Sajhamanch Archive

ओम्‍नीको पक्षमा सर्वोच्चको आदेश

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ओम्‍नीको पक्षमा सर्वोच्चको आदेश.

काठमाडौं । सर्वोच्च अदालतले सरकारले कालोसूचीमा राखेको ओबिसीआई लिमिटेड प्रालि (ओम्‍नी) को पक्षमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले स्वास्थ्य सामग्रीमा अनियमितता र विवादमा तानिएको ओम्‍नीकै पक्षमा हुने गरी सोमबार अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले ओम्‍नीलाई कालोसूचीमा राख्‍ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ । सरकारले […]

झापामा आज चारजनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आज चारजनामा कोरोना संक्रमण.

झापा । झापामा आज चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंका अनुसार दुई सुरक्षाकर्मीसहित चारजना स्थानीयमा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा भद्रपुरमा २ जना सुरक्षाकर्मी रहेका छन् । उनीहरु मेचीनगर र खोटाङ ठेगाना भएका हुन् । त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ८ का ५३ […]

उद्यमशील महिला संघमा पुनः पार्वता

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on उद्यमशील महिला संघमा पुनः पार्वता.

बिर्तामोड । नेपाल उद्यमशील महिला संघ झापाको दोस्रो अधिवेशनले पार्वता बिमलीलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि बिमलीलाई अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष कुशुम राई, द्वितीय उपाध्यक्ष ऐश्वर्या पाण्डे, महासचिवमा यसोदा प्रसाई, सचिवमा देवीमाया पोखरेल र कोषाध्यक्षमा सुशिला पाठक सर्वसम्मत चयन भएका छन् । […]

बीपीका चिकित्सक आन्दोलित, माग पूरा नगरे सेवा ठप्प

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बीपीका चिकित्सक आन्दोलित, माग पूरा नगरे सेवा ठप्प.

सुनसरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै सिनियर चिकित्सक आन्दोलित भएका छन् । प्रतिष्ठान सुधारमा चारजना पदाधिकारीको भूमिका शून्य रहेको भन्दै प्रतिष्ठानको नेतृत्व सही ढंगले सञ्चालन गर्न माग गर्दै चिकित्सकले धर्ना कार्यक्रम सुरु गरेका हुन् । विभिन्न १९ सुत्रीय माग राखेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानको सबै विभागका सिनियर चिकित्सकहरु आन्दोलित भएरपछि प्रतिष्ठानको स्वास्थ्य सेवा […]

सोमबार थपिए १ हजार ३५१ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सोमबार थपिए १ हजार ३५१ जना कोरोना संक्रमित.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८० जनाको परीक्षणमा १३५१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ जना पुगेको छ […]

देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देउवालाई पौडेल समूहको एक हप्ते अल्टिमेटम.

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने यो समूहको चेतावनी छ । पौडेल समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता […]

आईपीएल : मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै.

एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् । सिजनको पहिलो खेल हारबाट सुरु गरेको मुम्बईले दोस्रो खेलमा भने जित निकालेको थियो । यता पहिलो खेलमा जित निकालेको बैंगलोर दोस्रो खेलमा भने हार बेहोरेको थियो । मुम्बई र बैंगलोरबीचको खेल नेपाली […]

विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी,विद्यार्थीद्वारा विरोध

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी,विद्यार्थीद्वारा विरोध.

विराटनगर । कोरोना भाइरस (कोभिड १९) को हटस्पट बनेको प्रदेश १ को विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालनको तयारी भएको छ । विराटनगरमा पछिल्लो सयम कोरोना संक्रमणको दर पनि बढ्दै गइरहेको छ । तर पनि उच्च माध्यमिक विद्यालय सञ्चालकहरुको दबावमा विराटनगर महानगरपालिकाले असोज २५ गतेदेखि कार्तिक ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका समेत सार्वजनिक गरिसकेको […]

विवेचना दैनिकको सह–सम्पादकमा तिम्सिना

Published: in लोकप्रिय, समाज by . Leave a Comment on विवेचना दैनिकको सह–सम्पादकमा तिम्सिना.

झापा । विवेचना दैनिकको सह–सम्पादकमा पत्रकार तीर्थ तिम्सिना नियुक्त भएका छन् । प्रकाशन समूहको बैठकले उनलाई सह–सम्पादकमा नियुक्त गरेको हो । युवा पुस्ताका मेहनती पत्रकार तिम्सिना चार वर्षदेखि विवेचनामा आवद्ध छन् । बुद्धशान्ति गाउँपालिका वडा नं.३ घर भएका तिम्सिना बुद्धशान्ति मिडिया हाउस प्रालिद्वारा प्रकाशित पूर्वेली साप्ताहिकमा पनि आवद्ध छन् । सह–सम्पादकमा नियुक्त भएका तिम्सिनाले विवेचना […]

झापामा सशस्त्र प्रहरी वलका १८ वटा वोर्डर आउटपोष्ट

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा सशस्त्र प्रहरी वलका १८ वटा वोर्डर आउटपोष्ट.

झापा । सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापामा निर्माण गरिएका तीनवटा भवनको उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले […]