Sajhamanch Archive

मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’ नेकपा ओली समूहका अध्यक्ष समेत रहेका […]

यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले यथास्थितिमा ओली समूहसँग एकता नहुने बताएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट बसेको स्थायी कमिटी बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने बताएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकतामा प्रहार गर्ने, गुट र फुटमा रमाउने, […]

तोकिएकै समयमा संसद् बैठक बोलाउने नेकपा ओली समूहको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तोकिएकै समयमा संसद् बैठक बोलाउने नेकपा ओली समूहको निर्णय.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले सर्वोच्चको निर्णयलाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले तोकिएको समयमै संसद् बैठक आह्वान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘सर्वोच्चको फैसला र त्यसको कार्यान्वयनमा लैजाने बिषयमा छलफल भयो । लोकतन्त्र मान्ने भएकाले सर्वोच्चको निर्णय […]

कारागारमा भएको झडपमा ७५ जनाको ज्यान गयो

Published: in विश्व समाचार by . Leave a Comment on कारागारमा भएको झडपमा ७५ जनाको ज्यान गयो.

एजेन्सी । इक्वेडरमा तीनवटा छुट्टाछुट्टै कारागारमा भएको झडपमा कम्तिमा ७५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । हिजो मंगलबार विरोधी समूहबीच झडप हुँदा ७५ जनाको ज्यान गएको र केही घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । चक्कु र गोली प्रहारबाट यति धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इक्वेडरको कुएङ्का, […]

तत्काल सचिवालय बैठक डाक्न वामदेव गौतमको माग

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तत्काल सचिवालय बैठक डाक्न वामदेव गौतमको माग.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् । धुम्बाराहीमा रहेको केन्द्रीय कार्यलयमा तत्काल पार्टीको सचिवालय बैठक बोलाउन उनले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका हुन् । यस्तै उपाध्यक्ष गौतमले विज्ञप्ती निकालेर तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेका […]

ओलीले बोलाए स्थायी कमिटीको बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीले बोलाए स्थायी कमिटीको बैठक.

काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । कामचलाउ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते […]

चेल्सीसँग एट्लेटिको स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on चेल्सीसँग एट्लेटिको स्तब्ध.

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ । गएराति भएको खेलमा लण्डन क्लब चेल्सीलाई जित दिलाउन ओलिभर जिरुडले दोस्रो हाफमा शानदार गोल गरेका थिए । उनले ६८औं मिनेटमा बाइसाइकल किमार्फत गोल गरेका हुन् । जिरुडको गोललाई रेफ्रीले सुरुमा अफसाइड दिए पनि पछि भिएआर […]

कस्तो रहनेछ आजको मौसम ?

Published: in समाज by . Leave a Comment on कस्तो रहनेछ आजको मौसम ?.

झापा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । देशका प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू -भागमा आंशिक बदली रहि अन्य भू -भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ […]

राष्ट्रिय उपाध्यक्ष थापाद्वारा चारआली जेसिजको भ्रमण

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on राष्ट्रिय उपाध्यक्ष थापाद्वारा चारआली जेसिजको भ्रमण.

मेचीनगर । नेपाल जेसिजका वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष जेसी रजनी थापाले आफ्नो शाखा भ्रमणका क्रममा मंगलबार चारआली जेसिजको भ्रमण सम्पन्न गरेकी छन् । उक्त अवसरमा चारआली जेसिजले निरुपित राष्ट्रिय उपाध्यक्ष थापालाई स्वागत गर्नुका साथै शाखामा भएको कार्यक्रम तथा नेपाल जेसीजले शाखाहरुमा गर्नुपर्ने विभिन्न सहयोगका बारेमा अन्तक्रिया समेत गरेको थियो । चारआली जेसिजका अध्यक्ष सन्तोष […]

पेट्रोल खन्याउने क्रममा पम्पमा आगलागी

Published: in समाज by . Leave a Comment on पेट्रोल खन्याउने क्रममा पम्पमा आगलागी.

विराटनगर । सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं.७ जिरोप्वाइन्टमा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ । मङ्गलवार दिउँसो १२ बजेतिर ट्याङ्करबाट पेट्रोल खन्याउँदै गर्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष बुढाथोकीले जानकारी दिए । पम्पमा आगलागी हुँदा आयल निगममा कार्यरत कर्मचारी चैनपुरका ३७ वर्षीय सविन कर्माचार्य सामान्य घाइते भएका छन् । आगलागीका […]