Sajhamanch Archive

कोरोनाले विश्वमा ९ लाख ७५ हजारको मृत्यु

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले विश्वमा ९ लाख ७५ हजारको मृत्यु.

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ७५ हजार ४७१ संक्रमितको मृत्यु भइसकेको छ । विश्वमा संक्रमितको संख्या ३ करोड १७ लाख ७७ हजार ९८७ पुगेको छ भने २ करोड ३३ लाख ९४ हजारभन्दा बढी उपचार गरि […]

नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा

Published: in लोकप्रिय, समाज by . Leave a Comment on नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनमा.

इलाम । नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत प्रदान गरिएको छ । मंगलबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले […]

चेन्नाईलाई पराजित गर्दै राजस्थानको शानदार सुरुवात

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on चेन्नाईलाई पराजित गर्दै राजस्थानको शानदार सुरुवात.

एजेन्सी । चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्‍यो । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहोर्‍यो । राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट […]

मनसुन थप लम्बिने : अझै केही दिन वर्षा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनसुन थप लम्बिने : अझै केही दिन वर्षा.

यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम […]

सामूहिक बलात्कार गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ

Published: in समाज by . Leave a Comment on सामूहिक बलात्कार गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ.

इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली-३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ […]

कोरोनाबारे अमेरिकी राष्ट्रपति ट्रम्पले दिए फेरि अर्को विवादास्पद अभिव्यक्ति

Published: in विश्व समाचार by . Leave a Comment on कोरोनाबारे अमेरिकी राष्ट्रपति ट्रम्पले दिए फेरि अर्को विवादास्पद अभिव्यक्ति.

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि एकपटक कोरोना भाइरसबारेको अभिव्यक्तिले विवादमा तानिएका छन् । सोमबार राती चुनावी र्यालीका दौरानमा ट्रम्पले कोरोना भाइरसले जेष्ठ नागरिकलाई असर गरेपनि युवालाई केही नहुने झुठो दाबी गरेका थिए । ‘१८ वर्ष मुनिका झन्डै कोही पनि व्यक्तिलाई यसले कुनै असर गर्दैन । हृदयघात तथा अन्य रोग भएका वृद्धवृद्धा यसको प्रमुख […]

गर्मी छल्न स्वागत झर्ना

Published: in लोकप्रिय, समाज, by . Leave a Comment on गर्मी छल्न स्वागत झर्ना.

बुद्धशान्ति । पछिल्लो केहिदिन यता गर्मी बढेसंगै केही शितलताको खोजीमा अहिले इलामको रोङ गाउँपालिका वडा नं.४ किटेनीमा रहेको ‘स्वागत झर्ना’ घुम्न जानेहरूको संख्या बढ्दै गएको छ । पर्यटकले यहाँ पुगेर वरिपरीबाट घेरिएको वनजंगल र चराचुरुङ्गीको चुँ चुँ आवाजसंगै चिसो ठाँउमा कलकल झरिरहेको झरनाको मनोरम दृश्य अवलोकन गर्दै आनन्द लिने गरेका छन् । इलामका पर्यटकीय क्षेत्र […]

मिर्गौलारोगी बुद्धराजको उपचारमा सहयोग गरिदिन आग्रह

Published: (Updated: ) in समाज by . Leave a Comment on मिर्गौलारोगी बुद्धराजको उपचारमा सहयोग गरिदिन आग्रह.

बिर्तामोड । दुवै मिर्गौला खराब भएका बिर्तामोड नगरपालिका वडा नं.६ का बुद्धराज लिम्बूले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । कमजोर आर्थिक अवस्था भएका कारण उपचार खर्च जुटाउन नसक्दा उपचारबाटै बञ्चित हुनुपरेको उनले बताए । दुवै मिर्गौला खराब भएपछि गत असारदेखि थला परेका ३५ वर्षीय बुद्धराजको उपचार खर्च जुटाउन बुद्धराज लिम्बू बचाउ अभियान सञ्चालन […]

सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा

Published: in राजनीति, स्वास्थ्य by . Leave a Comment on सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा : गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन् । डा. केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रया जनाएका हुन् । ‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा १ सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन । अनसनरत डा. […]

प्रदेश १ मा थपिए १६६ संक्रमित,३७ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १६६ संक्रमित,३७ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज १६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै […]