Sajhamanch Archive

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाले जानकारी दिए । उनलाई असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालमै उपचाररत थिइन् । […]

विवादमा आएपछि पद्मश्री पुरस्कार तथा सम्मान रद्द

Published: in राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on विवादमा आएपछि पद्मश्री पुरस्कार तथा सम्मान रद्द.

काठमाडौं । ०७६ सालका लागि दिने भनिएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गरी पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरेको हो । प्रतिष्ठानले पद्मश्री पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने […]

होटल सञ्चालकको कुटपिटबाट मोरङमा एकजनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on होटल सञ्चालकको कुटपिटबाट मोरङमा एकजनाको मृत्यु.

मोरङ । युनिक होटल सञ्चालन गरेर बसेका २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट मोरङको उर्लाबारी नगरपालिका वडा नं.७ मा एकजनाको मृृत्यु भएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार संखुवासभा घर भई उर्लाबारीमा होटल खोलेर बसेका तामाङले कुटपिट गर्दा ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको हो । भारतको दार्जिलिङ घर भएका सुशील लगभग १० […]

आईपीएल : सुपर ओभरमा पुगेको खेलमा बैंगलोरको रोमाञ्चक जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : सुपर ओभरमा पुगेको खेलमा बैंगलोरको रोमाञ्चक जित.

एजेन्सी । १३ औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा जित निकालेको छ । सोमबार भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पाएको बैंगलोरका ६ बलमा ११ रन बनाएको थियो । बैंगलोरका लागि एबी डिविलियर्सले ६ रन र विराट […]

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्यु.

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी […]

बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न,सबैभन्दा बढी प्रदेश १ मा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कारमा हजुरबुवादेखि छिमेकीसम्म संलग्न,सबैभन्दा बढी प्रदेश १ मा.

काठमाडौं । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा-झट्केलो बुवा, ससुरा, काका-मामा-ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो । आर्थिक वर्ष २०७६-७७ […]

‘कोरोनाको जोखिम अझै पूर्वानुमान गर्न सकिन्न’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘कोरोनाको जोखिम अझै पूर्वानुमान गर्न सकिन्न’.

काठमाडौं । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए । ‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण नियन्त्रणको अवस्थामा […]

यौनसँग सम्बन्धित ८ घतलाग्दा कुरा

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on यौनसँग सम्बन्धित ८ घतलाग्दा कुरा.

मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् । भनिन्छ, जुन कुरा बढी लुकाइन्छ त्यसप्रति चासो र सरोकार अरु बढ्छ । यौनप्रति पनि यस्ता अनगिन्ती चासो मान्छेका मनभित्र गुम्सिएका छन् । […]

असोज १५ देखि सहुलियत मूल्य पसल खुल्ने

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on असोज १५ देखि सहुलियत मूल्य पसल खुल्ने.

काठमाडौं । बजारको महँगी नियन्त्रण गर्न सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गते बिहीबारबाट सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म देशैभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालन गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकामा १३ सहित देशभर ६० […]

प्रदेश १ मा ८३ कोरोना संक्रमित थपिए,४४ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८३ कोरोना संक्रमित थपिए,४४ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुंगामा ४, खोटाङ र झापामा २-२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ७ महिला र ७ पुरुष, इटहरीमा २ महिला र ९ पुरुष, दुहबीमा […]