Sajhamanch Archive

१९ स्थानीय सहित झापामा २० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on १९ स्थानीय सहित झापामा २० जनामा कोरोना संक्रमण.

झापा । झापामा आज २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मङ्गलबार झापामा थपिनेमा २० जनामध्ये १ जना भारतबाट आएका र १९ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नं.४, ५, ७ र ८ का ८ देखि ७२ वर्षका ६ महिलासहित १५ जना , […]

भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती : राष्ट्रपति भण्डारी

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भ्रमपूर्ण सूचना प्रवाह विश्वव्यापी चुनौती : राष्ट्रपति भण्डारी.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यममा प्रकाशित र प्रसारित भइरहेकोप्रति चिन्ता व्यक्त गरेकी छन् । प्रेस काउन्सिल नेपालको ५१औँ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादासमेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेको बताइन् । ‘आमसञ्चार माध्यमलाई जिम्मेवार बनाएर लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार […]

थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको परीक्षणमा १३५६ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको छ […]

स्वाब संकलन गर्न मोबाइल भ्यान

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on स्वाब संकलन गर्न मोबाइल भ्यान.

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमितको संख्या दैनिक बढेसँगै कन्ट्रयाक्ट ट्रेसिङ र शंकास्पद संक्रमितको स्वाब परीक्षण गर्न मोबाइल भेइकल (भ्यान) सञ्‍चालन गर्न थालिएको छ । महानगरमा दैनिक संक्रमितको संख्या बढ्न थालेपछि खासगरी अधिक संख्याको नमूना लिन सम्बन्धित ठाउँमै गएर लिने व्यवस्था गरिएको बताइएको छ । अहिले महानगरमा १५ सयभन्दा धेरै संक्रमित फेला […]

डा. केसी शिक्षण अस्पताल जान पाएनन्, ट्रमा सेन्टर लगियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डा. केसी शिक्षण अस्पताल जान पाएनन्, ट्रमा सेन्टर लगियो.

काठमाडौं । अनशनकै क्रममा काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । नेपालगञ्जबाट ११:१५ बजेको फ्लाइटमा काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर अस्पतालमा दिइने उपचार सेवा सञ्चालन हुँदै आएको छ । केसीका सहयोगी प्रितम सुवेदीले केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा […]

आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने सरकारको निर्णय.

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले बताइन् । यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।

नेविसंघद्वारा त्रिविका उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक

Published: (Updated: ) in राजनीति, शिक्षा by . Leave a Comment on नेविसंघद्वारा त्रिविका उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक.

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभूवन विश्वविद्यालयका उपकुलपति धर्माकान्त बाँस्कोटालाई कार्यालय प्रवेशमा रोक लगाएको छ । बाँस्कोटाले विश्वविद्यालयलाई राजनीतिक अखडा बनाएको आरोप लगाउँदै आएको नेविसंघले यसअघि घोषित आन्दोलन अनुसार मंगलबार उपकुलपति बाँस्कोटालाई कार्यालय प्रवेशमा रोक लगाएको हो । उपकुलपति कार्यालय जाने क्रममा नेविसंघ कार्यकर्ताले बाटोमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनलाई प्रहरीले बल […]

एक सिटमा एक जना मात्र बस्न आग्रह

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एक सिटमा एक जना मात्र बस्न आग्रह.

झापा । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गरे । […]

नेकपा सचिवालय बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक बस्दै.

काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर […]

सहकारी संस्थाले अब १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी संस्थाले अब १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने.

काठमाडौं । सहकारी संस्थाहरुले आगामी कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.७५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ सन्दर्भ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.७५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । यसअघि सहकारी संस्थाहरुका लागि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकिएको थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी […]