Sajhamanch Archive

बाढीले बगाउँदा पाँचजनाको मृत्यु, केही बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढीले बगाउँदा पाँचजनाको मृत्यु, केही बेपत्ता.

काठमाडौं । बागलुङमा बाढीले घरहरु बगाउँदा पाँचजनाको मृत्यु भएको छ । गएराति परेको वर्षाका कारण ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ हुँदै बग्‍ने भुजी खोलाले घरहरू बगाएको हो । हालसम्म एक महिला र चार पुरुषको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयकी एसएसपी किरण रानाले जानकारी दिइन् । उनका अनुसार अन्य विवरण आउन […]

निको भइसकेका मानसिक रोगीमा पुनः समस्या बल्झिन थाल्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on निको भइसकेका मानसिक रोगीमा पुनः समस्या बल्झिन थाल्यो.

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण र यसले सिर्जना गरेको संकटका कारण निको भइसकेका मानसिक रोगीमा पुनः सोही समस्या बल्झिन थालेको छ। मनोचिकित्सकहरू निको हुँदै गरेका र औषधि सेवन गरेर घरमै बसिरहेका मानसिक रोगीहरू पुनः उपचारका लागि अस्पतालमा आउन थालेको बताउँछन्। ‘कोरोना संकटले निम्त्याएको समस्याका कारण निको भइसकेका तथा सामान्य अवस्थामा रहेका मानसिक रोगी पुनः […]

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध.

एजेन्सी । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ( […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक भएको बताए । ‘जनताको दैनिक जनजीवन निकै कष्टकर हुँदै गर्दा नेपाल सरकारद्वारा सञ्चालित नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अत्यन्त खेदजनक […]

डब्ल्यूएचओको नेतृत्वमा हुने कोरोना खोपको खोजमा अमेरिका सहभागी नहुने

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on डब्ल्यूएचओको नेतृत्वमा हुने कोरोना खोपको खोजमा अमेरिका सहभागी नहुने.

एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेतृत्वमा हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको कुनै पनि खोजमा सहभागी नहुने बताएको छ । यो अन्तर्राष्ट्रिय पहलमा डब्ल्यूएचओ पनि रहेकाले अमेरिका यसमा सहभागी नहुने बताएको हो । वासिङटन पोस्टका अनुसार सुरक्षित र प्रभावकारी कोरोना भाइरसविरुद्धको खोपलाई अनुमति मिलेसँगै त्यसलाई विश्वभर न्यायसंगत वितरण गर्ने पहलमा डब्ल्यूएचओको नेतृत्वमा १७२ […]

बालुवाटारमा ओली प्रचण्डबीच छलफल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बालुवाटारमा ओली प्रचण्डबीच छलफल.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बुधबार साँझ छलफल भएको छ । विहीबार सचिवालय बैठक डाकिएकाले त्यसको पूर्वतयारीका लागि दुई अध्यक्षवीच बुधबार साँझ कुराकानी भएको हो । दुई अध्यक्षवीच के कुराकानी भयो भन्ने बाहिर आइसकेको छैन । तर, वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न परिस्थितिबारे छलफल […]

मेटामोर्फिक मेनिफेस्टोमा ‘तेश्रो लिङ्गी’ बने आयुष्मान

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on मेटामोर्फिक मेनिफेस्टोमा ‘तेश्रो लिङ्गी’ बने आयुष्मान.

नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिए । उनले, एक सिरिजका लागि आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । तर, यो गेटअप अन्य चलचित्रमा परिवर्तन गरे जस्तो साधारण खालको भने छैन । आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा […]

निगमकै भाडादरमा मात्रै विदेशी एयरलाइन्सलाई नेपाल आउन दिन निर्देशन

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on निगमकै भाडादरमा मात्रै विदेशी एयरलाइन्सलाई नेपाल आउन दिन निर्देशन.

काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा निगमले तय गरेको भाडादरअनुसार नै उडान गर्ने गरी मात्र विदेशी एयरलाइन्सलाई उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । अहिले विभिन्न एयरलाइन्सले नियमित उडानको भाडा चार्टर्डको भन्दा चार गुणा मँहगो गरेर विक्री गरिरहेका छन् । नियमितको भन्दा उच्च भाडादार […]

सक्रिय संक्रमित २०० नाघे बन्दाबन्दी, ५०० नाघे निषेधाज्ञा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सक्रिय संक्रमित २०० नाघे बन्दाबन्दी, ५०० नाघे निषेधाज्ञा.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५००भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, ललितपुरसहित १२ जिल्लामा संक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या ५०० बढी छ । यस्तै २०० भन्दा बढी संक्रिय संक्रमित भएका […]

उपत्यकामा एक साता निषेधाज्ञा थपियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उपत्यकामा एक साता निषेधाज्ञा थपियो.

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आज राति १२ बजेदेखि २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको एक उच्च अधिकारीले बताए । उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो […]