Sajhamanch Archive

बाइडेनद्वारा १९ खर्ब रुपैयाँकाे राहत प्याकेजमा हस्ताक्षर

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on बाइडेनद्वारा १९ खर्ब रुपैयाँकाे राहत प्याकेजमा हस्ताक्षर.

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले १९ खर्ब रुपैयाँ बराबरको आर्थिक राहत विधेयकमा हस्ताक्षर गरेका छन् । बाइडेनको हस्ताक्षरसँगै यो विधेयकले कानुनी रुप लिएको छ । कोरोनाका कारण जनजीविकामा नै समस्यामा परेका नागरिकलाई सहायता दिलाउन भन्दै यो विधेयक ल्याइएको होे । कोरोनाका कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । त्यहाँ अहिलेसम्म २ करोड ९९ लाखभन्दा […]

राष्ट्रपति भण्डारी चैत दोस्रो साता बंगलादेश जाने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारी चैत दोस्रो साता बंगलादेश जाने.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको भ्रमणमा जाने भएकी छन् । चैतको दोस्रो साता राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जान लागेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । ‘बंगलादेशका राष्ट्रपतिज्यूको निमन्त्रणामा मार्चको अन्तिम साता उहाँ जान लाग्नुभएको हो,’ मन्त्री ज्ञवालीले भने,’भ्रमणको मिति दुबै पक्षले तय गर्दैछन्।’ भण्डारी मार्च २२ मा ढाका जाने सम्भावना छ । बंगलादेश […]

दोस्रो चरणको अभियानअन्तर्गत ८ लाख बढीले लगाए खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on दोस्रो चरणको अभियानअन्तर्गत ८ लाख बढीले लगाए खोप.

काठमाडौं । दोस्रो चरणको खोप अभियानमा अहिलेसम्म ८ लाखभन्दा धेरै वृद्धवृद्धाले खोप लगाएका छन् । गएको २३ गतेबाट सुरु भएको अभियानमा ६५ वर्षभन्दामाथिका ८ लाख २७ हजार ९१७ जना वृद्धवृद्धाले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ६५ वर्षमाथिका कुल वृद्धवृद्धाको संख्याको ४६ प्रतिशत हो । दोस्रो प्राथमिकताको पहिलो चरणमा जम्मा १७ लाख […]

किशोरावस्थामा बच्चाको अटेरी स्वभाव : सानै उमेरदेखि दिनुपर्छ प्रशिक्षण

Published: in टिप्स/जानकारी by . Leave a Comment on किशोरावस्थामा बच्चाको अटेरी स्वभाव : सानै उमेरदेखि दिनुपर्छ प्रशिक्षण.

अक्सर यो देखिन्छ कि उमेर बढ्दै जाँदा बच्चाहरूमा पनि धेरै परिवर्तनहरू हुँदै जान्छन् । किशोर-किशोरीहरूले आफ्नै निर्णय आफैँले गर्न थाल्छ र तिनीहरूको स्वभाव अरूलाई अलिक अपाच्य हुन थाल्छ । किनकि उनीहरूलाई केही सम्झाउन लाग्यो कि रिसाउने र आफूभन्दा ठूलालाई अनेक तरिकाले गाली गर्ने गर्छन् । यदि तपाईं आफ्नो बच्चाको अटेरीपनाबाट आजित हुनुहुन्छ भने पनि यसलाई […]

जसपाले आज संसदीय दलको नेता चयन गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जसपाले आज संसदीय दलको नेता चयन गर्दै.

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्ने भएको हो । बैठक दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्कोमा बोलाइएको छ। सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाले हिजो सत्तारुढ […]

मोती पत्रकारिता पुरस्कार क्षेत्रीलाई, गीताकुमारीलाई केटो

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on मोती पत्रकारिता पुरस्कार क्षेत्रीलाई, गीताकुमारीलाई केटो.

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ । त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ । बिहीवार पुरस्कार छनोट समितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार र १५ हजार […]

नेपाली सेनाका जर्नेल कार्की बर्खास्त

Published: in समाज by . Leave a Comment on नेपाली सेनाका जर्नेल कार्की बर्खास्त.

काठमाडौं । यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् । सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो । सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी निष्काशन […]

पूर्वी नेपालकै ठूलो शिव प्रतिमा अनावरण

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on पूर्वी नेपालकै ठूलो शिव प्रतिमा अनावरण.

बिर्तामोड । पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा झापाको बिर्तामोडमा अनावरण गरिएको छ । बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको महाशिवरात्री पर्वको अवसर पारेर जगतगुरु शंकराचार्य हेमानन्द गिरीको बाहुलीबाट आज अनावरण गरिएको हो । जमिनबाट ९ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण […]

यस्तो छ मनीषाले गाएको ‘महामृत्युन्जय मन्त्र’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on यस्तो छ मनीषाले गाएको ‘महामृत्युन्जय मन्त्र’.

नायिका मनिषा कोइरालाले महाशिवरात्रीको अवसर पारेर ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छिन् । महामृत्युञ्जयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर छ । यसमा संस्कृत शब्दहरु छन् । राजीव श्रेष्ठको सितारा, प्रेम रानीको बाँसुरी र विकास सिंहको गितार यसमा सुन्न सकिन्छ । मानिस अस्वभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार पारिएको मनिषाले बताइन् […]

झापा नाटक घरका लागि जन्मदिनमा कडरियाद्वारा भूमिदान

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on झापा नाटक घरका लागि जन्मदिनमा कडरियाद्वारा भूमिदान.

बिर्तामोड । तपाईं आफ्नो जन्मदिन कसरी मनाउनु हुन्छ ? साथीभाइसँग पार्टी गरेर ,घुम्न र रमाइलो गर्दै भोज खुवाएर लाखौं रुपैयाँ खर्च गरेर मनाउनु हुन्छ होला । तर, झापा बिर्तामोड–४ आनन्दगजका युवा राजनीतिज्ञ एवम् सामाजिक अभियन्ता सीपी कडरियाले भने भूमिदान गरेर आफ्नो जन्मदिन मनाएका छन् । क्षितिज नाट्य समूहको अगुवाईमा बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, […]