Sajhamanch Archive

सोमबार थपिए १ हजार १५४ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सोमबार थपिए १ हजार १५४ जना कोरोना संक्रमित.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५३३ जनाको परीक्षणमा ११५४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६५ हजार २७६ जना पुगेको छ […]

ताप्लेजुङकी संक्रमित महिलाको विराटनगरमा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ताप्लेजुङकी संक्रमित महिलाको विराटनगरमा मृत्यु.

विराटनगर । मोरङमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील […]

म्यूजिक भिडियोमा फिल्मी स्टार र टिकटक स्टारको जमेको जोडी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on म्यूजिक भिडियोमा फिल्मी स्टार र टिकटक स्टारको जमेको जोडी.

चलचित्रको काम ६ महिनादेखि ठप्प भएपनि म्यूजिक भिडियोको काममा भने खासै समस्या छैन । पहिलो चरणको लकडाउन खुलेसँगै सुरु भएको म्यूजिक भिडियोको काम धमाधम चलिरहेको छ । दोश्रो चरणको निषेधाज्ञामा रोकिएको भिडियोको काम फेरि सुरु भएको छ । चलचित्रको काम नभएकाले पनि चलचित्रमा महंगो रकम लिएर काम गर्ने नायक–नायिकाले म्यूजिक भिडियोमा निरन्तर काम गरिरहेका छन् […]

बिर्तामोडबाट १० बोरा अवैध सुर्ती बरामद

Published: (Updated: ) in समाज by . Leave a Comment on बिर्तामोडबाट १० बोरा अवैध सुर्ती बरामद.

बिर्तामोड । इलाका प्रहरी कार्यालय बिर्तामोडले आज दुईलाख बराबरको सुर्ती बरामद गरेको छ । बिर्तामोड नगरपालिका वडा नं.५ एकताटोलमा कोठा भाडामा बसेर पुष्पा कोइरालाले सञ्चालन गरेको अमिलो उद्योगबाट १० बोरा सुर्ती बरामद गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । विशेष सूचनाका आधारमा खटिएको प्रहरीले सुर्ती बरामद गरेको प्रमुख रिजालले […]

६ महिनापछि चन्द्रगढी एयरपोर्टबाट दुई जहाजले उडान भरे

Published: in लोकप्रिय, समाज by . Leave a Comment on ६ महिनापछि चन्द्रगढी एयरपोर्टबाट दुई जहाजले उडान भरे.

झापा । लगभग ६ महिनापछि आज चन्द्रगढी एयरपोर्टबाट यति र बुद्ध एयरका दुई जहाजले यात्री बोकेर काठमाडौं उडान भरेका छन् । सोमवार १२ बजेतिर बुद्ध एयरको र १२ : ४५ बजेतिर यति एयरको जहाजले चन्द्रगढी एयरपोर्टबाट लामो समय पछि उडान भरेका एयरपोर्ट प्रमुख मुरारी पौडेल जानकारी दिए । एयरपोर्टमा यात्रुको स्वास्थ्य सुरक्षा र जाँचका लागि […]

झापाका स्थानीय तहलाई विप्लब माओवादीको चेतावनी

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on झापाका स्थानीय तहलाई विप्लब माओवादीको चेतावनी.

झापा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका स्थानीय तहलाई तीन दिन भित्र कोरोना महामारी रोकथामका नाममा खर्च गरेको हिसाव सार्बजनिक गर्न माग गरेको छ । कोरोनाका नाममा स्थानीय तहले चरम भष्ट्रचार गरेको तथा करोडौं रुपैयाँ हिसाव किताव अनियमितता गरेको ठहर गर्दै विप्लव नेतृत्वको माओवादीले स्थानीय तहलाई हिसाव सार्वजनिक गर्न तीन दिने […]

दिल्ली क्यापिटल्ससँग किंग्स एलेभेन पञ्जाब सुपर ओभरमा पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on दिल्ली क्यापिटल्ससँग किंग्स एलेभेन पञ्जाब सुपर ओभरमा पराजित.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो […]

कोरोना संक्रमितको शव १९ घण्टा बित्दा पनि उठेन

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको शव १९ घण्टा बित्दा पनि उठेन.

सप्तरी । आइतबार साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेको छैन । आइसोलेसनको खुल्ला प्राङ्गणमा शवलाई राखिएको छ । खुल्ला ठाउँमा राखिएका कारण रातभरको अविरल वर्षाले शव भिज्न पुगेको मृतकका आफन्तले बताएका छन् । बिष्णुपुर गाउँपालिका वडा नं. ३ निवासी ६२ वर्षीया महिलाको राजविराजस्थित […]

चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी.

काठमाडौँ । दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ । यस वर्ष कोभिड­–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत […]

दमक र मेचीनगरवीच सहकार्यका लागि अनुभव साटासाट

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on दमक र मेचीनगरवीच सहकार्यका लागि अनुभव साटासाट.

मेचीनगर । मेचीनगर र दमक नगरपालिकाबीच पारस्परिक सहयोग र सहकार्यका लागि अनुभाव आदान प्रदान भएको छ । असल अभ्यास तथा अनुभवहरु दुवै नगरपालिकाबीच साटासाट गर्न समेत छलफलका क्रममा दुवै नगरपालिका सकरात्मक देखिएका छन् । आइतबार मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीसहित दमक नगरपालिका पुगेको प्रतिनिधि मण्डल र दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीबीच […]