Sajhamanch Archive

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार देखि लगातार पखाला लागेको र सोमबार ज्वरोसमेत आएपछि मन्त्री घिमिरेको सोमबार स्वाब संकलन गरिएको थियो।  मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको सचिवालयले जनाएको छ । उनी होम आइसोलेसनमा बसेका छन् ।

राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार.

काठमाडौं । सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जान आफू तयार रहेको बताएका छन्। सचिवालयको निर्णय अनुसार उपाध्यक्ष गौतम राष्टियसभामा जान तयार रहेको बताएका हुन्। नेकपाको गत फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय अस्विकार गरेपछि त्यो निर्णय अझै […]

प्रदेश १ मा थपिए ५६ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ५६ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा सोमबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला, १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्‍ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला, ६ पुरुष, […]

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १२९ जनाको परीक्षणमा ८९९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ३९ हजार ४६० जना पुगेको छ । त्यसैगरी […]

एसईईमा नम्बर कम दिएको भन्दै विद्यार्थीले शिक्षक कुटेपछि विद्यालय बन्द

Published: in शिक्षा, समाज by . Leave a Comment on एसईईमा नम्बर कम दिएको भन्दै विद्यार्थीले शिक्षक कुटेपछि विद्यालय बन्द.

सिन्धुली । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा नम्बर कम दिएको भन्दै विद्यार्थीले शिक्षकलाई कुटेपछि सिन्धुलीको सुनकोशी गाँउपालिका वडा नं.७ मझुवामा रहेको गणेश मावि सोमबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ । विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अङ्ग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई एसईई परीक्षामा नम्बर कम दिएको भन्दै आइतबार दिउँसो विद्यार्थीले विद्यालयको कार्यालयमा नै प्रवेश गरी कुटेका थिए […]

हङकङको महावाणिज्यदूतमा प्रजिअ राना नियुक्त

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हङकङको महावाणिज्यदूतमा प्रजिअ राना नियुक्त.

झापा । मन्त्रिपरिषदको बैठकले हङकङको महावाणिज्य दूतमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरलाई  नियुक्त गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । यस्तै ल्हासाका लागि महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । झापामा रहँदा प्रजिअ रानाले प्रशासनिक सुधारका लागि उल्लेख्य कार्य गरेका थिए ।

निजी स्कुललाई शुल्क लिन पाउने बाटो खुल्यो

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on निजी स्कुललाई शुल्क लिन पाउने बाटो खुल्यो.

काठमाडौं । सरकारले नीजि विद्यालयलाई शुल्क लिन पाउने बाटो खुला गरिदिएको छ। लामो समयदेखि स्कुल बन्द हुँदा नीजि स्कुल मारमा परेपछि सरकारले यस्तो निर्णय गरेको हो। नीजि स्कुलले शुल्क लिन पाउनेगरी निर्देशिका समेत जारी गरिसकेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले जानकारी दिए। उनले भने,‘निर्देशिका अनुरुप अबदेखि नीजि स्कुलले शुल्क लिन पाउने छन्। तर, […]

भुस्याहा बिरालोलाई सेक्योरिटी गार्डको जागिर

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on भुस्याहा बिरालोलाई सेक्योरिटी गार्डको जागिर.

काठमाडौं । अहिले संसारमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण करोडौँ मानिसहरुले आफ्नो जागिर तथा व्यवसाय गुमाएर बेरोजगार बनिरहेका छन् । तर मानिसहरुले रोजगारी गुमाइरहेको यो मौकामा अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ । कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा अवस्थामा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्पतालले सुरक्षा गार्डको जागिर दिएको हो । […]

नरेन्द्र मोदीको ‘मन की बात’ लाई युट्युबमा लाइकभन्दा डिस्लाइक बढी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नरेन्द्र मोदीको ‘मन की बात’ लाई युट्युबमा लाइकभन्दा डिस्लाइक बढी.

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ । आकाशवाणीमा प्रत्येक आइतबार प्रशारण भइरहेको यो कार्यक्रमलाई दूरदर्शनबाहेक थुप्रै नीजि च्यानलले पनि प्रत्यक्ष प्रसारण गर्छ । यसका साथै पिआइबी, बिजेपी र मोदीको युट्युब च्यानलमा पनि उक्त कार्यक्रम हेर्न सकिन्छ । तर यो आइतबारको मनकी बातको विषयमा यी युट्युब […]

सुनिल र मेलिनाको “कालो धुँवा मुग्लानैमा रेलको सरर, म त हिँडे लाहुरतिर नरोउ धरर”

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सुनिल र मेलिनाको “कालो धुँवा मुग्लानैमा रेलको सरर, म त हिँडे लाहुरतिर नरोउ धरर”.

झापा । गायक सुनिल गिरी र गायिका मेलिना मैनालीको आवाजमा कालो धुँवा मुग्लानैमा रेलको सरर, म त हिँडे लाहुरतिर नरोउ धरर बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा परदेशीकाे व्यथा समेटिएकाे छ । सुनिलकै शब्द, संगीत रहेको गीतको भिडियो पनि उनकै निर्माण तथा निर्देशनमा तयार भएको हो । यो गीतको म्युजिक भिडियोलाई विवेक विकले […]