Sajhamanch Archive

प्रदेश १ मा थपिए १ सय १४ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १ सय १४ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरङको […]

लाइन धेरै जान थालेपछि बैठक, ऊर्जामन्त्रीले भने-नियोजित गुनासोलाई कामबाटै जवाफ दिऔं

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लाइन धेरै जान थालेपछि बैठक, ऊर्जामन्त्रीले भने-नियोजित गुनासोलाई कामबाटै जवाफ दिऔं.

काठमाडौं । पछिल्ला दिनमा लाइन जाने क्रम बढेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको  छ । नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना गरिरहेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता विद्युत वितरण […]

झापामा बिहीबार चारजनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा बिहीबार चारजनामा कोरोना संक्रमण.

झापा । झापामा आज चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ । बिहीबार झापामा थपिने चारजनामध्ये एक जनाको मृत्यु भएको छ भने तीन जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले झापा गाउँपालिका वडा नं.१ का ७८ वर्षीय १ जना […]

हप्तामा २ दिन बिदा दिन अध्ययन समिति बन्यो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हप्तामा २ दिन बिदा दिन अध्ययन समिति बन्यो.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्ने भएको छ । मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेस गर्ने निर्णय […]

बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४४९ जनाको परीक्षणमा १४९७ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको छ […]

अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु.

एजेन्सी । अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र परेर यति ठूलो सङ्ख्यामा ह्वेलहरूको मृत्यु भएको पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अलपत्र परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय […]

झापामा खोलामा डुबेर नाबालकको मृत्यु

Published: in समाज by . Leave a Comment on झापामा खोलामा डुबेर नाबालकको मृत्यु.

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिका वडा नं.७ मा दुई वर्षीय जीवन मर्डीको घर नजिकै खोलामा डुबेर मृत्यु भएको छ । मृतकका बाबु राजु मर्डीका अनुसार बुधवार राति ९ बजे ती नावालक घरबाट हराएका थिए । बिहीवार विहान ६ बजेतिर खोजी गर्दै जाँदा आफन्तले नै घर नजिकको रेखा खोलमा डुबिरहेको अवस्थामा शब भेटेका थिए ।

छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on छोटा कपडा लगाउनेलाई कारवाहीको तयारी !.

एजेन्सी । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ । १८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् । प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ […]

पुर्वप्रधानमन्त्री खनालले दिए इलाम अस्पताललाई पिपिई

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on पुर्वप्रधानमन्त्री खनालले दिए इलाम अस्पताललाई पिपिई.

इलाम । पुर्वप्रधानमन्त्री एवम इलाम क्षेत्र नं.१ का संघीय सांसद झलनाथ खनालले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । खनालले इलाम अस्पतालका लागि २५ थान पिपिई र १ सय थान गगल्स वितरण गरेका छन् । विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयलाई जोगिन सहज बनाउने उद्देश्यले वरिष्ठ नेता खनालले स्वास्थ्य सामाग्री वितरण गरेको उनका स्वकीय सचिव […]

आज मन्त्रिपरिषद् बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज मन्त्रिपरिषद् बैठक बस्दै.

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको हल्ला चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एकमन्त्रीले जानकारी दिए । नियमित विषयमा छलफल हुने ती मन्त्रीको भनाइ छ । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।