Sajhamanch Archive

बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

Published: in विश्व समाचार by . Leave a Comment on बङ्गलादेशको मस्जिदमा भएको विस्फोटमा मृृत्यु हुनेको सङ्ख्या १६ पुग्यो.

एजेन्सी । बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् । नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले […]

आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ कोरोना संक्रमित.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका छन् । प्रदेश १ मा ३, प्रदेश २ मा २८, वागमती प्रदेशमा १०८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २० र कर्णाली प्रदेशमा ३ कोरोना संक्रमितको आईसीयूमा रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १, वागमती प्रदेशमा २० […]

वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला.

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका वडा नं.४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्र्षीया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो । दाजुबहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद […]

मेचीनगरको सहरेडाँगीमा ६८ जनाले गरे रगत दान

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on मेचीनगरको सहरेडाँगीमा ६८ जनाले गरे रगत दान.

मेचीनगर । कोरोना भाइरस सङक्रमणका कारण झापामा रगतको अभाव देखिन थालेपछि मेचीनगरको सहरेडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विचार चौतारी युवा क्लब र मेचीनगर नगरपालिका वडा नं.१२ को संयुक्त आयोजना एवं डाइनामिक युथ क्लबको सह-आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । मेचीनगर नगरपालिका वडा नं.१२ […]

२०७८ मै होला राष्ट्रिय जनगणना ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on २०७८ मै होला राष्ट्रिय जनगणना ?.

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा सोधिने प्रश्नावली सोमबार राजपत्रमा प्रकाशित भएको छ । प्रश्नावलीमा घर तथा घरपरिवार सूचीकरण सहित कुल ७६ प्रश्न समेटिएका छन् । प्रश्नावली तयार हुनुलाई जनगणनाका लागि नभई नहुनेमध्येको एउटा महत्वपूर्ण काम सम्पन्न भएको मानिन्छ । तर नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वि.सं.१९६८ देखि हरेक दश वर्षमा हुँदै आएको जनगणना […]

धनकुटामा सांसददेखि नेतृत्वकर्ता नै क्वारेन्टाइनमा

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on धनकुटामा सांसददेखि नेतृत्वकर्ता नै क्वारेन्टाइनमा.

धनकुटा । धनकुटामा सांसददेखि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका छन्। गएको शनिबार जिल्ला अस्पताल धनकुटालाई १ सय बेडको अस्पताल बनाउन स्थलगत निरीक्षण गर्न धनकुटा आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना पुष्टि भएपछि धनकुटाका संसददेखि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ताहरु नै होम क्वारेन्टाइनमा रहेका […]

एक हजार ४१ जना कोरोना संक्रमित थपिए

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एक हजार ४१ जना कोरोना संक्रमित थपिए.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको परीक्षणमा एक हजार ४१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४५ हजार २७७ जना […]

देउवाविरुद्ध अनशन बस्ने पौडेल पक्षको चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देउवाविरुद्ध अनशन बस्ने पौडेल पक्षको चेतावनी.

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले विभागहरुमा मनोनयन जारी राखेपछि रुष्ट भएको रामचन्द्र पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बोलाएको छ । केन्द्रीय सदस्यहरुको जुम मिटिङबाट निर्णय फिर्ताको लागि सभापति देउवालाई दबाब दिने रणनीति बनाउने नेताहरुले बताएका छन् । केन्द्रीय सदस्य गुरुराज घिमिरेले आजको छलफलमा दबाबमुलक कार्यक्रम गर्नेबारे छलफल हुने बताए । ‘विधिको […]

यो वर्ष बाढी पहिरोमा परेर २७७ जनाको ज्यान गयो 

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यो वर्ष बाढी पहिरोमा परेर २७७ जनाको ज्यान गयो .

काठमाडौं । यो वर्ष वैशाखदेखि अहिलेसम्म बाढी र पहिरोका कारण दुई सय ७७ जनाको ज्यान गएको छ । पहिरोका कारण दुई सय ४५ र बाढीका कारण ३२ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पहिरोमा परेका ५१ जना र बाढीका कारण ४३ जना गरी ९४ जना बेपत्ता रहेका छन् […]

यो वर्ष पाठ्यक्रमका सबै विषय पढाइ हुँदैन : शिक्षामन्त्री पोखरेल

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on यो वर्ष पाठ्यक्रमका सबै विषय पढाइ हुँदैन : शिक्षामन्त्री पोखरेल.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईए (कस्टमाइजेसन)को बताएका छन् । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उनले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए । ‘हाललाई अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रमको संस्लेषित कार्यढाँचा जारी गरिने छ,’ मन्त्री पोखरेलले भने, ‘यही […]