Sajhamanch Archive

बेङ्गलोरसँग सनराइजर्स स्तब्ध

Published: in खेलकुद by . Leave a Comment on बेङ्गलोरसँग सनराइजर्स स्तब्ध.

एजेन्सी । विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो । बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । ओपनर जोनी […]

राप्रपामा पनि तीन अध्यक्ष : दल दर्ता भोलि

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राप्रपामा पनि तीन अध्यक्ष : दल दर्ता भोलि.

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीचको एकिकरणको गाँठो फुकेको छ । भोलि निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नामक नयाँ दल दर्ता गर्ने सहमति भएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । एकीकृत पार्टीमा ३ जना अध्यक्ष हुने भएका छन् । राप्रपा अध्यक्ष कमल थापा र संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा […]

ICD को झापा क्षेत्र १ प्रदेश (क) मा दुलाल र प्रदेश (ख )मा भट्टराई

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on ICD को झापा क्षेत्र १ प्रदेश (क) मा दुलाल र प्रदेश (ख )मा भट्टराई.

मेचीनगर । सङगठित रुपमा माक्र्सवाद अध्ययन गर्ने हेतुले स्थापना भएको “Institute of critical dialogue” ( ICD) ले झापा क्षेत्र १ प्रदेश (क) र (ख ) को समिति गठन गरेको छ । गत भदौ ३१ गते बसेको ICD को  झापा जिल्ला कमिटीको पूर्ण बैठकबाट झापा क्षेत्र १ प्रदेश (क) को अध्यक्षमा विक्रम दुलाल र प्रदेश (ख […]

दाम्पत्य सुख : यौनमा चरमोत्कर्ष

Published: in टिप्स/जानकारी by . Leave a Comment on दाम्पत्य सुख : यौनमा चरमोत्कर्ष.

यौन सम्बन्धका क्रममा हुने चरम सुखको प्राप्तिलाई नै अर्गेज्म भन्ने गरिन्छ । जसको अनुभव यौन गतिविधिको दौरान हुने गर्छ । यसलाई कामोन्माद र चरमोत्कर्षको नामले पनि चिन्ने गरिन्छ । यसको अनुभव पुरुष र महिला दुवैलाई हुने गर्छ । यस लेखमा पुरुष अर्गेज्म र महिला अर्गेज्म दुवैको बारेमा बताउन लागिएको छ । साथमा महिलाहरूको लागि चरम […]

कांग्रेस केन्द्रीय समिति बैठक असोज १९ गतेका लागि आह्वान

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस केन्द्रीय समिति बैठक असोज १९ गतेका लागि आह्वान.

काठमाडौं । नेपाली कांग्रेसले असोज १९ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा असोज १९ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठकमा आगामी १४औं महाधिवेशनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा […]

प्रेस काउन्सिलद्वारा विभिन्न पुरस्कार घोषणा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रेस काउन्सिलद्वारा विभिन्न पुरस्कार घोषणा.

 काठमाडौं । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गर्ने काउन्सिलको तयारी छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान गरिएको थियो […]

जुम्लामा आठ दिनदेखि अनसनरत डा.केसी काठमाण्डौ फर्किँदै

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on जुम्लामा आठ दिनदेखि अनसनरत डा.केसी काठमाण्डौ फर्किँदै.

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौंतर्फ आएका छन् । नेपालगञ्जसम्म एम्बुलेन्समा आएका केसी सोमबार साँझ काठमाडौं आउने विमान नभएका कारण नेपालगञ्जमै रोकिएका छन् । उनलाई सोमबार नेपालगञ्जकै भेरी अस्पतालमा राखिएको छ । केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको उनका सहयोगी डा. प्रवीण गिरीले जानकारी दिए । जुम्लामा अनशन बसेको […]

प्रदेश १ मा थपिए ११९ जना कोरोना संक्रमित,१६ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ११९ जना कोरोना संक्रमित,१६ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरङको […]

बिर्तामोडका एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका एकजना पुरुषलाई कोरोना संक्रमण पुष्टि.

बिर्तामोड । बिर्तामोडका एकजना पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका वडा नं.१० का ५० वर्षिय एकजना पुरुषलाई कोरोना संक्रमण भएको हो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ७९१ पुगेको छ । निको हुनेको संख्या ६७८ छ ।

बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्र्ने राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय र उनलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर […]