Sajhamanch Archive

बिर्तामोडमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन सुरु

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउन सुरु.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने कार्यक्रम सुरु भएको छ । बिर्तामोड नगरपालिका वडा नं.५ मा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख ध्रुवकुमार सिवाकोटी र उनको परिवारका सदस्यको फोटो खिचाएर कार्यक्रमको शुरुवात गरिएको हो । सरकारी निर्णय अनुसार राष्ट्रिय परिचय पत्रका लागि बिर्तामोड नगरपालिकाले नगरबासीलाई फोटो खिचाउने आग्रह गरेको छ । […]

‘पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू’

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on ‘पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू’.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको छ । उनले भनेका छन्, ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि गर्दैन ।’ […]

विवाहित जीवनलाई कसरी बनाउने रोमाञ्चक ? यस्ता छन् विज्ञका पाँच सल्लाह

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on विवाहित जीवनलाई कसरी बनाउने रोमाञ्चक ? यस्ता छन् विज्ञका पाँच सल्लाह.

हरेक विवाहित सम्बन्धमा स–साना समस्या हुनु भनेको साधारण हो तर यदि यी स–साना समस्या समय हुँदा नै हल गरिएन भने यसले विकराल रुप लिन बेर लगाउँदैन । धेरैजसो मानिसहरु आफ्नो नीजि जीवनबारे खुलेर कुरा गर्नबाट बच्छन् । यी समस्यालाई टाढा राख्नका लागि रिलेशनशिप एक्सपर्टका केही सल्लाह मानिसहरुलाई काम लाग्न सक्छ । आउनुहोस् यसबारे जानकारी लिऔं […]

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु

Published: in समाज by . Leave a Comment on बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु.

वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका वडा नं.१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए […]

‘ए मेरो हजुर ४’ मा जोडिए दुर्गेश

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘ए मेरो हजुर ४’ मा जोडिए दुर्गेश.

लकडाउनका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । केही चलचित्रका निर्माताले असोज १५ गतेबाट छायांकन सुरु गर्ने बताइरहँदा चलचित्र ‘ए मेरो हजुर ४’का निर्माताले भने शुक्रबारदेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेको बताएका छन् । चलचित्रको ५० प्रतिशत छायांकन लकडाउन अगाडि […]

खोलाले बगाउँदा दम्पतीको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on खोलाले बगाउँदा दम्पतीको ज्यान गयो.

मकवानपुर । खोला तरेर गाउँपालिका जाने क्रममा मकवानपुरगढीका श्रीमान् र श्रीमतीलाई खोलाले बगाएको छ । सामरी खोलाले बगाएका दम्पती मृत अवस्थामा भेटिएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं.६ का ६५ वर्षीय का ज्ञानबहादुर परियार र उनकी श्रीमती की ६१ वर्षीय तुलसा परियारको सामरी खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी […]

झापामा आइतबार थपिए तीनजना कारोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आइतबार थपिए तीनजना कारोना संक्रमित.

बिर्तामोड । झापामा आज तीनजनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । बिर्तामोड नगरपालिका वडा नं.१ की एकजना ९० वर्षीय बृद्धा, अर्जुनधारा नगरपालिका वडा नं.३ का एक ५१ वर्षीय पुरुष र दमक नगरपालिका वडा नं.५ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु सबै स्थानीय हुन् । झापामा योसँगै […]

प्रदेश १ मा थपिए १८१ कोरोना संक्रमित, ३६ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १८१ कोरोना संक्रमित, ३६ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आइतबार १८१ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेर्‍हथुम र प्रदेश १ बाहिरका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ पुरुष रहेका छन् । मोरङको कटहरीमा ८ […]

इसिएफको अध्यक्षमा घिसिङ

Published: in लोकप्रिय, समाज by . Leave a Comment on इसिएफको अध्यक्षमा घिसिङ.

झापा । वातावरण संरक्षण मञ्च नेपालको सातौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले हैकम घिसिङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा रमेश राजवंशी, नविन कोइराला र प्रतिष्ठा भूर्तेल चयन भएका छन्। संस्थाको महासचिवमा कुलदिप भेटवाल निर्विरोध चयन भएका छन्। सचिवहरुमा सत्यम चौधरी, प्रतिक बज्राचार्य, गायत्री राजवंशी रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा […]

आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १२३ जनाको परीक्षणमा १५७३ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७३ हजार ३९४ जना पुगेको छ […]