Sajhamanch Archive

प्रदेश १ मा शनिबार थपिए १०६ जना कोरोना संक्रमित,११९ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा शनिबार थपिए १०६ जना कोरोना संक्रमित,११९ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरङको […]

अर्जुनधारामा गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ

Published: in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ.

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं.५ स्थित बैसाबारीबाट गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल,२७ बर्षीय वीरबहादुर दनुवार र वर्ष २७ कै टिकाराम दनुवार रहेका छन । आज बिहान ८ बजे उनीहरुले गोरु काटेर खाई गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भन्ने जानकारी […]

झापामा थपिए सातजना कोरोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थपिए सातजना कोरोना संक्रमित.

झापा। झापामा आज सातजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार झापामा थपिनेमा १ जना महिला र ६ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले कचनकवल गाउँपालिका वडा नं. ५ का ४५ वर्षीय १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नं.५, १ र ९ का […]

आइपिएल : दिल्ली क्यापिटल्सको लगातर दोस्रो जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आइपिएल : दिल्ली क्यापिटल्सको लगातर दोस्रो जित.

एजेन्सी । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ । शुक्रबार भएको आफ्नो दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको हो । दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १७६ रनको लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १३१ रन बनायो । चेन्नईका […]

राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको सम्बोधनः संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन दृढ छौं

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको सम्बोधनः संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन दृढ छौं.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई नेपालको प्रतिवद्धता अनुरुप टुंगोमा पुर्‍याउन दृढ रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई भर्जुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितका समस्या सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संक्रमणकालीन न्यायका दुई निकाय सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग स्थापना भएको ५ बर्ष […]

संक्रमितको सम्पर्कमा नआएका व्यक्तिको कोरोना परीक्षण नगरिने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on संक्रमितको सम्पर्कमा नआएका व्यक्तिको कोरोना परीक्षण नगरिने.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको सम्पर्कमा नआए र लक्षण नभएका व्यक्तिको कोरोना परीक्षण नगरिने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका कोरोना संक्रमितको सम्पर्कमा पनि नआएको र कुनै पनि लक्षण नभएका व्यक्तिहरु पीसीआर गर्न आएको हुँदा यस्तो निर्णय गरिएको जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण भएका सबै व्यक्तिहरु पखाला ज्वरो […]

प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ.

संसारमा यस्ता मानिस धेरै छन्, जसले आफ्नो फाइदाका लागि अन्य व्यक्तिको ज्यान पनि दाउमा राखिदिन्छन् । दक्षिण पूर्वी एशियाली देश भियतनाममा यस्तै घटना सार्वजनिक भएको छ । यहाँ, प्रहरीले प्रयोगमा आइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको थियो । यो कण्डम देशको दक्षिणी […]

चेन्‍नईविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले आज पनि मौका पाएनन्

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on चेन्‍नईविरुद्ध ब्याटिङ गर्दै दिल्ली, सन्दीपले आज पनि मौका पाएनन्.

एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत शुक्रबार दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्‍नई सुपर किङ्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबइ इन्टरनेश्‍नल क्रिकेट स्टेडियममा चेन्‍नई टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि दिल्लीले ब्याटिङको निम्तो पाएको हो । दिल्लीले शुक्रबार पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई मौका भने दिएको छैन […]

उद्योग वाणिज्य महासंघलाई साधारणसभा गर्न सरकारको अनुमति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on उद्योग वाणिज्य महासंघलाई साधारणसभा गर्न सरकारको अनुमति.

काठमाडौं । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको बताएका हुन् । गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुनेलगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड […]

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले दिए राजीनामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले दिए राजीनामा.

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कार्यवाहक श्रेष्ठले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन्। श्रेष्ठले आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन्। ३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो। कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ […]