Sajhamanch Archive

कोरोना बीमा गर्नेहरूले दुःख पाएकाेप्रति सरकारको ध्यानाकर्षण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना बीमा गर्नेहरूले दुःख पाएकाेप्रति सरकारको ध्यानाकर्षण.

झापा । सरकारले कोरोना बीमा दाबी गरेकाहरूले सहज सेवा नपाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीमा सम्बन्धमा जरुरी सार्वजनिक सूचना निकालेर बीमितहरू विभिन्न सङ्घ–संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाएको भन्दै दाबीका लागि प्रक्रियामा रहेका वा प्रमाणीकरण भएका बीमितहरूको विवरण सार्वजनिक रूपमा अद्यावधिक गर्न बीमा कम्पनीहरूलाई अनुरोध गरेको छ । यस्तै मन्त्रालयले […]

रोमान्टिक बने पुष्प र वर्षा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on रोमान्टिक बने पुष्प र वर्षा.

आउँदो नयाँ वर्ष २०७८ को छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी अभिनीत फिल्म ‘मनसँग मन’ को सम्पूर्ण छायांकन सकिएको छ । कालिञ्चोकमा एक रोमान्टिक गीत खिच्दै फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ । गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश […]

सर्वोच्चले छाड्न आदेश दिएपछि गेटबाटै पक्राउ परे बास्तोला

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सर्वोच्चले छाड्न आदेश दिएपछि गेटबाटै पक्राउ परे बास्तोला.

काठमाडौं । विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो । बास्तोलालाई रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ । काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी त्यतै पठाएको प्रहरीले जनाएको छ ।

१२५ जनामा काेराेना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on १२५ जनामा काेराेना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार पाँच सय ५६ पुगेको […]

निश्चलले साइन गरे ‘प्रसाद २’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on निश्चलले साइन गरे ‘प्रसाद २’.

लभ डायरीज’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । स्क्रिप्टमा लामो छलफलपछि सोमवार उनले फिल्म साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् […]

प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंग्यायो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंग्यायो.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ । पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा […]

‘प्रतिगमन’लाई जुत्ता हान्दै प्रचण्ड–माधव समूहका विद्यार्थी

Published: (Updated: ) in राजनीति by . Leave a Comment on ‘प्रतिगमन’लाई जुत्ता हान्दै प्रचण्ड–माधव समूहका विद्यार्थी.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आज पनि प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न कार्यक्रम गर्दैछ । आज दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित सबै जिल्लामा विरोध प्रदर्शन गरिने भएको हो । यस्तै विद्यार्थी संगठन अनेरास्ववियुले पनि विरोधका कार्यक्रम गर्दैछ । विद्यार्थी संगठनले ‘प्रतिगमन’विरुद्ध जुत्ता हान्ने कार्यक्रम राखेको छ । नारायणहिटी अगाडि ‘प्रतिगमन’को प्रतिक बनाएर जुत्ता हान्ने कार्यक्रम रहेको प्रचण्ड–माधव समूहका […]

पिएसजी मोनाकोसँग स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पिएसजी मोनाकोसँग स्तब्ध.

एजेन्सी । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै मोनाकोसंग पराजित भएको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो । पीएसजीलाई उसैको मैदानमा हराउन मोनाकोका लागि सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । […]

विप्लव समूहमाथि प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव समूहमाथि प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी.

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको जनाएको छ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको जनाएका थिए। […]

कोरोना संक्रमण : राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमण : राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक.

एजेन्सी । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ । लकडाउनबाट […]