Sajhamanch Archive

५ महिनापछि खुल्यो अन्तर्राष्ट्रिय उडान, आन्तरिक अझै अनिश्‍चित

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on ५ महिनापछि खुल्यो अन्तर्राष्ट्रिय उडान, आन्तरिक अझै अनिश्‍चित.

काठमाडौं । पाँच महिना लामो गतिरोधपछि सरकारले आज रातिबाट औपचारिकरुपमा नियमित उडान सुचारु गर्दै छ । मध्यराति १ बजे नेपाल एयरलाइन्सको जहाज जापानको नारिताका लागि उड्ने भने बुधबार नै क्वालालाम्पुरबाट मालिन्दो एयरको जहाजले यात्रुलाई काठमाडौं ल्याउने छ । कोरोनाका कारण सरकारले गत चैत १० गतेबाट सबै हवाई उडानहरु बन्द गरेको थियो । त्यसयता विदेशमा अड्किएका […]

प्रदेश १ मा जोर-बिजोर प्रणालीमा विद्यालय खोल्न सुझाव

Published: in प्रदेश तह, शिक्षा, समाज by . Leave a Comment on प्रदेश १ मा जोर-बिजोर प्रणालीमा विद्यालय खोल्न सुझाव.

विराटनगर । प्रदेश १ मा जोर-बिजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा छलफल सुरु भएको छ । सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको रायसमेत लिएको छ । कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर-बिजोर कक्षा सञ्‍चालन गर्न सकिने सुझावसमेत दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द छन् । […]

स्वास्थ्य मन्त्रालय भन्छ– नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० मात्रै, बाँकीमा थियो कोरोनाबाहेकका रोग !

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य मन्त्रालय भन्छ– नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० मात्रै, बाँकीमा थियो कोरोनाबाहेकका रोग !.

काठमाडौं । नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । कोरोनाभाइरस (कोभिड)बाटै मृत्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर समूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर समूहमा तीनजना पुरुष छन् । प्रदेश १ मा दुई जनाको कोभिड १९ बाटै मृत्यु […]

धरानमा निमोनियाबाट मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धरानमा निमोनियाबाट मृत्यु भएका वृद्धमा कोरोना पुष्टि.

विराटनगर । सुनसरीको धरानमा निमोनिया रोगबाट मृत्यु भएका एक वृद्धमा कोरोना पुष्टि भएको छ । ती वृद्धको धरान ११ मा अवस्थित घरमा सोमबार निधन भएको थियो । उनको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा मंगलबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रतिष्ठानका अनुसार ती वृद्धमा उच्च ज्वरो र निमोनियाको लक्ष्यण थियो ।धरानमा […]

भगवान खुसी पार्न भन्दै शरीरमा सयौँ प्वाल

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on भगवान खुसी पार्न भन्दै शरीरमा सयौँ प्वाल.

मलेसियामा तमिल समुदायहरुले थइपुसम नामक पर्व निकै धुमधामसँग मनाउँदछन् । लाखौँ श्रद्धालुहरु उक्त पर्वमा सहभागी हुन्छन् । सो पर्वमा भगवान मुरुगनलाई खुसी पार्नका लागि भन्दै भक्तजनले आफ्नो सरीरमा तिखो सुइरोहरुले खोपेर सयौँ प्वाल पार्दछन् । भगवान मुरुगनका भक्तहरुका लागि यो पर्व सबैभन्दा महत्वपूर्ण पर्व हो । दक्षिण भारत, श्रीलंका र सिंगापुरमा समेत यो पर्व मनाइन्छ […]

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो

Published: in समाज by . Leave a Comment on बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो.

चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ आउँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका वडा नं.३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक […]

आजको मौसम पूर्वानुमान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमान.

झापा । मौसम पूर्वानुमान महाशाखाले मंगलबार मनसुनको न्युन चापीय रेखा पुर्वी र मध्य भूभागमा नेपाल नजिक रहेको जनाएको छ । न्युन चापीय रेखा नेपाल नजिक रहेको कारण हाल देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश न.१ र गण्डकी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ । यसैगरी, मंगलबार दिउँसो […]

इटाभट्टामा सञ्चालनमा आयो साई सुमिरन मेडिकल हल

Published: (Updated: ) in लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on इटाभट्टामा सञ्चालनमा आयो साई सुमिरन मेडिकल हल.

मेचीनगर । झापाको मेचीनगरको केन्द्रबिन्दु इटाभट्टामा साई सुमिरन मेडिकल हल एण्ड क्लिनिक सञ्चालनमा आएको छ । मेचीनगर नगरपालिका वडा नं.७ इटाभट्टास्थित गोकुल मार्गमा एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याबसहितको सुविधा सम्पन्न मेडिकल तथा स्वास्थ्य क्लिनिकले आफ्नो  सेवा सोमबारबाट सुरु गरेको हो । उक्त क्लिनिकका सञ्चालक टेकेन्द्रप्रसाद कोइरालाका अनुसार क्लिनिकबाट जटिल बाहेक आकस्मिक सबै रोगको उपचारका […]

कक्षा १२ को परीक्षा दशैँ अगावै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को परीक्षा दशैँ अगावै.

काठमाडौँ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद […]

होम स्कुलिङ : बालबच्चालाई घरमै लेखपढ, बुवाआमा शिक्षक

Published: in टिप्स/जानकारी by . Leave a Comment on होम स्कुलिङ : बालबच्चालाई घरमै लेखपढ, बुवाआमा शिक्षक.

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण झण्डै ६ महिनादेखि शिक्षण संस्थामा पठनपाठन हुन सकिरहेको छैन । स्कुल नखुल्दा विद्यार्थीहरू लगामविहीन घोडा जस्तै खुल्ला भएका छन् । धेरै अभिभावकको गुनासो आफ्नो बच्चाले घरमा पुस्तक पनि हेरेन भनेर सुन्न सकिन्छ । कतिपयले बच्चालाई पढाइमा ध्यान दिनको लागि अनलाइन कक्षामा जोड्ने गरेका छन् भने कतिपय शिक्षित अभिभावकहरू भिन्न […]