Sajhamanch Archive

‘मलाई केही हुँदैन भन्ने भ्रम त्यागौँ, सङ्क्रमण भइ निको भएकाको कुरा सुनौँ’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘मलाई केही हुँदैन भन्ने भ्रम त्यागौँ, सङ्क्रमण भइ निको भएकाको कुरा सुनौँ’.

झापा । सरकारले कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न आग्रह गरेको छ । ‘मलाई केही हुन्न, म तन्दुरुस्त छुु भन्ने भ्रमका कारण कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आग्रह गरे । उनले घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाए, भिडभाडमा […]

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्‍नई र मुम्बई भिड्ने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्‍नई र मुम्बई भिड्ने.

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १३ औं संस्करणको आईपीएलको खेल तालिक सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र चेन्‍नई सुपरकिङ्‌स भिड्ने भएका हुन् । आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्ने छ । यस सिजनका आईपीएलका […]

राज्यलाई हानि पुर्‍याउने ठेकदारलाई थप कारबाही हुन्छ : मन्त्री भुसाल

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राज्यलाई हानि पुर्‍याउने ठेकदारलाई थप कारबाही हुन्छ : मन्त्री भुसाल.

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले समयमा मल आपूर्ति नगर्ने ठेकदारहरूको ठेक्का रद्द गरेर धरौटी जफत गर्ने प्रक्रिया अघि बढेको पत्रकार सम्मलेनमार्फत जानकारी दिएका छन् । साथै, उनले ती ठेकदारहरूलाई कानुनबमोजिम थप कारबाही पनि गरिने बताएका छन् । मन्त्री भुसालले आफ्नो मन्त्रालयमा सुशासनको अभियान थालनी भएको समेत दाबी गरे । सिंहदरबारमा आइतबार आयोजित […]

प्रदेश १ मा आइतबार १४३ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आइतबार १४३ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आइतबार १४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका एक- एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ […]

सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार.

कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो । कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए । […]

प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग छलफल गर्दै

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग छलफल गर्दै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग छलफल गर्न लागेका छन् । अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले आज साँझ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले कोरोनाका कारण आक्रान्त बनेको निजी क्षेत्रसँग लामो समयपछि छलफल गर्न लागेका हुन् । […]

त्रिविले उत्तरपुस्तिका जलाएपछि सूचना आयोगले माग्यो स्पष्टीकरण

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on त्रिविले उत्तरपुस्तिका जलाएपछि सूचना आयोगले माग्यो स्पष्टीकरण.

काठमाडौं । राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई स्नातकोत्तर प्रथम वर्ष प्रथम सेमेस्टरको पुरानो कोर्सको ‘क्वान्टम मेकानिक्स’को विवादित परीक्षाको उत्तरपुस्तिका जलाएकोमा स्पष्टीकरण मागेको छ। पीडित विद्यार्थी आशीष पौडेलले हालेको उजुरीको आधारमा आयोगले त्रिविमा स्पष्टीकरण मागेको हो। पौडेलले उत्तरपुस्तिकालाई जलाई अभियुक्तलाई जोगाउन डिन कार्यालय सक्रिय भएको भन्दै कारबाही मागसहित राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

९८० जना कोरोना संक्रमित थपिए, एक हजार ८१४ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ९८० जना कोरोना संक्रमित थपिए, एक हजार ८१४ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप  ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको परीक्षणमा ९८० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४६ हजार २५७ जना पुगेको छ । नेपालमा […]

जन्मदिनकाे अवसरमा पर्यटनमन्त्री भट्टराईद्वारा एसिड पीडित खातुनलाई सहयोग

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जन्मदिनकाे अवसरमा पर्यटनमन्त्री भट्टराईद्वारा एसिड पीडित खातुनलाई सहयोग.

काठमाडौं । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् । मन्त्री भट्रराईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ । कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा […]

प्रहरीमा २१ सय भन्दा बढीलाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रहरीमा २१ सय भन्दा बढीलाई कोरोना.

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ६२९ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म प्रहरीमा दुई डीआईजीसहित कोरोना संक्रमितको संख्या २ हजार १ सय ११ पुगेको छ । जसमध्ये १२ सय ११ जना सक्रिय संक्रमित छन् । ९ सय ५० जना उपचारपछि डिस्चार्ज भएका छन् […]