे । कतिका लागि यो बसाई निकै रोमाञ्चक रह्यो भने कतिका लागि उकुसमुकुस । कति दम्पतीले एकसाथ बस्न पाउँदाको आनन्द लिए भने कति दम्पतीले भने सम्बन्ध अरु बिगारे । कोरोना भाइरसले विश्वभरि नै लकडाउनको परिस्थिति निम्त्यायो । नेपालीहरू पनि झण्डै ६ महिना यही स्थितिमा गुज्रिनु प¥यो […]

विराटनगरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु.

विराटनगर । विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा आइतबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका वडा नं.९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा विहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डाक्टर दिपक सिग्देलले बताए। मोरङको टंकीसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत उनमा असोज १६ गते कोरोना पोजेटिभ देखिएको थियो। विराटले […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित.

काठमाडौं । भोलि (सोमबार) का लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ । चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अरु केही नेताहरुको रिपोर्ट आउन बाँकी छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको […]

आईपीएल : दिल्लीले कोलकातालाई १८ रनले हरायो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : दिल्लीले कोलकातालाई १८ रनले हरायो.

एजेन्सी । यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स तेश्रो जित निकालेको छ । शनिबार भएको खेलमा दिल्लीले कोलकाता नाईट राइडर्सलाई १८ रनले हराएको हो । सारझाहाँ क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको २२९ रनको बलियो लक्ष्य पछएको कोलकोक्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र २१० रन बनायो […]

प्रदेश राजधानी विवादले आन्दोलित बुटवलमा प्रशासनले लगायो चार दिन निषेधाज्ञा

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश राजधानी विवादले आन्दोलित बुटवलमा प्रशासनले लगायो चार दिन निषेधाज्ञा.

 बुटवल । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका करिब दर्जन ठाउँलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ । स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा […]

नाटाको प्रदेश १ को अध्यक्षमा श्रेष्ठ

Published: in प्रदेश तह, समाज by . Leave a Comment on नाटाको प्रदेश १ को अध्यक्षमा श्रेष्ठ.

झापा । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) प्रदेश नम्बर १ को अध्यक्षमा काँकरभिट्टाका पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । नाटाको शनिबार विर्तामोडमा सम्पन्न साधारणसभाले श्रेष्ठलाई आगामी दुई वर्षे कार्यकालका लागि निर्विरोध चयन गरेको हो । प्रदेश कार्य समितिको वरिष्ठ उपाध्यक्षमा पुण्य भट्टराई, उपाध्यक्षमा ऋषि तिम्सिना, महासचिवमा नवीन खरेल, सचिवमा […]

दमकमा दुईवटा मोटरसाइकल जुध्दा पाँचजना घाईते

Published: in समाज by . Leave a Comment on दमकमा दुईवटा मोटरसाइकल जुध्दा पाँचजना घाईते.

दमक । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकको क्याम्पस मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा पाँच जना घाईते भएका छन । त्यसमध्ये चारजनाको अबस्था गंभीर रहेको छ । राति करिव ९ बजेतिर मे ११ प २९२७ र को २५ प ६१८१ नं का दुईवटा मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा परी मोटरसाइकल चालक दमक नगरपालिका वडा […]

कसरी कुरुप बनाउँछ कमसल सौन्दर्य प्रशाधनले ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on कसरी कुरुप बनाउँछ कमसल सौन्दर्य प्रशाधनले ?.

आफ्नो छालाको सुन्दरताको लागि हामी फरकफरक तरिकाको सौन्दर्य सामग्री प्रयोग गर्ने गर्छाैं । सुन्दर हुन होस् या त प्रकृतिको अनुकुल हुनको लागि नै किन नहोस् बजारमा आएका जस्ता सुकै सौन्दर्य सामग्री पनि हामी आँखा चिम्लिएर किन्ने गर्छाैं । तर हामीले कहिलै सोच्ने गरेका छौं, के हामीले किनेको सौन्दर्य सामग्री नक्कली त छैन ? ग्राहकले कुनै […]