काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर […]
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका वडा नं.१० फुरूम्बुकी दुर्गा विष्ट भट्टराईको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै,चट्याङ लागेर सिरिजङ्घा गाउँपालिका वडा नं.४ तेल्लोकमा दुई जना र वडा नम्बर ५ पेदाङमा तीनजना गरी पाँचजना घाइते […]
एजेन्सी । इङ्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको छ । मंगलबार राति भएको अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज १-१ को बराबरीमा सकिएको हो । पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १८५ रन बनाउन सक्यो । इङ्ल्यान्डका लागि अलराउन्डर मोइन […]
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम दिइरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए । उनी प्लाज्मा थेरापीले हानि गर्दैन, त्यसैले रगत दिन […]
एजेन्सी । चर्चित फुटबल खेलाडी लियोनल मेसी अन्तत: स्पेनिस क्लब बार्सिलोना छाड्ने मनस्थितिमा पुगे । उनले हालै आफूले क्लब छाड्न चाहेको भन्दै रिलिज गरिदिन पनि बर्सिलोनालाई आग्रह गरेका छन् । स्पेनिस अनलाइन मार्काले मेसीले क्लब छाड्न चाहनुको १० कारण उल्लेख गरेको छ । जसमा खेलकुदसम्बन्धी र नीतिगत दुबै कारण रहेका छन् । के हुन् त […]
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई निरन्तरता दिएको छ । एक साताका लागि अर्थात भदौ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञासम्बन्धी सूचनामा बजार तथा पसल अपरान्ह ४ बजेसम्म खुला गर्न पाइने उल्लेख […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको भ्याक्सिनलाई मञ्जुरी दिने प्रक्रियालाई गम्भीरता साथ अपनाउन आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रको स्वास्थ्य संगठनकी मुख्य वैज्ञानिक स्वामीनाथनले पत्रकारसँगको कुराकानीमा सबै देशलाई ट्रायल पूरा नगरिएका औषधीलाई मञ्जुरी दिने अधिकार भएपनि यो हल्का रुपमा लिने काम नभएको चेतावनी दिएकी छिन् । डब्ल्यूएचओका अनुसार यतिबेला ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको हो । निगमका अनुसार डिजल, मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
विराटनगर । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला र २२ पुरुष, इटहरीमा ३ महिला र १८ पुरुष, दुहवीमा ३ महिला र ४ पुरुष, धरानमा १ महिला […]
टिकटक राम्रा प्रतिभाहरु जन्म दिने दरिलो प्लेटफर्म बनिरहेको छ । हुनत, हिजोआज टिकटकमा विकृती पनि प्रष्ट भेटिन्छ । तर, टिकटकबाटै आफ्नो करिअरमा नयाँ फड्को मार्नेहरुको कमी भने बजारमा छैन । अहिले त म्यूजिक भिडियोमा टिकटकबाट उदाएका राम्रा प्रतिभाहरुलाई मेकरले स्थान दिइरहेका छन् । यसैले, भिडियो बजारमा टिकटकबाट आएका प्रतिभाहरुको प्रतिस्पर्धा पनि दरिलो देखिन्छ । टिकटकमा […]