Sajhamanch Archive

काेराेनाबारे भ्रम फैलाउने विरुद्ध कारबाही प्रक्रिया सुरु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on काेराेनाबारे भ्रम फैलाउने विरुद्ध कारबाही प्रक्रिया सुरु.

झापा । कोभिड–१९ (कोरोना भाइरस) को बारेमा भ्रम फैलाउने विरुद्ध कारबाहीका लागि प्रक्रिया सुरु भएको छ । सामाजिक सञ्जाल लगायतमा कोरोना भाइरस केही होइन र यो भाइरस जानी- जानी उत्पति गराइएको भन्दै भ्रम छर्ने विरुद्ध कारबाही प्रक्रिया थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । प्रवक्ता गौतमले कोरोनालाई लिएर समाजमा भ्रम फैलाउनेलाई […]

कोरोना महामारीमा २ हजार ४६ मानव अधिकारका घटना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना महामारीमा २ हजार ४६ मानव अधिकारका घटना.

झापा । कोरोना महामारी शुरु भएयताका ५ महिनामा देशभर महिला हिंसा तथा मानव अधिकार उलंघनका २ हजार ४६ वटा घटना भएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप) ले प्रदेश २ का प्रदेश सभा सदस्य महिला तथा महिला अधिकारकर्मीसँगको भर्चुअल छलफलमा यो तथ्यांक सार्वजनिक गरेको हो । कोक्यापको तथ्याङ्क अनुसार प्रदेश नं २ मा सबैभन्दा […]

भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथि छलफल गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्री अर्यालले गरिबी […]

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ.

एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् । रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ […]

बैंकका उच्च तहका कर्मचारीले व्यक्तिगत कर्जा नपाउने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बैंकका उच्च तहका कर्मचारीले व्यक्तिगत कर्जा नपाउने.

काठमाडौं । बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् । यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे । अन्य व्यक्तिगत कर्जा भने नपाउने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च व्यवस्थापन तहका […]

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण.

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो । उनी कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ । कोरोनाको कुनै लक्षण देखिएको छैन । ‘आज गरिएको परीक्षणका क्रममा  कोरोना संक्रमण पुष्टि भएको छ । […]

प्रदेश १ मा थपिए ८० जना कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ८० जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला, ८ पुरुष, दुहवीमा ४ महिला, ८ पुरुष, कोशी गाउँपालिकामा २ […]

दुई सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखाअधिकृत पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on दुई सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखाअधिकृत पक्राउ.

पोखरा । अस्पतालका दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले बताए । अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रवक्ता हमालले बताए । […]

प्रधानमन्त्रीले गरे डाक्टरहरुसँग छलफल, निराशा र दिक्दारी हटाउन निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्रीले गरे डाक्टरहरुसँग छलफल, निराशा र दिक्दारी हटाउन निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय कोभिड-१९ ले निम्त्याएका जटिलता कम गर्ने उपायका लागि परामर्शमा केन्द्रित भएका छन्। दुई दिनअघि अर्थतन्त्रमा परेको प्रभावबारे निजी क्षेत्रसँग छलफल गरेका प्रधानमन्त्रीले मंगलबार डाक्टरहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री ओलीले कोभिड-१९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध […]

प्रदेश १ का १४२ सहित २३ सय २० प्रहरीमा कोरोना 

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ का १४२ सहित २३ सय २० प्रहरीमा कोरोना .

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७७३ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या दुई हजार तीन सय चार पुगेको छ । जसमध्ये १३ सय चारजना सक्रिय संक्रमित छन् । एक हजार १६ जना उपचारपछि डिस्चार्ज भएका छन् । […]