Sajhamanch Archive

काठमाडौँबाट झापा मावली आएकी बालिकाको छतबाट खसेर मृत्यु

Published: in समाज by . Leave a Comment on काठमाडौँबाट झापा मावली आएकी बालिकाको छतबाट खसेर मृत्यु.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं.५ स्थित एक घरको छतबाट लडेर १३ वर्षीय बालिकको मृत्यु भएको छ । बिहीबार राती १० बजे खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा १३ वर्षीया बालिका कृतिका भण्डारीको मृत्यु भएको हो । छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको […]

प्रदेश १ मा शुक्रबार ८५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा शुक्रबार ८५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा शुक्रबार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८ महिला र १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र […]

झापामा थपिए १४ जना कोरोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थपिए १४ जना कोरोना संक्रमित.

झापा । झापामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका […]

संक्रमित व्यक्ति प्रवेश गरेपछि अर्जुनधारा नगरपालिकाका तीन शाखा बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on संक्रमित व्यक्ति प्रवेश गरेपछि अर्जुनधारा नगरपालिकाका तीन शाखा बन्द.

झापा । झापाको अर्जुनधारा नगरपालिकाका तीन शाखाको काम कारबाही आजदेखि बन्द गरिएको छ । । बिहीबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एकजनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र प्राविधिक शाखाको कामकारबाही बन्द गरिएको हो ।हाल उक्त शाखाहरुलाई निःसंक्रमण गरेर बन्द गरिएको नगरप्रमुख हरिकुमार रानाले बताए । ती व्यक्तिका सम्पर्कमा आएका सबै […]

लोक सेवाले लिने भयो रोकिएका परीक्षा

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on लोक सेवाले लिने भयो रोकिएका परीक्षा.

काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ […]

शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शुक्रबार थप १ हजार ३१३ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार २६२ जनाको परीक्षणमा १३१३ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेको छ […]

डा. केसी र घिसिङको समर्थनमा नेबिसंघको प्रदर्शन

Published: (Updated: ) in राजनीति, समाज by . Leave a Comment on डा. केसी र घिसिङको समर्थनमा नेबिसंघको प्रदर्शन.

बिर्तामोड । नेबिसंघ बिर्तामोड नगर समितिले कुलमान घिसिङ तथा डाक्टर गोविन्द केसीको समर्थनमा आज विरोध सभा सम्पन्न गरेको छ । बिर्तामोडको मुक्ति चोकबाट निकालिएको र्‍यालीेले विभिन्न माग राख्दै नगर परिक्रमा गरेको नेबिसंघ बिर्तामोड नगर सभापति योगेन थापाले जानकारी दिए । उनीहरु पाठ्यक्रम विकास बोर्डलाई दिइएको निर्देशन फिर्ता गर, कुलमान घिसिङलाई पुनः नियक्ती गर, डा. गोविन्द […]

‘दशैँमा घर जाँदा कतै बाआमालाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ  ?’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘दशैँमा घर जाँदा कतै बाआमालाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ  ?’.

झापा । काठमाण्डौ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको सङ्मक्रण दिनहुँ बढिरहेको छ । मानिसको धेरै भिडभाड हुने ठाउँ तथा शहरमा स्वास्थ्य मापदण्ड राम्ररी पालना नहुँदा सङ्क्रमण बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण फैलिरहेकै बेला अहिले लामो तथा छोटा दुरीका गाडी सञ्चालनमा छन् भने आन्तरिक हवाई उडान पनि सुरु भइसकेको छ । […]

सार्क परिणाममुखी क्षेत्रीय संगठन बन्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सार्क परिणाममुखी क्षेत्रीय संगठन बन्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली जनताको जीवनमा महसुस गर्न सकिने परिवर्तन ल्याउन सार्क प्रभावकारी एवं परिणाममुखी क्षेत्रीय संगठन बन्नुपर्ने बताएका छन् । बिहीबार आयोजित सार्कका मन्त्रिस्तरीय भर्चुअल बैठकमा मन्त्री ज्ञवालीले सार्कका सबै सदस्य राष्ट्रहरुलाई सकेसम्म छिटो १९ औं शिखर सम्मेलन गर्ने व्यावहारिक विकल्पको खोजी गर्न र सार्कलाई नयाँ गति दिन आग्रह समेत गरे […]

कामेक्षामा कमी : खल्लो यौन जीवन

Published: in टिप्स/जानकारी by . Leave a Comment on कामेक्षामा कमी : खल्लो यौन जीवन.

सामान्यतया मान्छेमा यौन इच्छाबारे नाप लिने कुनै मानक छैन । मान्छे र उमेर अनुसार यसको मात्रामा पनि भिन्नता आउन सक्छ । एउटै मान्छेको जीवनकालमा पनि पहिले र पछि यौन उत्तेजनामा थपघट हुन सक्छ । कामेक्षामा आउने कमी एक आम समस्या हो जसले महिलाहरुको यौन जीवनका काहीँ न काँही समस्या पारिरहेकै हुन सक्छ । कामेक्षा एउटा […]