Sajhamanch Archive

बागलुङको पहिरोस्थल नपुगी फर्कियो गृहमन्त्री सवार हेलिकप्टर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बागलुङको पहिरोस्थल नपुगी फर्कियो गृहमन्त्री सवार हेलिकप्टर.

काठमाडौं । बाढीपहिरोको अवलोकन र पीडितलाई राहत वितरण गर्न बिहान ११ बजे काठमाडौंबाट बाग्लुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर घटनास्थल नपुगी फर्किएको छ। बाग्लुङमा वर्षासँगै बाक्लो कुहिरो देखिएपछि स्याङ्जासम्म पुगेको हेलिकोप्टर पोखरामा अवतरण गराइएको थियो। गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बागलुङमा मौसम सामान्य नभएका कारण हेलिकोप्टर पोखरा अवतरण गराइएको जानकारी दिए। उनका अनुसार गृहमन्त्री […]

थप एक हजार २२८ जनामा कोरोना संक्रमण, ९१७ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप एक हजार २२८ जनामा कोरोना संक्रमण, ९१७ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४१३ जनाको परीक्षणमा एक हजार २२८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४२ हजार ८७७ जना […]

‘सरकारले काम गर्दैन, निषेधाज्ञा लगाएर आनन्दले बसेको छ’

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सरकारले काम गर्दैन, निषेधाज्ञा लगाएर आनन्दले बसेको छ’.

काठमाडौं । सरकार कोरोना सङ्क्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसले बनाएको कोरोना अनुगमन समितिले कुनै अध्ययन नै नगरि सरकारले निषेधाज्ञा गरिरहेको र कोरोना रोकथामको लागि कस्सिएर काम गर्नुपर्नेमा निषेधाज्ञा लगाएर चुप लागेर बसेको आरोप लगाएको छ । निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक सङ्कट चुलिँदै गएको […]

बालबच्चासँग बातचीत गर्ने कि ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बालबच्चासँग बातचीत गर्ने कि ?.

घरबाहिर निस्कन मिल्दैन । साथभाईसँग भेट्न सकिदैन । बाहिर खेल्न–कुद्न पाइदैन । दिनभर बालबच्चा कसरी घरभित्र बसिरहेका छन् ? आफ्ना आमाबुवासँग बस्न पाउँदा, घरमै खेल्ने मौका मिल्दा बालबच्चाहरु खुसी हुनुपर्ने हो । उनीहरु रमाउँदै घर–परिवारसँग घुलमिल हुनुपर्ने हो । आमाबुवाले जस्तै घरायसी कामधन्दा सिक्नुपर्ने हो । भान्साको काम गर्न, करेसाबारी गोडमेल गर्न रहर गर्नुपर्ने हो […]

पीसीआर रिपोर्ट नभएका एक यात्रु आएपछि २१३ जना नै क्‍वारेन्टिनमा

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on पीसीआर रिपोर्ट नभएका एक यात्रु आएपछि २१३ जना नै क्‍वारेन्टिनमा.

काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत जापानको नारिताबाट काठमाडौं आएका एक यात्रुसँग पीसीआर रिपोर्ट नभएपछि सबै यात्रुलाई होटेलको क्‍वारेन्टिनमा राखिएको छ । सरकारले लकडाउनपछि खुला गरेपछिको निगमको यो पहिलो उडान थियो । नारिताबाट २१३ जना नेपाली काठमाडौं आएका थिए । काठमाडौं आइसकेपछि पीसीआर गरेको रिर्पाट एक यात्रुसँग नभएपछि सबैलाई होटेल क्‍वारेन्टिनमा राखिएको निगम स्रोतले […]

रातो मच्छिन्द्रनाथको रथयात्रा रोक्न प्रहरीद्वारा अश्रुग्यास प्रहार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रातो मच्छिन्द्रनाथको रथयात्रा रोक्न प्रहरीद्वारा अश्रुग्यास प्रहार.

काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको हो। प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै […]

प्रहरी, सशस्‍त्र र सेनाका तीन हजार बढीलाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरी, सशस्‍त्र र सेनाका तीन हजार बढीलाई कोरोना.

काठमाडौं । मुलुकका तीन सुरक्षा संगठन प्रहरी, सशस्‍त्र र नेपाली सेनाका गरी तीन हजार बढीमा कोरोना संक्रमण देखिएको छ । कोरोना महामारीविरुद्धको अभियानमा फ्रन्टलाइनमा खटिने भएकाले उनीहरुमा कोरोना संक्रमण बढ्दै गएको हो । संक्रमितमा सबैभन्दा बढी नेपाल प्रहरीका १९ सय ५४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयका ८४, काठमाडौं उपत्यकाका ४७२, प्रदेश १ का […]

चमेरा पालिएको पुस्तकालय : पोर्चुगलबारे केही रोचक तथ्यहरु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on चमेरा पालिएको पुस्तकालय : पोर्चुगलबारे केही रोचक तथ्यहरु.

एजेन्सी । पुस्तकालयमा पुस्तक लगायतका पाठ्यसामाग्रीहरु हुनुपर्ने हो । मुसाले किताब नष्ट गरिदिने डरका कारण बिरालो पनि पाल्न सकिएला । तर युरोपेली मुलुक पोर्चुगलको एउटा पुस्तकालयमा चाहिँ चमेरा पालिएको छ । युरोपको सबैभन्दा पुरानोमध्येको एक देश पोर्चुगलको स्थापना सन् ११२८ मा भएको हो । यो ऐतिहासिक मुलुकमा दर्जन बढी विश्व सम्पदा स्थलहरु रहेका छन् । […]

किन गइरहेको छ बिजुली ? यस्तो छ कारण !

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on किन गइरहेको छ बिजुली ? यस्तो छ कारण !.

काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भागमा बिजुली जाने क्रम बढिरहेको छ । लामो समयसम्म विद्युत् नहुँदा कतिपय सर्वसाधारणलाई पुनः लोडसेडिङको झल्को पनि गराउने गरेको छ । तर, यसरी पटक-पटक बत्ती गइरहेको कारण भने बेग्लै छ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकासहित देशका विभिन्‍न भागमा ट्रान्सफर्मर अपग्रेड गर्ने र विद्युत्‌को पोल फेर्ने काम भइरहेको […]

इतिहासमा आज – फिलिपिन्समा दोस्रो विश्वयुद्धपछिकै शक्तिशाली तुफान, ४ हजार बढीले ज्यान गुमाए

Published: in विश्व समाचार by . Leave a Comment on इतिहासमा आज – फिलिपिन्समा दोस्रो विश्वयुद्धपछिकै शक्तिशाली तुफान, ४ हजार बढीले ज्यान गुमाए.

आज ३ सेप्टेम्बर । सन् १९८४ मा आजैका दिन दक्षिण फिलिपिन्समा प्रलयकारी तुफान आयो । दुई दिनदेखि चलेको यस तुफानमा परेर ४ हजार ३ सय ५३ जनाले ज्यान गुमाए । दक्षिण फिलिपिन्समा आएको यो दोस्रो विश्वयुद्धपछिकै सर्वाधिक शक्तिशाली तुफान थियो । यस घटनामा सयौं मानिस घाइते भए । यो तुफानको गति १ सय ८५ किलोमिटरसम्म […]