Sajhamanch Archive

चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित.

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण उनको भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिए । उनका अनुसार पाकिस्तान र चीन दुवै देशका कुटनीतिक अधिकारीहरुले उनको भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाँडै […]

पुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण.

काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत छन् । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ […]

प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १४५ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुंगामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश राजधानी विराटनगर महानगरपालिकामा शुक्रबार ६० जनामा संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार […]

कोही भोकै पर्दैन भन्ने प्रधानमन्त्री कसका लागि हुन् ?

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोही भोकै पर्दैन भन्ने प्रधानमन्त्री कसका लागि हुन् ?.

काठमाडौं । साझा पार्टीले सबै सरकारी संयन्त्र परिचालन गरेर साँझ विहान छाक टार्न नसक्नेहरुलाई राहत दिन सरकारलाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गरी उक्त पार्टीले विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलत: व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि भनी प्रश्न गरेको छ । ‘अब कोही भोकै बस्नु […]

थप एक हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप एक हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ६३८ जनाको परीक्षणमा एक हजार ३५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४४ हजार २३६ जना […]

हात्तीको तनाव भगाउन गाँजाको तेल

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on हात्तीको तनाव भगाउन गाँजाको तेल.

एजेन्सी । कोरोना महामारीका कारण लकडाउनमा घरमै थुनिँदा, जागिर र व्यवसाय गुमाउँदा, घुमफिर गर्ने स्वतन्त्रता गुमाउँदा विश्वका करोडौं मानिसहरुमा मनोवैज्ञानिक समस्या देखिन थालेको विभिन्न अध्ययनहरुले देखाएकै छन् । मानिसहरुको यस्तो तनावको वास्तविक समाधान त कोरोना भाइरसविरुद्धको खोप पत्ता नलाएसम्म नहुने पक्का छ । यही मेलोमा पोल्याण्डका वैज्ञानिकहरुले चाहिँ हात्तीको तनाव कम गर्न गाँजाको तेल खुवाउन […]

एक सुरक्षाकर्मीसहित मेचीनगरमा थप चारजनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एक सुरक्षाकर्मीसहित मेचीनगरमा थप चारजनामा कोरोना.

मेचीनगर । मेचीनगर नगरपालिकामा आज एक सुरक्षाकर्मी सहित थप चारजनामा कोरोना संक्रमण पुष्टी भएको छ । काकरभिट्टास्थीत पुर्वी सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीका एकजना, धुलाबारीस्थित अतिथि सदन क्वारेन्टाईनका दुईजना र धुलाबारीकै पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान टाउन हल क्वारेन्टाईनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले बताए । […]

कुन जिल्लामा कति काेराेना सङ्क्रमित ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कुन जिल्लामा कति काेराेना सङ्क्रमित ?.

काठमाडौं । १२ वटा जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा बढी छ भने ६ वटा जिल्लामा एक जना पनि सङ्क्रमित छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार काठमाण्डौ, ललितपुर, चितवन, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही र रुपन्देहीमा ५ सयभन्दा बढी सङ्क्रमित छन् । १२ जिल्लामध्ये पनि काठमाण्डौमा सबैभन्दा धेरै सङ्क्रमित छन् । देशभर कोरोना […]

इन्ज्युरी समयको गोलसँगै जर्मनी र स्पेनको बराबरी

Published: in खेलकुद by . Leave a Comment on इन्ज्युरी समयको गोलसँगै जर्मनी र स्पेनको बराबरी.

एजेन्सी । खेलको अन्तिम समयमा गोल गर्दै स्पेनले नेसन्स लिगमा जर्मनीलाई बराबरीमा रोक्न सफल भएको छ । सम्भवतः खेलको अन्तिम प्रहारमा भ्यालेनिसयाका डिफेन्डर होजे गायाले गोल गर्दै खेल १–१ को बराबरीमा अन्त्य गर्न सफल भएका हुन् । चेल्सीका नयाँ अनुबन्ध टिमो वेर्नरको गोलको मद्दतले जर्मनीले खेलको ५१ औँ मिनेटमा अग्रता लिएको थियो । उता, स्पेनका […]

असोज १ देखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी अनिच्छुक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on असोज १ देखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायी अनिच्छुक.

काठमाडौँ । आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका हुन् । कोभिड–१९ सङ्क्रमित दैनिक बढ्दै गएकाले यसै भन्न नसकिने अवस्था नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यातायात व्यवस्था विभागले पनि […]