Sajhamanch Archive

आगामी पाँच दिनसम्म भारी वर्षा हुने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगामी पाँच दिनसम्म भारी वर्षा हुने.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ । केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ । […]

आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई छाडेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार अस्पतालहरुमा लक्षण भएका कोरोना संक्रमितहरुलाई मात्र राखिनेछ । लक्षण नभएकाहरु संस्थागत वा होम आइसोलेसनमा राख्नुपर्छ । आइसोलेसन व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने प्रवक्ता गौतमले बताए । संस्थागत आइसोलेसनमा बसेकाहरुलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्नुपर्ने छ ।

कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा ११ पढ्न ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हट्यो.

काठमाडौं । राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी प्लस’ ल्याउनै पर्ने प्रावधान हटाएको छ। एक अधिकारी भन्छन्, ‘जीपीए १.६ र डी प्लस दुवै ल्याउनु पर्ने प्रावधान राख्दा हजारौं विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि त्यो निर्णय सच्याएका हौं ।’ […]

प्रदेश १ मा थपिए ७९ जना संक्रमित,३० जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ७९ जना संक्रमित,३० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आइतबार ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ […]

आन्तरिक उडानमा यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आन्तरिक उडानमा यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम.

काठमाडौं । १० चैतबाट बन्द भएको आन्तरिक हवाई उडान सोमबारबाट सुचारु हुँदैछ । तर, यो समय साविकको जस्तै छैन । त्यसैले यसलाई ‘न्यू नर्मल’ भनिएको हो । अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय कम्तिमा आधा घण्टा लम्बिएको छ । त्यसकारण यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ । निजी लगानीको वायुसेवा […]

झापामा थपिए तीन कोरोना संक्रमित

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थपिए तीन कोरोना संक्रमित.

झापा । झापामा आज तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापामा थपिने दुई जना मलेसियाबाट आएका र एकजना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नं.५ का ७६ वर्षका एकजना र मलेसियाबाट फर्केका अर्जुनधारा नगरपालिका वडा नं. १ का ३२ र ४२ वर्षका दुई पुरुषमा […]

पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा.

काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् । हाल उनलाई महानगरीय […]

नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेरअघिबाट पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् । यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार […]

सुनको मूल्य यथावत्, चाँदीको गिरावट

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य यथावत्, चाँदीको गिरावट.

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य यथावत् छ । बजारमा सुनको मूल्य शुक्रबारकै बराबर कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ । सुनको मूल्य यथावत् हुँदा चाँदीको मूल्य भने तोलाको १५ रुपैयाँले घटेर १३ सय […]

आईपीएल : चेन्नईसँग मुम्बई स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : चेन्नईसँग मुम्बई स्तब्ध.

एजेन्सी। आईपीएल क्रिकेटको पहिलो म्याचमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई पाँच विकेटले हराउँदै शानदार सुरुवात गरेको छ । अबुधाबीस्थित शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजय लक्ष्य पछ्याएको चेन्नाईले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १६६ रन बनायो र […]